शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दिवशहरूको बारेमा!

दिवशहरूको बारेमा!

  • सोमवार, पुस १९, २०७८
दिवशहरूको बारेमा!

सुरेशकुमार पान्डे — आजको पुश १७गतेको दिन मुख्य दुई बेग्ला बेग्लै दिवश परेकाछन।हुन त प्रत्येक दिन संसारमा कुनैन कुनै घटना घटिनै रहन्छ।ति सबैको लेखाजोखा आ-आफ्नो ठाउँमा हुनेगर्छ।
अहिले मुख्य आकार्सन एउटा त सन २०२१लाई २०२२ले बिदा गरेको उपलक्षमा मनाईने दिन आर्को हाम्रो आफ्नै टोपि दिवश।
पहिलो ईस.सम्वत सन जो दुनियाभरीको लागि एउटा नयाँ बर्ष फेरीयो खास गरेर यो कुनै एउटा देशको मात्रै नभयर संसारमा लागु हुने भयकोले यस्को पनि उत्तिकै महत्व त छँदैछ।हुन त हाम्रो छुट्टै बिक्रमि सम्वत छ जो हामिले हाम्रो निजि बर्षको रूपमा बैसाख एकलाई मनाउँदै आएकाछौंँ र कतिपय साथिहरूलाई यो ईसवि दिवश मनाउँनु हुँदैन भन्ने पनि लाग्छ होला।त्यस्तै त भारतको पनि अलगै देसि बर्ष हुन्छ भएपनि पराय जसो ठुलठुला सहरहरूमा लोप हुँदै गएकोछ।भारतमा त हिंदि लिपि पनि गणित पराए लेखिन छाडेकोछ।मैले एकदिन एउटा माष्टर सँग सोधेको थिए स्कुलमा त कम्तिमा हिंदिमा गणित सिकाउँनु पर्ने भनेर उनिहरू आफैलाई पनि हिंदिको अंक गणित एक बाट दश सम्म लेख्न न आउँदो रैछ।अनि उन्ले भनेकाथिए हामिले आफुले सुरू देखि ईंगलिश मेडियममा अध्यायन गरियो र त्यो गणितको बारेमा खासै जानकारी नभएको भने।यसरी भारतमा आफ्नै देशको गणित लगायतका अरू भाषापनि लोपानुमुखछन।तर हाम्रो देशमा भने अहिले पनि नेपाली लिपि प्रयोग गरिन्छ यो सकारत्मक बिषयहो।अहिले पनि जत्तिको यो सनलाई मनाईन्छ त्यति अरू देशि बर्षलाई मनाईंदैन।सन लाई भने अंस्ति देखि भारतमा शुभ कामना आदान पर्दान गरिनै राखेकाछन।अहिले हाम्रो देशमा पनि यो दिनलाई मनाउँनमा बृधि भएकोछ।
हाम्रो देशमा कयौं यस्ता दिवशहरू आउँछन जो मात्रै हाम्रो देशको राष्ट्रिय दिवश हो।त्यस मध्यको पोषाक र यो टोपि दिवश पनि मुख्य दिवश मध्यको एक हो।अहिले देशभित्र आफ्नो पोषाक लोप हुँदै गएको बेला यो टोपी दिवशले पनि ठुलो र ऐतिहाशिक महत्व राख्छ।वास्तबिक भन्ने हो भने हाम्रो देशमा दोरूवा सुरूवाल टोपि आस्कोट लाई हामिले लगाउँदै आएको देशको राष्ट्रिय पोषाकहो जो अब पराय जसो लोप हुँदै गएकोछ।तर अहिलेपनि सदनमा लगाउँने चनलन भएकोले दोरूवा सुरूवाल देशमा लोप भैसकेकोछैन।धेरैजसो सर्कारी कार्यलयका अधिकारीहरूले नेपाली पोशाक लगाएको देखिन्थ्यो तर पछिल्लो दिनहरूमा छिमेकिको अनुसरण गर्दै सेतो सर्ट र निलो पैंट युनिफामको रूपमा लगाएको देखिन्छ।रंग जस्तो भएपनि बरू दरूवा र सुरूवालको आफिस भित्रका क्रमचारिहरू लाई लागु हुने गरि राष्ट्रीय पोशाकको रूपमा प्रयोग गरेपछि हामिले आफ्नो राष्ट्रिय पोशाकको जोगेर्ना गर्न सकिन्थ्यो।
यो पोषाकलाई अंझ सकुलको ड्रेशनै बनाएर लगाउँन सरकारि आदेश हुन्छ भने आउँने दिनहरूमा यो राष्ट्रिय पोशाकको देशमा बिकास भएर जाने थियो।ब्याल्यकाल देखिनै हाम्रा कर्णधारहरूले यसलाई प्रयोग गर्दै आउँने थिए र उनिहरूलाई आफ्नो राष्ट्रको पोशाको बारेमा जानकारी हुन सक्थ्यो।
