मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • लेखक-कस्तो हुनुपर्छ?

लेखक-कस्तो हुनुपर्छ?

  • शनिबार, कार्तिक ६, २०७८
लेखक-कस्तो हुनुपर्छ?

सुरेशकुमार पान्डे —  आज लेखक र रचनाकारहरुको बिगबिगिछ।अखबार तथा ओनलाईन पत्रिकाको पनि उस्तै भिडछ।देशका राजनीतिक पार्टीहरु जस्तै घर-घरमै पत्रकार अनि ओनलाईन पत्रिकाहरु प्रकासित भयकाछन।राम्रो कुराहो मानिशहरु शिक्षित हुनु लाई नराम्रो भन्नु सकिदैन तर के ति पत्रिकाहरु र लेखकहरुले लेख्ने यिस्तरिय हुन्छन?सवाल यत्तिहो।
लेखकले राम्रो लेख्यो अखबारले छाप्यो अनि त्यो लेखक कुन चरित्रको हो उसले लेखेको लेख कुन उदेश्यले लेखिएको हो भन्ने बारेमा पनि हामि मिडिया पत्रकारहरुले बुझ्नु पर्छ कि?अलिले अरु रचनाहरु जस्तै गीत नित्य गजल मुक्तक आदि लेखेर मुहार पुस्तिकामा पोष्ट गरेको जस्तो राजनीतिक वा सामाजिक बारे कोर्ने ब्याक्ति र उसको पत्रिका छाप्ने मिडियामा अलिक फरक हुन्छ।
राजनीतिक सामाजिक लेख लेखेर जनतामा पठाउँने ब्याक्तिमा आफ्नो ब्याक्तिगत सुधारको पनि अलि आबस्याक पर्छ।अनुसाशित ब्याक्तिको राम्रो लेख रचनाले पत्रिकाको स्तरलाई उँचाईमा पुराउँछ भने अनुसासन बिहिन र अराजक प्रकारका ब्याक्तिहरुको लेखले कसैको चरित्र हत्या गर्ने गालि गलौच गर्ने र आकास तिर थुक्ने गर्छन त्यो छाप्ने अथवा प्रकासित गर्ने पत्रिकाहरुको गरिमा खस्किन्छ र उसलाई पित पत्रिका वा अशक्षम पत्रकार आदी भनेर बुझिन्छ।
अहिले पत्रिकाहरुमा लेख लेख्ने ब्याक्तिको अनुसाशनको मुल्यांकन नगरेर कतिपय मिडियाहरुले लेखहरु प्रकासन गर्दै आएकाछन।त्यसले उनिहरुको गैरजिम्मेदाराना ब्यबहारलाई पुष्टि गर्दछ।
पत्रिकामा प्रकासित लेख र त्यो लेख्ने ब्याक्तिलाई जनताले शिक्षित सम्झेका हुन्छन तर त्यहि ब्याक्तिले अत्यान्तै निम्न र तुच्छ ब्यबहार अप्नाएकोछ भने पाठक बर्गमा त्यो पत्रिका प्रति पनि घृणा उब्जिन्छ।परिणाम पत्रिकानै बद्नाम हुन्छ।कतिपयले लेख भौतिकवादी लेख्छन अनि ब्यबहारमा आध्यात्म वादिछन।अनि जनताको हितका कुरागर्छन आफै शोशकको ब्यबहार गर्छन।अनुसाशनका गफ हाल्छन तर आफै अनुसाशन बिहिनछन।त्यसले उनिहरुलाई भन्दा उनिहरुको लेख प्रकासित गर्ने पत्रिकालाई असर पुग्छ।
एक पटक हामिले एउटा भालिबल टुर्ना मैन्टमा एकजनालाई अनुसाशनको पुरस्कार दियौं हामिले उसलाई त्यो खेल अबधिको मात्रै अनुसाशितको पुरस्कार दिएको तर उ कुनै आर्को सहरमा पुगेपछि त्यँहाको भलिबाल टिमले “जसले त्यँहा भाग लिएको थियो”ले त्यो ब्याक्तिलाई समाजले अनुसासित घोषित गरेको ब्याक्ति भनेर पुरै बिस्वास गरेछन उसलाई केहिदिन पालेछन अनि साथिहरु डिट्प्टी गएको बेलामा त्यँहा भयको समान जति केहि नछोडेर अरु त अरु सैण्डिल समेत लिएर भागेछ।अनि हाम्रो पास साथिले फोन गर्नु भयो।”हजूरहरू कस्ता मान्छे तपाईहरुले अनुसासित भनेर सम्मान गरेकोले त हाम्रो घरबाट केहि नछोडेर चोरेर भाग्यो।अब के गरौँ साथि?”भन्दै गुनासो पोख्नु भयो।अनि उ काँको थियो त्यो पनि थाहाछैन।कुनै नगरले आफ्नो टिममा ल्यायो खेलको द्वौरानमा उ अनुसासित थियो अनि कमिटीले उसलाई अनुसासित घोषित गरेको त मात्र खेलको द्वौरानलाई हो।तर बुझ्नेहरुले मानिहलाई सधैका लागि अनुसासित बुझ्ने भुल गरे त्यसैको परिणाम उनिहरुले नोक्सान ब्यहोर्नु पय्रो।जुन नगर बाट टिममा भागलिएको थियो उनिहरू सँग पत्ता गर्दा त्यो नेपाल मुलको भारतिए थियो तर पुरा ठेकाना छैन।खेलाडि नपुगेर उस्लाई टिम सँग पठाएको भनेर भन्नु भयो।अनि त्यो साथिको समान लिएर भागेको फर्केर किन आउलथ्यो।हामिले राम्ररी चिनेर उसको बेगराउँनको पनि मूल्यांकन गरेर बल्ल उसलाई जनतामा चिनाउँनु पर्छ जस्तो मलाई लागछ।
अहिलेका कतिपय लेखकहरुको बारेमा साथिहरुले गुनासो गर्नु हुन्छ।त्यो ब्याक्तिले शोशण गर्छ,आर्थिक ब्याजे लगाउँछ,अथावा ठेक्का बट्टा र दलालि गर्छ अनि उसका लेखहरुले जनतालाई लाई कस्तो शंदेश जाला?आदि यित्यादी बिचारहरु आउँछन।
यसको बारेमा मैले धेरै भन्दैन मात्र साथि वा पाठकहरु लाई एउटा कुरा भन्न चाहान्छु।कुनै पनि ब्याक्तिको जीवित छंदा सम्म पुर्ण रूपमा मुल्यांकन गर्न सकिदैन।उ हिंजो ठिक थियो तर भोलि पनि ठिक रहला भन्ने कामना त गर्न सकिन्छ तर भोलि त्यो ठिक रहन्छ भनेर ठोकुवा लगाउन सकिदैन।
उसका लेख बिचार राम्रा हुन्छन भने त्यसलाई अनुकरण गरौँ त्यसबाट प्रेणा लिउँ अन्याथा हुदैनन भने छाडौँ।बजारमा बिभिन्न खाले पुस्तकहरु हुन्छन ति मध्य हामिले आफुलाई आबस्याकता जसकोछ त्यही लिन्छौँ।त्यहिरूपमा लेखकहरूका लेख रचनाहरू ठिक लाग्छ भने त्यसबाट ज्ञान हासिल गरौँ ठिक लाग्दैन भने त्यसलाई छाडौँ।बिचार र ब्यबहारको सार भनेको यहिनै हो।ब्यबहार र बिचारको मिस्रण हुन्छ वा हुँदैन त्यो पाठकहरुले आफै मुल्यांकन गर्नुपर्छ।
भनाईको अर्थ पाठक बर्गले अन्धभक्त हुनुहुदैन,शङ्का र बिस्वासलाई संग सँगै मनमा बाँधेर राख्नुपर्छ।साथै मिडियाले पनि रचना राम्रो लेख्यो भन्दैमा आँखा चिम्लेर रचना स्विकारनु भन्दा रचनाकारको बारेमा पनि थोरै धेरै जानकारि राख्नु पर्दछ।
मैले एक पल्ट मात्र अखबार बेचेको र ग्रहाक बनाएकोले मात्रै पनि ठानामा रात काट्नु मात्रै होईन केहिदिन सम्म पोलिस ठानको चक्र काट्नु परेको पनिछ।
पत्रकारिता पनि त्यति सजिलो पेसा होईन।अखबारलाई स्तरिय बनाउँन पनि अलि अनुसाशित ब्याक्तिका राम्रा लेख रचनाहरुलाई प्रकासित गरौँ।लेखक ले अशुद्ध लेखेको लाई सच्चाउँन सकिन्छ तर लेखक आफु खराबछ भने त्यो जति सुकै राम्रो लेख भयपनि पत्रिकालाई नकारत्मक असर पर्न सक्छ।त्यसकारण लेखकमा पनि अनुसाशनका गुणहरु लाई हेर्नुपर्छ।पत्रकारको लेखकको भन्दापनि अँझ राम्रो भुमिका हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार