शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ओखलढुंगाको मितेरीभन्ज्याङमा सुमो दुर्घटना, एकजनाको मृत्यु, नौ घाइते

ओखलढुंगाको मितेरीभन्ज्याङमा सुमो दुर्घटना, एकजनाको मृत्यु, नौ घाइते

  • आइतवार, भदौ २७, २०७८
ओखलढुंगाको मितेरीभन्ज्याङमा सुमो दुर्घटना, एकजनाको मृत्यु, नौ घाइते

ओखलढुंगा — मोनभञ्ज्याङ गाउँपालिका–६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा नौजना घाइते भएका जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको छ। आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका(१ मोलीबाट काठमाडौंका लागि छुटेको बा११च ५२१० नम्बरको स्कारपियो सुमो दुर्घटनामा परेको डिएसपी काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार