शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जनताले जीते पनि जनताको हात हारनै लाग्यो।

जनताले जीते पनि जनताको हात हारनै लाग्यो।

  • आइतवार, असार २०, २०७८
जनताले जीते पनि जनताको हात हारनै लाग्यो।

सुरेशकुमार पान्डे — राणाहरुको पाला देखुन जनताले बलिदानि पूर्ण शंर्घष गर्दै आयो।प्राण त्यागेर भएपनि निरंकुश तानासाहि ब्यबस्थाको अनत्य गर्छ अनि उनैका बन्धुभाईको हातमा सत्ता पुग्छ।जनताको आत लाग्यो शुन्य।
राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि निरन्तर शंर्घष गर्दै जनताले तानाशाहलाई ढाल्छ तर सार्वभौम सत्ता जनताको हात बाट बाईपास गरेर अवसरबादी शक्तिले हात पार्छ।यस्तो २००७साल पछिको ईतिहाशलाई सरसर्ति हेर्ने हो भने प्रष्टैछ।
जनताले राणाहरु फाल्न लामू शंर्घश गर्नु पय्रो बलिदानी त्यो शंर्घषले राणाहरु लाई झुकायो राजाले आफ्नो हातमा सार्वभौमशत्ता पाय्रो।अनि जनता फेरी त्यहि तानाशाहको बिरुद्धमा मैदानमा झय्रो।लामू शंर्घष पछि राजालाई जनताले घुँडा टेकायो तर त्यसको फाईदा लिनको लागि देशमा राजनीतिक पार्टीहरुको आपसमा लडाई सुरुभयो।जब सम्म लडे तब राजाले फेरि सत्ता आफ्नो हातमा ल्यायो।अनि फेरी त्यहि राजले खोसेको लाई प्राप्त गर्न राजनीतिक दलहरुको एकता भयो र उन्निश दिने जनान्दोलनले फेरी राजालाई किनारा लगायो।यो प्रकृय हाम्रो देशमा चल्दै आएकोछ।”सानो बालख भोकले रोई रहेको देखेर आमाले त्यसलाई फुलाउँन एउटा रोटी दिन्छिन जब त्यो रोटि मिल्छ त्यसपछि बालख सितनको लागि रुन्छ।आमा दुखि भएको देखेर उस्को लोग्नेले भन्छ यो रुन छाड्दैन त्यैँले यो सँग रोटी खोश भन्छ!आमाले त्यहि गर्छे अनि अब त्यो सितनको लागि लड्न छाडेर पुनःरोटिको लागि लड्न थाल्छ।
यस्तै प्रकारले नेपाली जनताको माझमा काम राजनीतिक दलहरुको शड्यन्त्रले गर्दा यस्तो नौबत आएकोहो।
लडाई त सबैले चर्का चर्का नारादिएर शंर्घष गर्दै आएकाछन तर एउटाले अर्कालाई काले भन्न रुचाउँछन।सबैले आफुलाई गोरो देख्छन।देशका जनताहरु लाई चर्को नारा जस्ले लगायो त्यो त्यसको भयो भने झैँ जनतामा थोरै भयपनि आसा जाग्छ।
पहिले काँग्रेस समेत ले कुनैबेला वैराङ्गिया सम्मेलनमा शंर्घषको ऐलान गरेकाछन।क्रान्तिको केन्द्र बिरगञ्ज र बिराट नगरलाई बनाएका थिए।उनिहरुको कार्तिक२५गते देखिनै क्रान्तिको सुरुवात भैसकेको थियो।२००३सालमा गठन भएको नेपाली काग्रेसले २००७साल असौजको ९-१०गते भारतको बिहार राज्यको मुजफर जिल्लाको वैरगानियामा भएको सम्मेलनमा देशमा शसस्त्र क्रान्ति सुरु गर्ने निर्णय गरेकोथियो त्यतिमात्रै होईन ठाउँ-ठाउमा त्ययारि गर्दैथिए।राणा बिरोधी आन्दोलनमा त्रिभुवनको पनि प्रत्यक्ष समर्थन रहँदै आएको थियो।त्यसैले गर्दा राजाको सम्बिधान जनताले तजुर्मा गरेअनुसार हुनेछ भन्दै जनतालाई र अन्य राजनीतिक पार्टीलाई माछो माछो भेगुतो गराए।त्यो बेला जनताले र राजनीतिक पार्टीले चाहेको भए सार्वभौम सत्ताको मालिक जनता हुनेथिए।तर त्यसो हुनसकेन र त्यसैको फाईदा उठाएर राजा त्रिभुवनले आफ्नै छोराहरुलाई सत्ता सौँपेका थिए।
जनता साँचैभन्दा सोझा लडाकु हुन जो लड्न पडाए लड्ने मर्न पठाए मर्ने जनताको फाईदा उठाएर राजाहरुले पनि ३२बर्ष सम्मनि सासन चलाएका थिए।त्यहि क्रान्तिकारी नारा दिएर पछि२०५२ साल देखि दश बर्ष सम्म देशको सम्पत्तिको सर्वनाश गरियो। कुनै पनि बेला अवसरबादि शक्तिको मिलिभगतामा जँहा जहाँ कन्टेट हुन्छ।उनिहरुले त्यहि प्रकारले गर्दै आएकाछन।होलेरी बाट शुरु गरेको कतथित जनयुद्ध पछि बाह्र बुँदे सम्जदारि बाट शान्ति प्रकृयामा आएपछि नेकपा ए माओवादीले देशभित्रको ढुकुटी रित्ताउँने काम गर्ने प्रयास गर्दैछन।
यसरी देशमा समय समयमा -समस्या समाधान गर्न लाई शंघर्ष गर्दा पनि देशको सार्वभौम सत्ताको मालिक जनता हुँन पाएनन।जनताले लगातार बलिदानि पूर्ण गरेको शंर्घषलाई अवसरबादी शक्तिले हात पारेपछि उसैको हालिमूहालि रहँदै आयो।जनताले वास्तबिक अर्थमा शंर्घष को फल चाख्न नपाउँदै प्रतिगमन हुँदै आएकोछ।
अहिले पनि त्यस्तै प्रकारको अबस्था सिर्जना भएकोछ।ओलिको सरकारले गर्न थालेको प्रतिगमनको बिरुद्धमा जनता सडकमाछौँ।आफ्नो ब्याक्तिगत स्वर्थको लागि दुई तिहाईको सरकारलाई बिघटन गरेर असम्बैधानिक र तानाशाहि प्रकारले आफ्नै स्वार्थका लागि देशलाई यो जटिल प्रतगामि दिशा तर्फ डोराएको ओलिको सरकार बाटनै देशलाई खतरछ।यो जनताले गरेको शंर्घषको दुरपयोग होईनर?जनताले कस्को भरपर्ने?देशलाई अहिले बिदेशीहरुको उस्तै खतराछ स्वायम सरकारले गर्दा।देशको रक्षा गर्न,गणतन्त्रलाई सँस्थागत गर्न पठाएको सरकारको तमाशाले निम्ताएको संकटहो यो।

चर्चामा

सम्बन्धित समाचार