शुक्रबार, बैशाख १४, २०८१

हाम्रो हैशियत!

  • बुधबार, असार १६, २०७८
हाम्रो हैशियत!

सुरेशकुमार पान्डे — भनिन्छ श्रमजीवी वर्ग शक्तिसालि हुन्छन त्यो बर्ग मात्र परिवर्तनसिल हुनसक्छ।किनभनि त्यो सँग गुमाउँनका लागि आफु बाहेक कुनै चिच हुन्न तर प्राप्त गर्नको लागि सारा संसार हुन्छ।त्यो कहावत हो मज्दुर बर्ग क्रान्ती बाहक शक्ति हो पक्कै पनि।यदी उस्ले आफ्नो तागत चिनेकोछ भने त्यो अबस्यपनि शक्तिशालि बर्गहो नत्र त्यो ईतिहाशको सबैभन्दा लाचार कम्जोर असाय बर्गनै हो।
अहिलेको समाजिक सम्रचना भनेको पुँजीवादी हो हामिले बाँच्नका लागि खान पय्रो त्यो खानेकुरा पैसामा मात्र प्राप्त हुन्छ।यदी हामि सँग रुपिया छैन भने त हामि भोकै मर्छौँ,बिना पैसाको अहिले केही मिल्दैन बनका तिते गिठाहरु पनि अहिले बजारमा पुगे बश्तु बनेर बिक्रिका लागि।यस्तो परिस्थितिमा हामिले सर्वहाराका कुरागर्छौँ।अहिले बिमारी हुनेहो भने मर्नेहो अर्को चाराछैन।गरिब मानिशले त उपचारनै नपाएर अकालमै मर्छन।जीवनभरी देख्दै र भोग्दै आएकाछौँ हर्वहारा सुकुम्बासीहरुका कथाहालेर उनैको बुईचडेर सिखरमा पुग्नेहरुलाई।
हामिले आफ्नो देशभित्र काम नपाएर कोई भारतमा जान्छौँ यो हाम्रो लागि सबैभन्दा सस्तो ठाउँ सौलिएत भएको ठाउँहो।आउँन र जान कुनै रोक टोकछैन।हामिलाई किराय भाडापनि अलि सस्तो पर्छ त्यसलेगर्दा नेपालीहरु लाई लाहुर भन्दा सजिलो ठाउँछैन।तर केहि बर्षबाट तेस्रो मुलुकमा जान थाले कोई अरबको खाडिमा कोई, मलेसिया कोई अमेरिका, जापान अष्ट्रेलिया लगायतका कयौँ देशहरुमा हामिले सस्तो मा मज्दुरी गर्छौ।
अहिले भारतमा नेपालीहरुले काम पाउँन अपठ्यारो हुँदै आएकोछ।किन भने स्वायम भारतका युवाहरु बेरोजगार हुनाले नेपालीहरु लाई भारतको राज्याहरुमा अब काम पाउँन गारोछ।सानै उमेरमा बालमज्दुरको रुपमा कसैका घरमा,होटेलमा नेपालीहरु कार्यरतछन।चौकिदार ड्रईबर,लगायत स-साना पदमा उनैले तोकेको ज्यालामा काम गर्नुपरेकोछ।त्यसैले गर्दा पनि हाम्रो अरुको मुकाबिलामा अत्यान्तै निम्न ईस्तरको हैसियतछ।हामिलाई गोर्खे बहादुर भनेर हेला गर्ने गर्छन।कसैलाई कसैको फैक्ट्रीमा चौकिदार गर्दा,घरमा भान्शे भएर काम गर्ने युवाहरुलाई मालिकले बोलाउँन सजिलो हुने भएकोले बहादुर नाम राख्दिन्छन।अहिले भने नाम अड्रेश समेत लेखेर राख्न थाले तर पहिले बहादुर भनेपछि पाहुनालाई बुझ्न गारो हुँदैनथ्यो त्यो ब्याक्ति घरको नोकरहो।यानिकी जेसुकै काम गरेपनि नाम चाहिँ बहादुरनै भन्थे।
हाम्रो त्यो ऐतिहाशिक वीरतामा पाएको उपाधीलाई अब बद्नाम गर्न प्रयोग गरिन्छ।हाम्रो हैशियत भनेको त्यहिहो।तर पनि देशभित्रका नेताहरुलाई भ्रमछ उनिहरुलाई बिदेशीले एकदिन सम्मान गर्यो भनेर छाति फुल्लाएपनि हैशियत बिदेशीको नजरमा बहादुरनै हो।
नेपालीहरुले पाउँने काम भेडा उँट चराउँने,भान्शे,चौकिदार,ड्राईवर पिएन आदि काम बिदेशमा गएर गरेकाछन।त्यो देशको मान्छेले हामिलाई बहादुर भनेर बोलाउँदा छातिमा हात राखेर भन्नुश कस्तो लाग्छ?भारतमा हामि दुई प्रकारका नेपालीहरु छौँ एउटा त्यो जो जमिन सँगै सन १८१५/१६को सुगौलि सन्धिको मातहातमा जमिन सँग प्रवेशगरे।आर्को सन१९५०को भारत नेपालको शान्ति तथा मैत्रि सन्धिको मातहातमा आएका प्रबाशि नेपाली।जो आउँने जाने गर्दछन।एउटा जमिन सँग आएको भारतिय नेपाली आर्को प्रवाशीन नेपाली जो आउँने जाने गर्छ।अहिले भारतमा दुबै थरि नेपालीको समस्या मिल्दा जुल्दाछन।भारतमा आज पढेलेखेका नौजवानहरु बेरोजगार छन उनिहरुलाई रोजगारको समस्या परेकै बेला हामिहरुलाई नोकरी पाउँने कुरै हुँदैन।त्यो सन १९५०को सन्धिमा जेसुकै लेखेको भएपनि त्यसको केहि अर्थ छैन।सन१९८६मा आसमको मेघालयबाट अत्यान्तै दर्दनाक तौरतरिका बाट त्यँहाका जनताले नेपालीहरुलाई खेदेको ईतिहाशछ।
अहिले हरियणा सरकारले उद्दोगिक क्षेत्रका कम्पनिहरु लाई ७५% कर्मचारी हरु कम्पनिमा लोकल राख्ने निर्देश गरेकोछ।यसरी आउँने दिनहरुमा नेपालीहरुले यिनै प्राईबेट कम्पनिहरु समेतमा पनि काम नपाउँने निश्चितछ।
एकातिर नेपाल सरकारले बिदेशीहरु लाई देशमा भर्न नागरिकता खोकलो गराउँदैछ आर्को तिर भारतमा नेपालीहरुको भबिष्यछैन।त्यसले गर्दा हामिलाई आउँने दिनहरुमा आफ्नै देशमा पनि बिदेशीका पाले बहादुर बनेर बाँच्ने अबस्था नाउँला भन्न गारैछ।

चर्चामा

सम्बन्धित समाचार