शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशलाई को बाट खतराछ?

देशलाई को बाट खतराछ?

  • मङ्लबार, असार १, २०७८
देशलाई को बाट खतराछ?

सुरेशकुमार पान्डे– यो प्रश्नको उत्तरमा भन्नु पर्दा देशलाई हाम्रै भित्र बाट बढी खतराछ भन्न सकिन्छ।किन भने दुश्मनको त्यति हिम्मत हुँदैन जब आफ्नै घरमा भेदी छन।”घर्को भेदि लंका ढाए”भनेको जस्तै घर भित्रको दलालनै देशलाई सखाफ पार्ने औजार हुन्छ।
नेपालको लामु निरंकूश साशनको ईतिहाशछ त्यो बेला जनताहरुलाई तानाशाही ब्यबस्थाले उकुस मुकुस पारेको बेला “डुब्नलागेको लाई सिन्काको सहारा”भनेको जस्तै तानाशाही ब्यबस्थाका बिरुद्धमा हाम्रो साथ सहयोग दिनेहरुलाई हामिले पनि भर गर्छौँ।त्यसैको फाईदा उठाएर ब्राहम शक्तिले देशमाथि हमला गर्छ त्यो बिषयलाई हामिले जनआन्दोलन ताक पनि बिर्षनु हुँदैन थ्यो।त्यो बेलाको बाह्र बुँदे सम्झौतामा “अन्तरराष्ट्रीय भरप्रदो सुपेरिबेक्षणा”को बुँदाले प्रष्ट पारेको थियो।पछि देशमा ल्याएको संघियता ले पनि घाम जस्तै छर्लङ्गै पारेकोछ।
सिक्किमका जनताहरु त्यँहाको राज तन्त्रबाट बेहाल थिए जस्तो कि हामि थियौँ।त्यो बेला सिक्किमका जनताहरुलाई प्रजातन्त्रवादी आन्दोलनमा कसैले साथ दिन्छ भने त्यो उनिहरुको लागि सकुनको बिषय हुन्थ्यो जस्तो हामिलाई पनि हुन्थ्यो।त्यसैको फाईदा उठाएर राजा च्वोगेललाई पङ्गु बनाउँन सफलता भयो तर फाईदा राजाको हातबाट बिस्तारै भारतको हातमा गएको कुरालाई भुसुक्कै बिर्शिय।उनिहरुको नजरमा राजतन्त्र मात्र थियो तर भारतको नजरमा सिक्किम थियो।त्यसमा अहेम भुमिका काजि लैण्डुप दोर्जेले निर्वाह गर्दै थिए।त्यसबारे जनताहरु बेखबर थिए।किन कि उनिहरुलाई देशमा प्रजातन्त्रको खाँचोथियो।अन्तिममा देश राजाको हातबाट जनताको हातमा जानुको सट्टा छिमेकमा गयो।जनता रातोरातमा स्वतन्त्र मूलुकबाट भारतिय अधिनस्त भैसकेका थिए।अब के हुँन सक्थ्यो जो जनताले चुनेको प्रतिनिधिहरुले संबिधानको सत्रबाटनै पारित गरिसकेका थिए।

