शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • मागेसक्रांति नजिकिंदै जांदा!(सम्रण)

मागेसक्रांति नजिकिंदै जांदा!(सम्रण)

  • बुधबार, पुस २८, २०७८
मागेसक्रांति नजिकिंदै जांदा!(सम्रण)

 सुरेशकुमार पान्डे — मागे सक्रांतिको पूर्व शंध्यमा लाग्ने बाह्रकुने दह(दाङ घोराहीको) मेलामा म पहिलो चोटी घोर पञ्याति अबस्थामा गएको हुँ।त्यो पहिलो र अहिले सम्म लाई आखिरिनै भएकोछ किन भने न त त्यो भन्दा पहिले गएको थिएं न त्यसपछि मेला हेर्न भनेर त्यंहा गएकोछुँ।साहिद मेला पर्वको वेलामा आफु घरमा नभएकोले पनि हुनसक्छ।परेदेशको जीवन अड्कलेको बिदाले गर्दा मनपरि घुम्ने दिन नै आएन।
हुन त उ बेलाको मेला र अहिलेको मेलामा धेरै फरक पनि छ होला।म सानो छंदा काउलेपानीको शिद्ध थानमा दंशै पछिको पांच पुन्योको पूर्व शंध्यमा खुबै धुनधान मेला लागथ्यो।त्यो मेलामा ढुंगा हाना हान र खुकुरी नचाएको समेत मेरा आंखाले नै देखेको हो।कोही छंग्लागि र कोही टाकुरेलीहरू भयर आपसि भिडन्तमा कयौं घाईते हुन्थे पछि पञ्चेहरूले मेला पर्वको लडाई भनेर उनिहरूलाई डांडेर मिलापत्र पनि गराई दिन्थे।
त्यो धार्मिक स्थान भएपनि असामाजिक तत्वहरूको त्यो बेला हालिमुहाली हुने गरदथ्यो।त्यँहि मेला बाट कयौं महिलाहरू पोईल जाने र कयौंले अर्काकी महिलालाई भगाईदिने चलन थियो।उनिहरूले पछिल्लो बर्षको अर्को बर्ष त्यहि मेलामा बद्ला लिने गर्थे।त्यो बेला खुल्लम खुल्ला रक्सिको बिक्रि र लडाई झग्डानै मेलाको रूपमा नलड्नेहरूले बुझ्थे।लडाई गर्नेहरूले पूर्व तैयारी गरेरै आएका हुन्थे।त्यहि प्रकारले हाम्रो गाउँका नजिकमा लाग्ने मेला पर्वहरू त्यसपछि ओखलढुङ्गा, स्वर्गद्धारी चौभेरा,बारबिसे आदि ठाउँहरूमा मेला लागथ्यो।
तिर्थ गर्न दहमा स्नान गर्ने उदेश्यले टाडा टाडा बाट पनि श्राद्धालुहरूको घोंईचो हुनथ्यो।स्वर्गद्वारीमा त बिशेष गरेर भारतको बिहार युपी तिर बाट बैसाखि पुन्यौ भन्दा पहिले देखि पैदल यात्रिहरूको जुलुसनै हिंथ्यो।उनिहरूको लागि त्यो प्रशिद्ध थिर्थ थियो तर हामिले त्यो बेलापनि त्यति ध्यायन दिंदैनथ्यो।हामि स्वोर्गद्वारी प्युठान जुम्रिकांडा जानेबेला त्यहि बाटो ओर दौर गरिनथ्यो र देखिराखेको ठाउँ भएरै पनि होला हामि मेला हेर्नैभनेर एक आद पटक मात्र गएका हौंला।
मेरो आमाको माईत पहिले जुम्रिकांडा भएकोले हामि मावलीकांहा जांदा काउलेपानी बाट पैदल हिंडेर बेलबास बास बस्न पुगथ्यौं कहिले माथि पातल कटेरी सम्म पुगिहालथ्यौं।तर उति बेला मामाहरू एकै दिनमा काउलेपानी बाट ओद्राहाल्ने पुग्छु भन्नु हुन्थ्यो म भरी एकदिनमा हिंडेर पुग्न सकिन र बासा बस्नै पर्थ्यो।
तर मलाई सानै देखि मेलाहेर्ने रहर थिएन त्यो बेला धेरै साथिहरूले मलाई जानैपर्छ भन्नु भयो र म यसपालि धेरै साथिहरू सँगै बाह्रकुने दहको मेलामा सांझ पुग्यौं साथिहरूले रोटी पनि ल्याउँनु भएको थियो त्यो पनि खायौं।हामि धेरै जना थ्यौं त्यो बेला यति जना थियौं भनेर अहिले ठ्याक्कै भन्न सकिन तर दश बाह्र जना हाम्रो टोलिमा थियो जसमा केटा केटी महिंलाहरू पनि थिए।हामि एउटा बेग्लै ठाउँमा नाच्ने गीत गाउने गर्न थालेका हाम्रा साथिहरूको नाच हेर्दै थ्यौं अचानक दुई तिन जना नजिकै आएर उभिए एउटा त बिचैमा गएर अलि अश्लिल हर्कत गर्दै नाच्या झैं गर्न थाल्यो।उस्ले गरेको ब्यबहार देखेर एकजना हाम्रै बिचका साथिलाई धेरै रिस उठेछ उनि जुरूक्कै उठेर त्यो नाच्ने मान्छेलाई ढेकले त्यो अलि पछि सरक्या जस्तो गरेर अलि पछि लाठि निकालेर चार पांच जनाको हुल आयो र सबैको टाउकामा अन्धाधुन्द लाठि बर्शाए।के गरेको तपाईंहरूले यस्तै भन्दै म अगाडि जानलाग्दा मलाई पनि एकलाठि लाग्यो अब आफुले तोरीको फुलबाहेक केहि दिखिन अर्को पटक आएको लाठि खोसेर आफैले पनि स्रोन थालियो।उनि मध्यकैले मलाई सम्झाउन थाले!हजूरलाई गलतिले लागेको हो हामिले आर्कैलाई हांनेका हौं भन्दै अब हजूरले पनि एक लाठि हानिहाल्नु भयो अब बराबरी भयो दाज्जु! भन्यो।त्यो बेला त्यँहा हाम्रा साथिहरू थिएनन उनिहरू कतै लुकेर बसेछन म झन लाहुरे मान्छे एउटा चाईनिज टार्च थियो त्यहि पनि हराएछ।
तिनै मण्डलेहरू भन्ने मध्यका रैछन कोई पुलिस का छोराहरू लुटेरा बनेका माथि पहाड तिरबाट आउँने महिलाहरूका गहना खोस्ने बलत्कार गर्ने त्यो थिर्थको स्वरूप देखेर मलाई अचम्म लाग्यो।बिहान पख त्यो मैलो हिलो जस्तो पानीमा आ आफ्नो रातैभरीको पाप पखालेर घर घर फर्किदा रैछन।
त्यो बेलाको तिर्थ भोगेकाले बाह्रकुने जांदा अब अलि होसियार भएरै जांदा होलान भन्ने यो भुक्तभोगिलाई लाग्छ।उनिहरूले कुनै पसल नछाड्ने आफुलाई जे रहरलाग्यो बिना पैसा खोस्ने पैसा माग्यो भने कुटपिट गर्ने ब्यबहारले मलाई यो मागलाग्ने बेला त्यो मेलाको झल झलि शम्झना आउँछ।

चर्चामा

सम्बन्धित समाचार