शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • लेनदेन मुद्दामा फरार रहेकी महिला पक्राउ

लेनदेन मुद्दामा फरार रहेकी महिला पक्राउ

  • शुक्रबार, भदौ १८, २०७८
लेनदेन मुद्दामा फरार रहेकी महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १० बस्ने वर्ष ४५ की दिलकुमारी सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार सुनारले लेनदेन मुद्दामा ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी छ ।

उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार