शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ

  • बिहिबार, भदौ २४, २०७८
अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा किशोर पक्राउ

काठमाडौं — काठमाडौंबाटप्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । भण्डारीले भारतमा रहेका आफन्तमार्फत ती औषधिहरू मगाई विगत लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, अस्पताल र क्यान्सर रोगका बिरामीहरुलाई गैरकानूनी रुपमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार