बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

  • बिहिबार, भदौ १०, २०७८
भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

काठमाडौं — भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ र यो प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार