शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रवेश पत्रको तस्बिर उप्काएर अर्काको कक्षा १२ को परीक्षा दिएपछि…

प्रवेश पत्रको तस्बिर उप्काएर अर्काको कक्षा १२ को परीक्षा दिएपछि…

  • बुधबार, भदौ ३०, २०७८
प्रवेश पत्रको तस्बिर उप्काएर अर्काको कक्षा १२ को परीक्षा दिएपछि…

धनगढी — अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको थिए। प्रवेश पत्रमा सन्दिपको तस्बिर उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले बताए। सन्दीप र राजकुमार पर्सागढी ८ का वासिन्दा हुन्। यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो।

चर्चामा

सम्बन्धित समाचार