शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

  • बिहिबार, बैशाख १३, २०८१
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिअघि इलाम–२ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङको पक्षमा प्रचार गरेका छन् । उनले सुहाङलाई अब संसद् भवनमै भेट्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद् भवनमै भेटौँला !’ ओलीले भनेका छन् ।

ओली उपचुनाव प्रचारप्रसारको क्रममा बुधबार चुलाचुली पुगेका थिए । उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि ओलीले सुहाङको पक्षमा अन्तिम प्रचार गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार