बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आकास तिर थुक्दा आफ्नै उप्रपर्छ!

आकास तिर थुक्दा आफ्नै उप्रपर्छ!

  • शनिबार, माघ १, २०७८
आकास तिर थुक्दा आफ्नै उप्रपर्छ!

सुरेशकुमार पान्डे — “उखानछ भाई फुटे गवार लुटे”यसको अर्थ साहिद जति सुकै शिक्षित भएपनि भाई भाईको फुटले उनिहरू कम्जोर हुन्छन र जति सुकै अशिक्षित अनपढ गवार भएपनि उनिहरूलाई उस्ले लुट्न सक्छ”भन्न खोजेको हुनुपर्छ।अहिले संगठन बाट भाईरीएका साथिहरूले जति सुकै उफ्रि उफ्रि चिच्चाएर नेतृत्वलाई सराप्दै संगठनलाई टुक्रा पार्ने जमर्को गर्नु भएकोछ त्यसो गर्दा हामि मात्रै कम्जोर हुंदैनौ बरू उंनिहरू पनि कम्जोर हुनेनैछन।तर जति जति उनिहरूले हामिलाई सरापेकाछन त्यहि अनुपातमा संगठन सुदृढ र बलियो हुंदै गएकोछ।दिनौ साथिहरू संगठनमा प्रवेश भएकाछन,भारतमा यति बेला आम जनताले संगठन खोज्दै आएकाछन।
अहिले फुटेर गएका कतिपय मित्रहरू देश बिदेशमा बढि उफ्रिनु भयकोछ जस्को संगठमा खासै योगदान थिएन तर अहिले उंहाहरू सक्रिय भएर हाम्रो संगठनलाई र संगठनको नेतृत्वलाई गालि गर्ने सराप्नाले बिस्तारै हामिले गर्न नसकेको प्रचार संगठनको उनिहरूले गराईदिएका छन।संगठन यतिवेला आठौं अखिल भारत सम्मेलनको संगारमाछ। यो मौकाछोपेर संगठका केही फुटप्रस्तहरूले सम्मेलन नभईदिए हुनेथ्यो भनेर सराप्दै हिन्दा झनै संगठनको प्रचार भएकोछ।मूलप्रवाह अखिल भारत स्तरमा अहिले सम्म तेस्रो कानपुर,पाँचौ सिकन्द्रावाद(हाईद्राबाद)सातौं लखनौ बांकि एन सि आर भित्र गरी सातौं सम्मेलन समपन्न भैसकेकाछन।अहिले आंठौँ सम्मेलन पनि एन सि आर भित्र गर्ने तैयारी भएकोछ।”गणतन्त्र र राष्ट्रियताको रक्ष गरौं,भारतस्थित प्रवाशी नेपालीहरूको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं”भन्ने मूल नाराका साथ सम्मेलनको धुमधाम तैयारीछ।
अहिलेको अबस्थामा फुटेर होईन जुटेर हामी समस्य सँग जुझन सक्छौँ भन्नेमा बिस्वास राख्ने आम जनताहरूको समर्थन पनिछ।तर कतिपय संगठनको अनुसाशनमा बसन नसकेका साथिहरू समानातर संगठन निर्माण गर्न समेत थोरैपनि हिचकिचाउँनु भैन।संगठनले ताते गर्न सिकाएका आफ्ना छोराछोरी जसरी पर्वरिश गरेर हुर्काएका उनै साथिहरू ले त्यहि संगठनका जरा काट्न सक्या सम्म प्रयास गर्नु भयकोछ त्यो ब्यबहार भनेको आत्माघाति ब्यबहारनै हो।
कसैले हाम्रा लेखहरूमाथि नकारत्मक कमेटहरूपनि लगातार गर्नु भएकोछ त्यसलाई केहिभन्नु छैन किनकी त्यो कम्जोर मानसिकताको उपजपनि हुनसक्छ। तर कतिपय सकारत्मक कमेटहरू पनि आएकाछन।कतिपयले कमेट गर्दै भन्नु हन्छ अरूलाई भन्नुभन्दा पार्टी भित्र आत्मा मन्थन गर्नुपर्छ।हामिलाई लाग्छ त्यो उनिहरूको सुझाब पनि हाम्रो फाईदाको लागिनैहो।त्यस्तो सुझाबलाई हामिले आत्मासाथ गरेकैछौं।आत्मा मन्थन बिना संगठन सुदृढ पनि हुंदैन तर के जो साथिले हामिलाई त्यो शिक्षा दिनुभयकोछ स्वायम आफैमा पनि थोरै लागु गर्ने गर्नुहुन्छ?यदि गर्नु हुंदैन भने पनि हामिले भने त्यो सुझावलाई स्थापना कालदेखि आत्मासाथ गर्दै आएकाछौँ।
हामिले भन्छौं संगठनले जनताको काम नगरी कन बिकाश हुनसक्छ?हामिले जनपक्षिय काम नगरेको भए त फुट्दै जांदै गरेका साथिहरूले संगठन खतम पारिसक्थे।हाम्रो संगठनको यस्तो बिकाश हुनु भनेको त जति नेता भाग्छन त्यो भन्दा कयौं गुणा धेरै जनता संगठनमा प्रवेश भएका हुन्छन त्यसैले हाम्रो संगठन बलियो बन्दै गएको हुन्छ। संगठनलाई कसैले क्षाणिक रूपमा बद्नाम गरेर संगठन बद्नाम हुंदैन,बरू स्वायम ति साथिहरूलाई स्वायम आफै जनताले एक्लाउँछन र तिरस्कार गर्छन।
कतिपयले भन्नु हुन्छ “सबै फुटेर जाने एकै हुंदैनन्”हामि उनिहरूको कुरामा सहमत छौं सबै फुटेर जानेलाई एउटै घानमा हामिले हालेकैछैन बरू उनिहरूको ब्यबहारले त्यहि ठाउँमा पुराउँछ।हामिले दोस्रो सम्मेलन गर्दा झण्डै आधा केन्द्र फुटेको थियो,लखनौमा गरेको तेस्रो सम्मेलन पछि पनि कयौं साथि फुटेर गए।चौथो सम्मेलनले चुनेको अधक्ष समेत संगठनबाट जानु भएकोथियो तर पछि फर्किनु भयो।जति बेला हामिले पांचौ सम्मेलन गय्रो त्यो बेला हाम्रो संगठनलाई चारौं तरफ बाट घेरेर माओवादीहरूले बद्नाम गर्न स्वायम ठाउँ ठाउमा पत्रकार सम्मेलन गरेर भारतमा भएको अखिल भारत नेपाली एकता समाज हाम्रो पार्टीको जनवर्गिए संगठन हो भने त्यो मात्रैहोईन हामिले सम्मेलन गर्ने ठाउ्मा हामिभन्दा पहिले पत्रकार सम्मेलन गरेर हाम्रो संगठनलाई बद्नाम गर्ने र सम्मेलन बिथुल्न स्थानिय प्रसाशनलाई उक्साउने प्रयात्न गरे।आखिरमा त्यहि पांचौ सम्मेलनले संगठनको नामको पहिले “मूलप्रवहा”थप्ने निर्णय गर्नु पय्रो।छैठौं सम्मेलन फरिदाबादमा भएको थियो त्यो सम्मेलनले पुरै केन्द्रिय समितिलाई लतार्ने गरि केन्द्रिए टिम बनायो र फुटप्रस्तहरूले पुरै केन्द्रिय समितिलाई माओवादी तिर मिलाउँने दाउँमा थिए तर त्यो उनिहरूको बसमा थिएन बरू आफुहरूनै तितर बितर हुन पुगे।केहिसाथिहरू उठेका बस्नु भयो केहि उछुट्टिएका फर्किनु भयो तर फुटप्रस्तहरू आफै तिन टुक्रामा बिभाजित भएको सबैको सामु छर्लङ्गैछ।
उनिहरूले हाम्रो “मासिक बुलेटीन-मूलप्रवाह”समेत खोसे त्यो पत्रिकामा संगठनको ठुलो लगानि थियो उनिहरूले पनि चलाउन सकिनन् र त्यो बन्द भयो।
हामिले यो बिचार अहिलेका साथिहरू पनि त्यस्तै बिलाएर जाउन भनेर भनेकाछैनौं।बरू जस्तो हामिले देखेकाछौं अहिले सम्म त्यहि लेखेकाछौं।
हामिले अहिले फुटेर गएका साथिहरूको त्यस्तै दुरगती नहौश उंहाहरू आफ्नै घरमा फर्किन सदबुद्धि पलाओस भन्ने कामना गरिरहेकाछौँ।
तर त्यो हाम्रो भनाईमा भन्दा उनिहरूको ब्यबहारमा भर प्रने कुराहो,हामिले त मात्र केभन्छौ भने साथिहरू हामि कसैले पनि आकास तिर फर्केर थुक्दा त्यो थुक आफ्नै उप्र पर्छ भनेर एउटा सुझाव दिएको मात्रैहो।अहिले हामिले हाम्रो संगठनको आठौं अखिल भारत सम्मेलनलाई तपाँईहरूको माझमा भब्यरूपमा सुसम्पन्न गरेर अगाडि आगामि संगठनको कार्ययोजन सार्नेछौं।कामना गर्नुस सम्मेलन भब्य रूपमा समपन्न हौश।पर्वाशमा हाम्रो एकताले ऐतिहाशिक महत्व राख्दछ भन्ने बुझेका साथिहरूले संगठनलाई कम्जोर बनाउंन दिनौ खोईरो खन्दैनन् बरू हातेमालो गरेर अगाडि बढ्ने प्रयास गर्छन र गर्नूपर्छ।
हामिले संगठन बाट बिचलित साथिहरूको योगदान को सम्मान गर्दै उनिहरूलाई संगठनले दिएको मान सम्मान माथि ठेंश नपुगोस र दिनौ आकास तर्फ फर्केर न थुंकौ भन्दै संगारमा आएको अखिल भारत सम्मेलन समपन्न पार्न सबैलाई हार्दिक आवहान गर्दछौँ।

चर्चामा

सम्बन्धित समाचार