शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • “काली” कुुकुुरको आफ्नै काम

“काली” कुुकुुरको आफ्नै काम

  • आइतवार, असार १३, २०७८
“काली” कुुकुुरको आफ्नै काम

गत फागुनको मध्येतिर हो । डेउडा गायिका अछामकी पानकला थापा र हामी बाजुराको सर्वाधिक बिकट हिमाली गाउँपालिकाको बाँम पुुगेका थियौं । बाम पुुगेपछि दलबहादुर मल्ल सरले भन्नुुभयो “यहाँ भन्दा रमाईलो पेठे छ त्यहाँको झरना झन अलौकि छ । ” बामका सुरलाल रोकाया र मंैले पेठे झरना पनि घुम्ने त्यही बेलुकी घरसल्लाह गरेऔं । पेठेको झर्ना हेर्ने पूर्व निर्धारित सल्लाह अनुसार म विहानै उठें । दैनिक नित्यकर्म सकेर शुरलाल -शुरलाल भनि उनलाई ब्युुँझाएं ं । साहेद उनलाई रातभरिको भारि डेउडा खेलेको अनिदो हुँदो हो । विहानीपख शुुरलाल मस्त सुत्ने नै भए । तरपनि मैले बोलाउने बित्तिकै उनी जुरुक्क उठे । हामीले हिजो बेलुकीकै पूर्व निणर्य मुताविक अघि बढ्ने सुर कस्यौं । गाउँमा झिसमिसै थियो । उनको घरको बार्दलीबाट निस्किदै गर्दा सुरलाले सानो ब्याग मेरा हातबाट खोसे । उनले भने दाई तपाइँ हिड्न सक्नुहुन्न, बरु यो लौरो समात्नुस् । मैले हवस भने । हामी दुुई जना लुुरुलुरु बाटो लाग्यौं । पहाडको ठाउँ वरिपरि घना जंगलले घेरिएको । चिसो हावाको सिरेठो कानमा पर्‍यो । तर पनि नयाँ ठाउँ नयाँ गाउँ हेर्न पाउँदाको रहरनै बेग्लै हुने । बामको गाउँ नजिकै सानो खोला थियो । छङ्ग छङ्ग पानी बजिरहेको थियो । टर्चको उज्यालोमा हामीले खालो पार गर्‍यौं ।

No description available.

सुरलाल अगाडि म उनको पछिपछि लम्कदै थिएँ ।हामी अगाडि बढ्दै जाँदा पछाडिबाट टिन टिन घाँडो बज्यो । एक छिन् त म , तर्सिएं ! यो झिसमिसोमा कस्का पठा बख्रा आए कि केहो ? नजिकै घाँडो बजेको आवज सुनेर फनक्क घुमेर हेर्छु त कुुकुुर ! म, सुरलालको पछाडि थिएँ, मेरो नजिकै आयो, सुँघ्यो र एक्कै छिनमा कुकुर त म भन्दा अगाडि गयो । ऊ सुरलालका पछाडि लाग्यो । कुुकुर वीचमा म पछाडि भएँ । शुुरलाले भने ए दाई ! यो “काली” हो । म बाहिर निस्कयो कि पछिपछि लागिहाल्छ । अझ दिउसो भेडा-बाख्रा गाईबस्तुसंगै जान्छ । विहान-बेलुका त हामीलाई छोड्दै छोड्दैन । यो “काली” जहाँ हामी गयो त्यहाँ पुुगेकै हुन्छ ।
उनले भने हाम्रै शुरक्षाको लागि हो ,दाई डराउनु पर्दैन । मनमनै सोचें म भन्दा पछाडि लागे त हुने मलाई छोडेर बीचमा पो गयो ,आफ्नै मालिकका पछि । डरले मेरो मन काँपेको थियो । जंगलको बाटो राति नै छ । जंगलमा बाघ भालु होलान् । वीचमा कुकुर छ । यस्तै यस्तै मन खेल्दै थियो । डर (भय)टड्याउन (भगाउन) म शुरलाल सँग बोलिरहेको थिएँ। एकछिनमा बाँमको डाँडो काट्यौं ,डाँडापरि ठूूलो पहिरो गएको रहेछ । हामी बाम खोलाको किनारै किनार टर्च बालेर अगाडि बढ्यौं । कुकुर विचमा भए पनि उ घरी ,घरी बाटो सुँघ्थ्यो । उस्को सुँघाईले बाटोमा हिड्दा मलाई असहजता भएको महसुस हुन्थ्यो । त्यति सम्म साथी शुरलाल पाँच सात टाँग पर गैसकेका हुन्थे । काली कुँदेर सुरलालाई छोपिहाल्थ्यो । मैले पनि पछाडीबाट सकिनसकि दौडिनु पथ्र्यो ।

No description available.
करिब ४५ मिनेटको हिडाईपछि खोलो भएपनि उज्यालो महशुस हुँदै गोयो । मेरा पाईला पनि जंगल अघि-अघि लम्किदै थिए । नियमित हिडिरहेका शुरलाल र उनको पछि लागेको कालीलाई सहजता नै थियो होला । तरपनि सुरलाल जीले रमाईलो गरी बाटो कटाउन बामको बाटोघाटो , रहनसहन, त्यहाँको धर्म संस्कार र प्रकृति आदि ईत्यादि बारे सुनाईरहन्थे । जब उज्यालो आउँदै गयो काली पनि मालिकको अघि-अघि जान थाल्यो । त्यसपछि मलाई पनि ढुक्क भयो । हामी हिड्दै गर्दा ऊ नदेखिने गरी लम्किसकेको हुन्थ्यो । काली अगाडि गएकामा मलाई शुरक्षा अनुुभुति भन्दा पनि ढुक्कसँग हिड्न पाईने भयो भन्ठान्थें । हामी हिड्दै गर्दा ऊ त पर पुगिसकेको हुन्थ्यो । उज्यालोसंगै विहानीको घामझुल्कासंगै टोपी खस्ने हिम चुचुरामा झल्की सकेका थिए । हामी खोलामा हिड्दै थियौं । जति उज्यालो भयो, त्यति त्यहाँंको प्राकृतिक सम्पदा र उपयोग विहिन भएका जडी बुट्टीका बुट्यान , अल्लो , ताराचुक, ढटेलो लगायत दर्जनौं बनस्पति र कुहिएर खेरगएको धुपीसल्लो देबदार लगायतका उपयोगहिन काष्ठजन्य बस्तु देखाउन थाले । एकातिर प्रकृतिको अनुपम उपहारले मेरो मन लाभिदै गयो । अर्को तिर अझै केन्द्रिकृत शासन प्रणालीले यो ठाउँले उचित स्थान पाएको छैन । अझ वर्षायाममा त रुखमा डोरी कसेर बामबासीले अवात-जावत गर्नुपर्ने बाध्यता सुन्दा मन झन कुुँडिदै गयो । हामी गफिदै पेठे भिरको ठेकमा पुुग्यौं ।

No description available.
कालीलाई हेरेको त माथि पुगिसकेको रहेछ । मैले भने, शुरलाल त्यो काली अघि अध्यारोमा त हाम्रो बीचमा थियो । उज्यालो भयो अघि लाग्यो, अहिले त हामी भन्दा निकै दुर-दुर दौडिरा छ त ? उनले भने अरे दाज्यु ! यो घनघोर जंगलमा हाम्रो शुरक्षा कस्ले दिएको ठान्नुु हुन्छ ? त्यै काली त हो नि । बाघ भालु मृग, गुनी-बाँदर धपाउदै होला । अनि हिजो राति यो बाटोमा कोको हिडें कहाँबाट गए ? कता गए ?यसले त सबै पत्ता लगाउछ दाज्यु , शुरलाले भने । नभन्दै हामी नजिकै कुरागर्दै जाँदा काली कहाली लाग्दो भिरबाटोको अलि पर गएर नङ्ग्राले जमिन कोतर्दै सुँघीरहेको थियो । हत्तपत्त काली आफ्नो मालिक सामु आयो ,फर्केर अर्को बाटो लाग्यो । साहेद हामीलाई संकेत गरेको हुँदो हो । कालिको मालिक शुरलालले बुुझिहाले । त्यतिभन्दै कुुकुर गएको नजिकै हामी पनि गयौं, काली वर थियो । यि हेर्नु दाज्यु भालुका जस्ता पाईला छन् । ट्वाक्क डोबिल्टा परेका । यति थाहा पाउँछ यसले कम्तिबाठो छ यो ! हामीलाई बचाउने यहि हो । त्यैभएर कालीले बाटो च्यान्ज गरिहाल्यो न उनले भने । अब जहाँ काली जान्छ त्यही हामी ।

उकाली भिरमा ऊ हिडेको बाटो छोडेर दायाँबायाँ हिड्ने बित्तिकै मालिकको अगाडि आएर बाटो छेक्थ्यो । अब हामीले जहाँ काली गयो त्यही बाटो हिड्न बाध्य हुनुपर्यो । त्यति सम्म हामी पेठे भिरको आदि उकालो काटी सकेका थियौं । टोपी खस्ने उकालोमा स्याँस्याँ गर्दै चढिरहेका थियौं । विहानको करिब आठ बजिसकेको हुँदो हो । पेठेको मेलापात (घाँसकाट्ने भिरालो ठाउँ )मा पँहेलो घाम तलतल सर्दै थियो । उकालो हिड्दा पसिनाले असिनपसिन भएर जीऊ लुुथ्रुक्क भिजिसकेका थियो । हामी बाँझको रुखको जरामा आराम गर्न बस्न थाल्यौं ।
काली आएर आफ्नो मालिकका कपडाको ताल समातेर माथि तान्नथाल्यो । शुरलालले भने दाई यहाँ बस्न उपयुक्त छैन,अलि माथि जाँऊ । म पनि हत्तपत्त उठेर अलि माथि गएँ । माथि डाँडोमा गएर बस्यौं । डाँडोमा वसेर पसिना निचोर्दै शुरलालले तुम्लेटबाट पानी ढकनीमा सारे , दाज्यु यो डाँडोमा पानी पनि छैन यै तुम्लेटको पानीले पेठे पुुग्नुपर्ने हो यति पिउनुस् भन्दै एक ढकन पानी त्यो सँगै विस्कुट निकाल्यौं र खान थाल्यों । हामीले आराम गर्ने ठाउँको वरपर हेर्दै सुुँघेर काली त आफ्नै मालिकको माथितिर टुसुुक्क बस्यो । ऊ टुलुुटुुलु हामी तिर हेर्दै थियो । बिचरालाई पनि भोक लाग्यो होला शुरलााल दुुई चक्की बिस्कुट तिम्रो कालिलार्ई पनि देऊ । यति भन्दै पानीमा बिस्कुट चोभ्दै खादै गर्‍यौं । यति भन्दै कालीलाई विस्कुट दियौं । उसले मजाले विस्कुट टोक्यो । काली बिस्कुट खांदै थियो । हामी बसेको नजिकै त्यही बाँझको रुख माथि झ्याम्म परेको डाली पुरै हाँगाँ भाँचेर भालुले बस्ने ठाउँ बनाएको दृष्य शुरलालले मलार्ई देखाए । हाँगो पनि आलै थियो । दाज्यु यहाँ हामीले बस्नलायक छैन । त्यै भएर कालीले अघि मलाई माथि तान्दै थियो । देख्नुुभयो ! त्यो रुखका जराबाट भालु गएको रहेछ ।उठिहालौं । मेरो त सातोपुल्तो गयो । तर त्यतिञ्जेल भालु भागिसकेको रहेछ । उकालोको थकाई कता हरायो थाहै भएन । हामी सिधा उकालोमा कुलेलम ठोकेर पेठेको ओडारमा पुुग्यौं । ओडार पुुग्न बाटो बिराउनु पथ्र्यो । हामी ओडार जान थाल्दा काली माथिबाट कुँदेर आफु पहिले ओडार पुुग्यो त्यसपछि हामीलाई लिन आयो । भेडा बाख्रा राख्ने ठूूलो ओडार रैछ मज्जाले हेर्‍यौं । त्यसपछि माथि पेठेको तिन घर बस्तिमा पुुग्यौं ।

No description available.
त्यहाँ हिमाली गाउँपालिकाले दिएका ओखर, स्याउ लगायतका विरुवा नियाल्यौं । तिन पुुस्ता भयो पेठेलाई कसैले हेरेका थिएनन् । “पछिल्लो समयमा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द वहादुर मल्लले स्याउ ,ओखरका बोट दिए । बोट हुर्काउन प्रति बोट पाँच-पाँच केजी चामल दिए । दुुई धारा दिए । एक आधुनकि घट्ट दिए । ”यही विकास तपाइँलाई देखाउन पायौं खुशी लाग्यो । पेठेका आदिवासी बुद्धिसिंह रावलले बोट देखाउँदै खुशी ब्यक्त गरे। “ यहाँ बाटो कैले पुुगला ध्यौ” उनले भने । मैले उनको बाईट लिएं फोटो खिंचे । शुरलााल मेट्पा कार्यक्रमका शंकर थापा, हिमाली गाउँपालिकाका प्राविधिक भिम विष्ट र बुद्धिसिं रावलले संयुक्त फोटो खिच्यौं ।
त्यतिञ्जेल काली कता हरायो थाह भएन । हामी त्यहाँबाट आधुनिक घट्ट हेर्न जंगल तिर लाग्यौं । अलि पर पुुगेपछि काली दगुरी दगुरी आयो । शुरलालकै अगाडी गयो । जंगलको बीचमा आधुनिक घट्ट निर्माण हुँदै थियो । हामीले राम्ररी अवोलकन गर्‍यौं , पेठेका तिन परिवारको पुस्तौं देखिका घट्टको दुुःखजिलो मेटिने भयो सुुखका दिन आए ।

त्यसपछि हामी गुपचुुपमा रहेको पेठे झरना हेर्न जंगलको बाटो उता लाग्यौं । हामीले खाना पकाउन शुरलाालई पेठे फर्कायौं । हामी उता लाग्यौं ,त्यसपछि कालीले हामीलाई फर्की हेरेन । मालिकसंगै काली पेठे आयो । “काली कुकुरको ” आफ्नै काम । हाम्रो पनि आफ्नै काम ।
बाजुराको सविकको बिच्छ्या गाविस सर्बाधिक बिकट छ । सरकारबाट गाउँ गाउँमा शान्ति शुरक्षाको अनुुभुति पाउन त गाउँका लागि टाढाको कुरो छ । घटना घट्दा पनि प्रहरीको शुलभ पहुँच छैन । कोटको बिछ्या प्रहरीचौकी २०६० ताका शसस्त्र द्वन्दका बेला विस्थापित भएको थियो । धेरै वर्षपछि उक्त चौकी कवाडी सम्म पुुगेको छ । कवडाीबाट दुुई दिनको पैदल बाटो हिडेर बाम पुगिन्छ । प्रहरीले चाहेर पनि शुरक्षा पहुँच सहज छैन । जसका लागि राज्यको नीतिगत परिवर्तन हुनपर्छ । त्यसैले बाम लागायत बाजुराका आदिवासी आदिम समय देखि नै काली कुकुर जस्ता बलवान कुकुुरबाट शुरक्षाको प्रत्याभुति अनुसरण गर्दै आएका छन् । ईतिश्री

चर्चामा

सम्बन्धित समाचार