हाम्रो देशमा सरकारी कार्यलयहरूमा र स्कुलमा राष्ट्रीय पोशाकलाई अनिवार्य गराई दिनुपर्छ जस्तो मलाई लाग्छ।किन कि पराय जसो हाम्रो राष्ट्रीय पोशाक लोप हुँदै गयकोछ।अबको दिनमा यो पोशाकलाई बचाउनु पर्नेछ।मात्र एकदिन टोपि लगाएर मिडियामा फोटा अपलोड गरेर हाम्रो ईतिहाशलाई जोगाउँन नसकिएला।अहिले त यि दिवशहरूको पराय जसो फेशन मात्र भएकोछ।अबको दिनमा यसलाई औपचारिकताको रूपमा होईन वास्तबिकरूपमा दिवशहरूलाई मनाउँने कार्यक्रमहरू राष्ट्रीय स्तरका आयोजना गर्ने र नियमित पोशाकहरूको प्रयोग गर्न सामाजमा ध्यायन केन्द्रित गर्ने गर्नु पर्दछ।
अरू यो बा र आमा दिवसको बारिमा मा भन्नु पर्दा कतिपय छोराहरूले आमा बालाई बृधाश्रमा पठाएर एकदिन उनि सँगको फोटा अप्लोड गरेर आफ्नो जिम्मेवारी पुराभएको सम्झिन्छन।मैले ति छोराहरू लाई भन्छु कृपया आफ्नो जनम दाताको यसरी उपहाश नगरौं
जिम्मेवारीका साथ रेख देख गरेर पालौं।जसरी आफुलाई जन्माए हुर्काए र उनिहरूले पाले पढाए अनि कमाउँने खाने लाएक बनाएका हुन्छन।उनिहरूलाई बृद्धा अबस्थामा यसरी स्यार सुसार नगरेर बृद्धाश्रममा राखेर आफ्नो सान सम्झिन्छन।आमा र बाबालाई मिठो बोलिले उनिहरूको बृद्धा अबस्थाको क्षाणलाई सेवा गर्छौ भने तिमिहरूलाई अर्को तिर्थ र बर्त गर्नु पर्दैन।कतिपयले खोलाका ढुङ्गा लाई ल्यायर खोपिभित्र राखेर पुजा गर्छन घरमा बिदेशी कुकुर ल्याएर पाल्छन अनि आमा बालाई बर्षमा एकदिन बृद्धाश्रममा गएर फोटो खिचाई अपलोड गर्छन त्यसता ढोंगिहरूले आफ्ना जनम दाताको उपहाश गरेको मैले सम्झिन्छु।
हाम्रो देशमा रोजगार नहुँदा छोराहरू मुङ्गलानमा बसन बाध्य हुन्छन।त्यो ब्यबहारले पनि गरिव बर्गका बृधाहरू कष्ट उठाउँनु बिवशछन तर कतिपय धनिहरूले त आफुले पैसा दिएर आमा बा लाई बृधाश्रमा पठाएको देखिन्छ यो कतिसम्मको घृणित बिषयहो।एउटा गरिबको छोराले त परदेशमा नगई नहुने होला तर पनि हेरदेख गर्ने जिम्मा लिनुपर्छ।अहिलेको हाम्रो देशको अबस्था अत्यान्तै नाजुक बनेकोछ।यो पुँजिवादी समाजमा गरिबहरूलाई समाज सँगै अगाडि बढ्नलाई पनि धेरै आर्थिकको खांचोछ तर कमाई भने छैन।देशभित्र रोजगार छैन बिदेश नगई सुःख पनिछैन।एकातिर मोवेल नेटको खर्च बढ्दै गएकोछ घरमा सबैथोक किनेर ल्याउँनुपर्छ।त्यसतो अबस्थामा मानिसले दिनौरात काम गरेर ज्यान त्यान गृस्थि गरेकोछ।त्यसै माथि बिमारीलाई उपचार गर्नु पर्दा पनि उनिहरूको लागि बुढा बुढि अहिले बोझ जस्तो शम्झिने गर्छन।बुढा बुढिलाई सरकारले उनिहरूको उपचारको खर्च बहन गर्छभने आधा समस्य समाधान हुनसक्छ।अहिले मंहिंगिले र बेरोजगारीले गर्दा धेरै जसो बृधा र गरिवलाई मार परेकोछ
त्यसैको परिणामपनि कता कति अहिले ठुलासहर हरूमा भिख मागेर गुजारा गरेका बुढा बुढि देखिन्छन।नत्र भने हाम्रो देशमा भिखारी कतै देखिदैनथे मिहेनत मज्दुरी गरेर पेट पाल्ने गर्दथे।अहिले यो महंगिले गर्दा र रोजगार नमिल्दा धेरै बिक्रितिहरू पनि फैलिंदै गएकाछन।अहिले हाम्रो देशमा यि दिवशहरू पनि खालि औपचारिकता प्रदर्शनको माध्याम बनेको देखिन्छ।कृपया हामिले राष्ट्रीयताको भलो सोंचेका देशभक्तहरूले आफ्नो भाषा र पोशाकलाई अत्याधिक मायाँ गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार