शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • युवा पुस्ताले रुचाएका नेता बद्रि पाण्डेले देउवाको विरासत भत्काए

युवा पुस्ताले रुचाएका नेता बद्रि पाण्डेले देउवाको विरासत भत्काए

  • शुक्रबार, अशोज २२, २०७८
युवा पुस्ताले रुचाएका नेता बद्रि पाण्डेले देउवाको विरासत भत्काए

लक्ष्मीराज पाध्याय — नेपाली काँग्रेस केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले भनेका थिए, हामी ब्यथितिको अन्त्य र सत्ता हस्तान्तरण चाहान्छौ, त्यहि भएर सबैले राम सिंह रावलको प्यानलाई भोट दिनु होला । पाटि सभापति रामसिंह रावल सहितको प्यानल घोषणा पत्रकार सम्मेलनमा नेता पाण्डेले यस्तो भनेका थिए ।
पाण्डेले थपेका थिए, पाटि बिधि र बिधानमा सञ्चालनका लागि रावलको नेतृत्व सक्षम र सफल रहेको वताए । छैटो जिल्ला अधिबेशन बाट निर्वाचित जिल्ला कमिटिले मनोपोलि ब्यक्ति हाबी भएर संगठन चलाएको पाटि बलियो बनाउनुको साटो कमजोर बनाएको अब नयाँ नेतृत्व आबश्यक रहेको वताएका थिए । पाण्डेले जसरी पत्रकार सम्मेलनमा कार्यकर्तालाइ जसरि निर्देशन दिएका थिए, त्यहि अनुसार सातौ जिल्ला अधिबेशनमा बाट देउवाको बाजुराको विरासतनै भत्काएका छन् ।
पत्रकार सम्मेलनमा कडा रुपमा प्रस्तुत भएका पाण्डेलाई धेरैले भन्थे बाजुरामा पाण्डेको संगठन छैन्, केन्द्रिय राजनितिममा भाषण दिएर हिड्ने भन्दा केही काम छैन् । तर पाण्डेको संगठन भए नभएको सातौ जिल्ला अधिबेशन बाट उनले प्रमाणित गरेका छन् । पाण्डेलाई गुट उपगुट भन्दा पनि युवा पुस्ताले रुचाउनुका साथै साथ दिएका छन् ।
अधिबेशनको पुर्व तयारीमा नेपाली काँग्रेस पाटि कार्यलयमा देउवा पक्षधर कार्यकर्ताले पाण्डेलाई कालो झन्डा देखाएका थिए । त्यहि बेला पाण्डेले भनेका थिए समय अनुसार म मेरो ठाँउ बाट देखाउछु ढिलो चाडो मात्र हो । पाण्डेले भनेको केही महिना नबित्तै सातौ जिल्ला अधिबेशन बाटनै उनले प्रमाणित गरिदिएका छन् । उनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधै कार्यकर्ता सँग समन्वय सम्पर्कमा रहदै उनले आफ्नो योजना सफल बनाएर नै छोडे । पाण्डे पछिल्लो समय जिल्ला केन्द्रित हुदै आएका थिए ।
पाण्डेले शक्तिशालि मानिएका देबराज जोशी, जनकराज गिरीको कार्यकर्ता तहमा बनाएको छाप तोडेर आफ्नो बलियो पक्कड बनाउन सफल भएका छन् । पाण्डेको राजनीतिक यात्रा २०४३ सालमा नेपाल विद्यार्थी संघ आबद्ध भई हालसम्म नेपाली कांग्रेस पार्टीमा सक्रिय जिम्मेवारी रहदै आएका छन् । पाण्डे स्पष्ट बक्ता, निडर, साहसी नेताका रुपमा परिचित हुदै आएका छन् । पाण्डेको जसरी केन्द्रमा आफ्नो छाप बनाएका थिए, त्यसरी नै उनले बाजुरामा आफ्नो छाप बनाएर बाजुरा काँग्रेसको नेतृत्वनै परिवर्तन गराएका छन् ।
देउवा पक्षका केन्द्रिय स्तरमा नेतालाई समेत बाजुरा बाट दिएको सन्देशले धक्का दिएको छ । देउवा पक्षधर जिल्ला तहका नेताले पाण्डेको बाजुरामा संगठन खासै नभएको शेर बहादुर देउवा कहाँ पुयाउने गरेको सुनिन आउथ्यो । अहिले शेर बहादुर देउवा समेतलाई पाण्डेको जिल्लामा रहेको संगठनले समेत सोच्न बाध्य बनाएको छ । अर्को देउवाको प्रदेश भएको जिल्लामा अर्को पक्ष विजयी हुनुले फरक तरिकाले हेरेका छन् ।
नेपाली काँग्रेस बाजुरामा देउवा पक्षको बिरासत भत्काउने मुख्य कमाउन्डर नै पाण्डे रहेका थिए । उनलाई जनक राज गिरी, मान बहादुर रावलले शुरु देखी दोस्रो चरणमा चक्र शाह लगायत नेताहरु साथ दिएपनि नेतृत्व पाण्डेले गरेका थिए । पाण्डेलाइ कालो झन्डा देखाउन लगाउने योजनाकारलाई सातौ जिल्ला अधिबेशनमा सभापति सहित ८० प्रतिशत कार्यसमितिमा आफ्नो पक्षमा विजयी गराएपछि गतिलो झापड लगाएका थिए ।
लामो समय सम्म देबराज जोशी अर्थात देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ । अघिल्लो अधिबेशनमा कबिराज पण्डित विजयी भएर देउवा पक्षको जिल्लामा हालीमुहाली बनेको थियो । बाजुराले सबै तिर बाट रिपोटिङ्ग गर्दा होस वा प्रचारप्रसारमा देउवा पक्षको गणको रुपमा रहदै आएको मानिन्थ्यो ।
तर यसपालि भने पौडेल, सिटौला पक्षको अगाडि देउवा पक्ष निरहि बनेको छ । देउवा पक्षका बलिया नेता मानिने देबराज जोशीले देउवा पक्षको छत्रछाँया चलिरहेको थियो, तर सातौ जिल्ला अधिबेशनमा पुगिसक्दा भने त्यो स्थिति रहन् सकेन ।
नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा निर्वाचन भएका पदाधिकारीमा पौडेल सिटौला पक्ष विजयी भएका छन् । सहसचिब सुरेन्द्र सिंह बाहेक सबै पाण्डे पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । सभापति रामसिंह रावल उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् । त्यस्तै
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्ष बाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशी बाट बिजयी जिल्ला कमिटिमा पौडेल सिटौला समुहकाले धेरै विजयी भएका छन् ।
पाण्डेको राजनितिक इतिहास
हिमाली गाउँपालिका ४ जन्मेका पाण्डे २०४३ सालमा नेविसंघमा आबद्ध हुदै २०४९ सालमा बाल्मिकी क्याम्पस, काठमाडौंको नेविसंघ इकाई सचिव भएका थिए । २०५० साल नेविसंघ जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । २०५३ सालमा बाल्मिकी क्याम्पस, काठमाडौंको स्ववियू सभापति निर्वाचित भएका थिए ।
२०५४ साल स्ववियू परिषद अध्यक्ष, २०५६ मा ने.वि.संघ केन्द्रीय कार्यसमिति सदस्य, २०५७ मा नेविसंघ केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका थिए । २०५९ मा ने.वि.संघ केन्द्रीय उपाध्यक्ष हुदै २०६२ सालमा ने.वि.संघ केन्द्रीय कार्यसमिति महामन्त्री भएका थिए ।
२०६६ सालमा नेपाली कांग्रेस केन्द्रीय सदस्य, २०६७ सालमा प्रमुख, श्रमिक विभाग नेपाली कांग्रेस हुदै २०७० मा संबिधान सभा सदस्य भएका थिए । २०७२ नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पुन निर्वाचित भएका थिए । २०७२ सालमा व्यवस्थापिका-संसद हुदै २०७४ सालमा राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका थिए । पाण्डेको पत्रकारिता प्रशिक्षण सँगै संगठनका मुखपत्रको प्रधान सम्पादक तथा सम्पादक भई काम गरेको अनुभब समेत छ ।
नेपाली कांग्रेसमा गुट उपगुट छरपस्ट हुनुमा उनी व्यक्तिवादी प्रवृतिलाई दोष दिन्छन् । आगामि अधिबेशन बाट नयाँ नेतृत्व आए र नेतृत्व परिवर्तन भएमा अन्त्य हुने वताउँछन् । पाण्डे भन्छन्, “रुसोको एउटा थेउरी छ । जहाँ पनि तीन वटा विल हुन्छ भन्छन् । जसमा प्राइभेट र कर्पोरेट अनि एउटा जनरल विल । व्यक्तिवादी वा प्राइभेट विल हो जसले आफूलाई मात्रै सोच्छ । प्राइभेट विल भनेको जस्तो विद्यार्थी संगठनले विद्यार्थीका बारेमा मात्रै कुरा गर्न र अर्को कुनै पार्टीले आफ्नो पार्टी र देशको लागि सोच्यो भने त्यो जनरल विल हो । कांग्रेसले जनरल विल अनुसार काम गरेन ।” त्यहि भएर नयाँ नेतृत्व आबश्यकता रहेको बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार