बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • भरुवा बन्दुुकसहित एक जना पक्राउ

भरुवा बन्दुुकसहित एक जना पक्राउ

  • शुक्रबार, भदौ ११, २०७८
भरुवा बन्दुुकसहित एक जना पक्राउ

धनगढी — कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।

स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरेर अनुुसन्धान थालेका प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार