शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • केही नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न देश खरानी पार्दैछन।

केही नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न देश खरानी पार्दैछन।

  • बिहिबार, कार्तिक ४, २०७८
केही नेताहरुले आफ्नो स्वार्थ पुरा गर्न देश खरानी पार्दैछन।

सुरेशकुमार पान्डे — होम्रो देश आजपनि आधा सामन्ति आधा उपनिवेशिकछ।देशमा उद्मोगहरु छैनन् युवा शक्ति बेरोजगार भयपछि बिदेश जान बाध्य भयकाछन।यसबारेमा कसैको अर्को मत नहोला।हाम्रो देशलाई जोगाउँन हामिले छिमेकीहरु सँगको ब्यबहार लाई सन्तुलन बनाउँनुपर्छ साथै अमेरीकि लगायत साम्राज्यवादीहरु सँग पनि आफुलाई जोगाउँन अन्तरराष्ट्रीय पहिचान बनाउन सक्नु पर्छ।हामिले पनि भन्दै आएकाछौँ।
देशभित्र उद्मोगको लागि श्रोत साधनको पनि कमिछैन।हरियो बन,पानीको खानि लगायत जडिबुटीहरु खनिज पदार्थहरु देशभित्र छन।यो देशमा नभयको मुख्य कुरा केभने धेरै जसो राजनीतिक पार्टीका नेताहरुको बिकाश गर्ने नियतनै छैन।नियतमा खोट भएपछि कस्को केलाग्छ।उनिहरु देशभक्त नभयर यो अबस्था सिर्जित भयकोहो।
हिंजो राजा राणाहरुको हालि मुहालि थियो त्यो निरङ्कुस ब्यबस्थालाई लामू समय सम्म शंघर्ष गरेर जनताले फालेपछि ठिक त्यही जन आन्दोलन भित्र अवसर ढुकेर बसेका हरु सत्तामा काविज भयपछि उनिहरुले आ-आफ्नै स्वर्थमा देशको श्रीसम्पति खरानी पार्न थालेकाछन।
वास्तबिक कुरा केभने जनताको चाहाना र देशलाई पहिलो आबस्याकता भनेको कृर्षि क्रान्तिहो।त्यो जनताको माग पनिहो र देशलाई यही बाटो बाट समाजवाद सम्म पुराउँन र सदियौं सम्म स्वाभिमानलाई जोगाउँने माध्यायम थियो।तर जनताको अथाह सहयोग र अथक प्रयाशले पनि त्यो हुनसकेकोछैन।किन भने अवसरबादी राजनीतिक देशमा हैवी भयो।उनिहरुले जनताको नौलो जनवादलाई बहुदलिय जनवाद भन्दै डांटेर आफ्नो स्वर्थ पुरागर्न थाले।बहुदलिए जनवाद र नौलो जनवादमा धर्ती आकासको फरकाछ।त्यस बारे जनतामा भ्रम सिर्जना गरेर आफ्नो क्यारिरिष्ट मनसाएले जनतालाई र बर्गिय आन्दोलनलाई गलत दिशा तिर डोराउँदैछन।
देशभित्र जुनसुकै राजनीतिक पार्टी पनि अहिले निम्न पुँजिवादी जगमा उभिएकोछ।उनिहरुका नाराहरु भिन्दै छन,लोगो भिन्दैछ तर ब्यबहार र स्वार्थ मिल्दो जुल्दोछ।त्यसकारणले देशलाई त्यो दिसा तर्फ डोराउँन सकेकाछैनन।हिंजो जसको जोत उसको पोत भनेर झापामा बिद्रोह गर्ने ओलि,किर्षि क्रान्ति गर्ने प्रचण्डहरुको दुई तिहाको सरकार बन्यो खैत त्यसले जनपक्षिय काम के गय्रो?यि सबै निम्न पुँजीवादी अबसरवादीहरुहुन भन्ने थप पुष्टी भयो।
जस्तै राणाको अनत्य पछि त्रिभुवनले जनता र राजनीतिक पार्टी सँग छल गरेका थिए ठिक त्यही प्रकारले अहिले कति पय अवसरबादी शक्तिले त्यही नीति अपनाएकोछ।जनताको चाहानलाई नियालेर कयौं गैर कम्युनिष्टहरु पनि कम्युनिष्ट पार्टीको लोगो भिरेकाछन त्यही प्रकारले ब्याक्तिहरुपनि त्यही रातो झण्डाको ओटमा लुकेर कम्युनिष्ट बिरोधी खेल खेल्दैछन।जस्तै केसरजंग राय माझीले सुरुवातामा खेले र कम्युनिष्टको कमान छोपेका राएमाझिको राजदरबारमा बिलय भयो।
त्यो परमपरा अहिले पनि रोकिएकोछैन।डा.बाबुराम भट्टराई जो हिंजो भारतमा पढ्न आएका बिध्यार्थि थिए उन्ले भारतस्थित सोझा साजा नेपालीलाई आफुतिर तान्ने प्रयात्न गरे।एकता समाजको नजिक आएर आफुले जनवादी क्रान्तिमा आस्था देखाएर भारतमा बिध्यार्थि सँगको नेतृत्व गर्न सफल भयका बाबुरामले जनताको बिस्वाशको बदलमा बिस्वाशघात गरे।नेकपा मसाल बाट भागेर छुट्टै समानन्तरको संगठन गरें भन्दै यिनिहरु माओवादीमा मिसिएर पछि दिनानाथ शर्म समेतलाई गुमराहमा पारे।उनै दिनानाथ हुन जस्ले कम्युनिष्ट पार्टी लाल सेना बिना हुनै सक्दैन भनेर बखेडा गडागरेका थिए। छिट्टै क्रान्ति गर्छु भन्दै सुरुगरेको उनिहरुको जनयुद्धले देशको सम्पति स्वाहा पार्ने शहिदको खेति गर्ने देखिलिएर सरकारी बैंक लुटेर आ-आफ्नो जरसन्तानलाई धनि बनाए।सरकारमा गए अनि हिंजो जनताको माझबाट “असमान सन्धि सम्झौता खारेज गर”भन्ने बाबुराम भट्टराईले बिप्पामा समानता देखे र सन्धिका लागि तछाड मछाडगरे।बिप्पालाई पढेका साथिहरुले बाबुरामलाई खरो खरो सुनाए गालिगरे।त्यही बाबुराम भट्टराईले “कथित जनशक्ति पार्टी”गठन गरे त्यो मात्रैहोईन जन आन्दोलन ताक लुटेका पैसाले किरायका युवाहरुलाई लिए मोटरसाईकिल रैलि गराउँने र आफ्नो दबदबा कायम राख्ने प्रायत्नपनि गरेकै हुन सकिनन्।अनि उनि जनता पार्टीमा सामिल भयर भारतको पहेरेदार बने।अनि अहिले भन्छन हामीले एमसीसी पारित गरेनौ भने देश रहन्न।उतिबेला आफु प्रधान मन्त्री भयको बेला भन्थे “बिप्पा सम्झौता नगरे देश मर्ज हुनुसक्छ।”अहिले मिलेनियम चैलेञ्जलाई पारित नगरे देशलाई खतराछ भन्छन।अनि एमसीसी पास गरे सबैभन्दा ठुलो खतरा हामिले देखेकाछौँ।
यदि एमसीसी हामिले पारित गरेर लागु गरायौं भने हाम्रो पहिलो नोक्सान चीनले हामिलाई साथ दिंदैन।हामिले असंलङ्ता राष्ट्रको हैसियत गुमाउँछौ।परिणाम हाम्रो छिमेकि राष्ट्र सँगको बैलेन्श बिग्रिन्छ यो हाम्रो लागि सबैभन्दा ठुलो आत्माघाति बाटोहो।आर्को एमसीसीमा उल्लेख भयनुसार एमसीसीलाई हाम्रो देशभित्र प्रवेश दिनैपर्छ।उस्ले देशमा जे सुकै गरेपनि हामिले मुकदर्शक बन्ने सेवाए केही पनि गर्न सक्नेछैनौँ।
यि र यस्ता बिषयलाई लागु गराउँन खोज्नु भनेको देशका दुश्मनहरुनै हुनसक्छन।अहिले मात्रै होईन बाबुराम भट्टराईको सुरुदेखिनै अवसरबादी ब्यबहार रहंदै आयो।
यिनै नेताहरुले गर्दा हाम्रो देशलाई खरानी पार्न थालेकाछन।जुनसुकै नेताहरुले पनि देशको कमान छोप्यो भने बिदेशी गुण गान गर्ने बिपक्षमा रहेपछि छिमेकीलाई सराप्ने गर्छन।तर सरकारमा हुनेबेला देशको बिकास गर्ने कसैको हुर्मत हुँदैन।कहिले जातिय कुरा उठाएर आपसमा लडाए।कहिले क्षेत्रियतामा देशलाई ढेकले।यिनिहरुको ब्यबहारले देशलाई खरानि पार्ने प्रयात्न गरिरहेकोछ।अहिले मोहन बैध्य ले राजतन्त्रको वकालत जोडतोडले गरेकाछन।उनको बिचारमा हिंजो गिरिजा प्रसाद कोईरालाले भनेको जस्ते शेरेमोनियल किङ्ग बैधानिक राजतन्त्र नभैनहुने कुराहरु ल्यायर चर्चित बनेकाछन।यि नेताहरुले हिंजो हजारौँ हजार नेपाली जनतालाई मराए पछि सात दशक पछि ल्यायको गणतन्त्रलाई फेरी राजदरवारमा बुजाउन आतुर देखिन्छन।

चर्चामा

सम्बन्धित समाचार