बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • प्रेमिकालाई जन्मदिनमा उपहार दिन एक युवकले जब लुटपाट गरे…

प्रेमिकालाई जन्मदिनमा उपहार दिन एक युवकले जब लुटपाट गरे…

  • बिहिबार, भदौ १०, २०७८
प्रेमिकालाई जन्मदिनमा उपहार दिन एक युवकले जब लुटपाट गरे…

एजेन्सी — आफ्नी प्रेमिकालाई जन्मदिनमा महँगो उपहार किन्नकै लागि छुरा देखाएर लुटेको आरोपमा भारतमा एक जना २२ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ। दक्षिण–पश्चिमी दिल्लीको डाबरी निवासी ‘विराट सिंह’ नामक ती व्यक्ति डाबरीको बस स्ट्यान्डमा भएको लुटपाटको सिलसिलामा पक्राउ परेका हुन्।

एक वरिष्ठ प्रहरी अधिकारीले एक व्यक्तिले चार जना पुरुषले छुरा देखाएर आफ्नो साथमा रहेको ५ हजार ५ सय नगद, परिचय पत्र र मोबाइल लुटेको उजुरी गरेको जानकारी दिएका छन्। नाम नखुलाइएका ती पीडितले आफूलाई एक जना लुटेराले छुरा रोपेको पनि बताएका थिए। मंगलबार सुराकीको सूचनाको आधारमा प्रहरीले नाजाफगढको धर्मपुरास्थित गुरजार डायरी नजिकबाट सिंहलाई पक्राउ गरेको हो।

उनले प्रहरीसमक्ष आफू गुरागाउँस्थित एउटा कल सेन्टरमा काम गर्ने गरेको र लकडाउनका कारण जागिर गएको र गर्लफ्रेन्डलाई उपहार किन्न सो अपराध कार्यमा सरिक भएको बताएका छन् । उनको साथबाट लुटिएको मोबाइल भेटिएको छ भने प्रहरीले बाँकी लुटेराको खोजी गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार