शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आबेसमा क्रान्ति हुँदैन!

आबेसमा क्रान्ति हुँदैन!

  • आइतवार, असार ६, २०७८
आबेसमा क्रान्ति हुँदैन!

सुरेशकुमार पान्डे — बुढा बुढीले भन्ने गर्छन”तातै खाम जल्दै मरम”यो भनाई सामन्य जस्तो लाग्ने यो बिचारको ठुलो सामाजिक र राजनीतिक महत्वछ।
साँच्चै भन्नुपर्दा मानिशनै यो जगतमा सबैभन्दा सचेत बिवेक सिल,चेतनसिल प्राणिहो।मानिस भन्दा चेतनसिल प्रणि मध्य अहिले सम्म कत्तै देखिन्न।अँझ भन्नु पर्दा मान्छे बाहेक यो संसारमा शक्तिशालि यो प्राकृतिक प्रकोपहरु बाहेक अरुछैन।भुत पनि मानिसनैहो बर्तमान पनि मानिसनैहो अनि भबिश्यलाई निखार्ने पनि तिखार्ने पनि मानिसलेनैहो।कतिपयले भन्छन मानिस भन्दा ठुलो भगुवानछ।यो कथाहरुमा उल्लेख पनिछ तर यसो निधार खुम्चाउँ कथाकार कोहो त?मन्दीर,मज्जित,गरुद्धारा,लगायतका देबी देवताका घर बनाउँने कोहो?अनि त्यो भित्रका देबी देवताहरुको मुर्तीहरु बनाएर सजाउँने पनि त मानिसनै हुँन।त्यसोभए यो चराचर जगतमा मानिस बाहेकको शक्तिशालिछ?चिन्तनसिल,बिवेकसिल भनेको मान्छेनै हो भन्ने कुरा प्रष्टछ।मानिस जन्मिन्छन अनि मर्छन मानिसको र यो जगतको कथालाई जसरी जस्को जस्तो क्षमता छ त्यहि प्रकारको कल्पना गय्रो।मानिसको उत्तपति भएपछि उस्ले आफ्नो बारेमा लगातार अध्यायन ब्याख्या बिष्लेशण गर्दै आयो त्यसैको उपजहो समाजभित्र रहेको राम्रो नराम्रो सकारत्मक र नकारत्मक अहिलेको यो भण्डार।हामि सबैले शान्ति सुब्यबस्था चाहान्छौँ तर हामिहरु आफैले समाजमा भ्रम सिर्जना पनि जानि नजानि गरिरहेका हुन्छौँ।एउटा ब्याक्तिले समाजलाई शुधार्न आजिवन खर्चिन्छ,भने त्यहि समाजमा अर्को ब्याक्तिले आफ्नो स्वर्थको लागि त्यो समाजलाई दुसित बनाउँछ।बुझाई आ-आफ्ना हुन्छन भोगाई आ-आफ्ना हुन्छन।तरपनि समाजिक भावना बाट त्यसको मर्म बुझेर बहुसंख्यक जनताको लागि उनिहरुको हितमा सक्या सम्मको सहयोग गर्नेहरुको पनि कमिछैन।तर आफुले मात्रै चाहेर समाजमा आमूल परिवर्तन आउँदैन त्यसको मतलब समाज परिवर्तनमा जोड लगाउँनु हुँदैन भन्ने भनाई पनि होईन।
कतिपय सम्मानिय मित्रहरुले लगातार क्रान्तीमा जोड दिदै आउँनुभयकोछ।खास गरेर सामाजिक सञ्जालमा उँहाहरुको लगातार ‘स्टाईस’देख्छु।के अहिले उँहाहरुले भनेको जस्तै आमूल परिवर्तन सम्भवछ?छैन भने आफ्नो भावनाहरुलाई थोरै अंकुश लगाएर देशको अबस्था अनुसारको जनताको चेतना स्तरलाई उठाउँन यँहाहरुले आफ्नो प्रतिभालाई प्रयोग गर्नैपर्छ।
अहिले बन्दुक बोक्ने अबस्थाछैन भने यो समाजलाई आँशिक सुधारपनि नगर्ने?हाम्रो उदेश्य लक्ष नयाँ जनवादी क्रान्ति हो तर त्यो अबस्था तैयार नहुँदा सम्म यो समाजभित्रको भ्रष्टचारको बिरुद्धमा आवाजनै न उठाउँने?देशलाई फिजि बनाउँन थालेका सिक्किम बनाउँन थालेका,देशलाई प्रतिगमन तिर ढालेकाहरुको बिरुद्धमा आवाज नउठाए पछि दशको केहाल होला?वास्तबमा हामिले क्रान्ति चाहेकाछौँ तर त्यो भन्दा पहिले त्यो अबस्थालाई ल्याउँने पनि त हामिनैहौँ।
देशलाई बिदेशीहरु बाट ठुलो खतराछ दुबै तिर ठुला ठुला साम्राज्यावादी र बिशाल देश र बिशाल जन संख्या भएका देशहरुको चपेटमा हाम्रो देशछ भन्ने थाहा भयरपनि बुच पचाउँनु खतरनाक हुन्छ।कयौँले बिदेशीको दलालिगरेर आफ्नो आर्थिक राजनीतिक स्वार्थ पुरागर्दै आएको अबस्था पनि जिउँदैछ।
दुबै तिरको बैलेन्शलाई सन्तुलन गर्दै देशलाई सदियौँ सम्म जोगाएर राख्ने जिम्मा पनि त हाम्रैहो।
बिगतका दिनहरुको मुल्यङ्कन गर्छौ भने छर्लङ्गै हुन्छ जब जब देशमा आन्तरिक गृहयुद्ध हुन्छ त्यसको बिदेशिहरुले फाईदा उठाएका हुन्छन।देशलाई अग्रगामि दिश डोराउँने प्रयासमा देश फिजि तर्फ ढल्केको हामि पाउँछौँ।खालि क्रान्तीको गफहालेर क्रान्ति हुँनेछैन।क्रान्तिकारी अबभ्यास नभयको त होईन तर त्यसको नतिजा हाम्रो सामुन्ने छ।अहिलेको अबस्था लाई ठिक सँग बुझ्नेले देशलाई बिदेशी हस्तक्षेप बाट मुक्त गर्दै समाजभित्र भएका असङ्ख्य बिभेद र बिसङ्गतिहरु लाई हटाउँन जनचेतना जगाउँने प्रयात्न गर्नुपर्छ।अहिलेको अबस्था जनसंघर्षकोनैहो।
हामिलाई थाहाछ देशमा जातिय बिभेदछ,लैङ्गिय बिभेदछ।समाजमा थुप्रो अन्धबिस्वास र कुरितिहरुछन।देशमा थुप्रो श्रोत र साधन हुँदा हुँदैपनि देशमा बिकास शुन्यछ देश परनिर्भरछ।पढेलेखेका होनहार युवाहरुलाई राहदानी दिएर बिदेश पठाईन्छ,उनिहरुको रेमिटेन्सिमा देशमा नेताहरुको हालिमुहालीछ।दिनौदिन भ्रष्टचार तल बाट माथिसम्मछ बिना दस्तुर कुनैपनि काम हुँदैन।महेङ्गिले आकास छोएकोछ आदी यित्यादी ले देशमा क्रान्तीको महालो तैयार पारेकोछ।तर क्रान्ती गर्नको लागि यत्तिलेमात्रै पुग्दैन सबैभन्दा पहिले आत्मगत अबस्था अनि अन्तरराष्ट्रीय परिस्थितिको पनि आबस्याकता हुन्छ।जस्तो देशको राजतन्त्रको बिरुद्धमा माहोल तैयार भयो र त्यसलाई फ्याँक्न सक्यौँ।अहिलेको अबस्था त्यस्तोछैन बिदेशीहरुले मौका ढुकेर बसेकाछन त्यसकारण आफुलाई क्रान्ती गर्ने मनलाग्यो भन्दैमा क्रान्ति गर्न थाल्नेहो भने देश अलिछिट्टै सिक्किम बन्नसक्छ।
कम्युनिष्ट बिचार बोकेका हरुले लड्ने लडाई सौ प्रतिसतको हो तर कहिले काँहि एक प्रतिसतमा टेकेर निनान्बे प्रतिसतको लागि लड्नुपर्छ।यो वास्तबिक रुपमा सत्यहो भन्ने कुराको पनि उपक्ष गर्नु हुँदैन।त्यसैले बन्दुक बोक्ने पनि समय आउँछ हिँजोका बन्दुकेहरुको अबस्था हेरौँ त आज उनिहरु कत्तन पुगेकाछन।बेला न कुबेला बन्दुकका गफले देशलाई संकटमा ठुलो संकटमा पुराउँछ।त्सरी”तातै खाम जल्दै मरम”को ब्यबहार गर्नुलाई उचित भन्न सकिदैन।

चर्चामा

सम्बन्धित समाचार