हाम्रो देश नेपालपनि जैले जैले देशभित्र स्वतन्त्रताको लडाई चल्यो त्यो मौकाछोपेर बिदेशी हरुले आफु अनूकुल बनाउँन थाले।२००७सालमा त त्रिभुवनले जनता र राजनीति पार्टीहरुलाई उल्लु बनाएर सत्ता हत्थाए।तर२०४७साल बाट भारतको पैनि नजर नेपालमाथि रहँदै आयो।२०४६सालको जनआन्दोलन लाई उक्साउँनमा भारतको सहयोग पनि थियो।२०४५सालको आर्थिक नाका बन्दिले भारत सरकार र नेपालको राजतन्त्रमा कटुता जन्माएको थियो।त्यो बेला ब्यापार र पारगमन सन्धिको बारेमा राजाले आफ्नो अडान राखेको थियो।यो सबैलाई ध्यायनमा राखेर प्रजातन्त्रको आन्दोलनलाई भारतको समर्थन रहेको थियो यद्दायपि बिजेपीले त्यो बेलामा आफु मौन बस्नुनै उचित सम्झियो।त्यो ऐतिहाशिक जन आन्दोलनमा भारतलाई नेपाली काग्रेशमानै भर थियो जब नेपाली काक्रेसका कृष्णाप्रसाद भट्टराईलाई पनि खिच्ने ठुलो जोड लगायो त्यो बेला हेलिकप्टर सहयोग गरेको थियो।उस्ले सदभावना पार्टीलाई पनि आफु तिर खिच्यो।तर पनि सिक्किममा जस्तो नेपालमा उस्का राजनीतिक दल कामियाब हुन सकेन।अहिले यो राजेन्द्र महतो जस्ता यिनको पार्टी त्यहि उदेश्यले गठित हुँन भन्न सकिन्छ।
देशलाई नेपाली काग्रेसले सुरु देखिनै भारतको दवाबमा देशको सम्पत्ति लाई बेच्दै आयो।नेपाली काग्रेसले नेपालको कोशी सम्झौता गर्दा मात्रिकाप्रसाद कोईराला प्रधान मन्त्री थिए २०११बैसाख १२गते।अनि त्यसपछि २०२३पौष११गतेमा यो सम्झौताको अबधि१९९बर्षको तोकियो।यसको पानी बाट बिधुत निकाल्न भनी नेपालको४७२बिघा जमिन कटैयामा र सुनसरी उदयपुर र सप्तरी जिल्लाका साबिक २८गाबिसहरुका कयौँ भूभाग भारतले ओगटेको बुझिन्छ।गण्डक सम्झौता जो नारायणि वि.पि कोईराला प्रधान मन्त्री भएको बेला२०१६मंसिर१९गते भयो।यो असमान सम्झौता९९बर्षको लागि गरिएको थियो।२०४७मा टनकपुर सन्धि गरियो,२०५३को महाकालि एकिकृत बिकास परियोजना गरियो,२०७१मा अरुण तेस्रो र माथिल्लो कर्णालिको पिटिए तथा पिडिए गर्दै एक पछि एक सन्धि सम्झौतामा नेपाली जनताहरु ठगिदै आएकोछ।टनकपुरमा केपि शर्मा ओलिले लगाएको जोड पछिल्लो कार्याकालमा अडान राख्दा साहिद केपि शर्मा ओलिमा सुधार भयो भन्ने भ्रम जनतामा पर्न गएको थियो।तर टोकरीमा तोपेर राखेको बिरालो म्याउँ गरेरै छाड्यो।अहिले त उनि प्रतिगामि तानाशाह र भारत प्रस्त केहो केहो भएकाछन।

२०७४ फागुन३गते ४१वा प्रधान मन्त्रीको रुपमा सफथ लिएका ओलिको अहिले सरकार कठखेरामाछ।बिगतको पुष ५गते भन्दा केहि मैना पहिले ओलिले लिँदै आएको अडानले देशका जनताहरुको मन जीतेकै हुँन।त्यो भन्दा पनि पहिलेको ओलिको कार्याकाल सकारत्मक थियो।उन्ले संघियतालाई पनि बाख्राको टाउकोमा भैँशिको सिङ्ग भनेर संघियताको बिरोध समेत गरेकाथिए।त्यो बेलाको कार्याकाल ओलिको बेदाग रहेको सबैमा बिदित्तनैछ।तर पछिल्लो चोटी उनि सुरुसुरुमा ठिक थिए।जतिबेला देशमा एमसीसीको मुद्धा आयो त्यो पासगराउँन सबैलाई उछुन्ने प्रयास गरे।त्यो भन्दा पहिलेको भारतिय नक्साले नेपाली भुभाग कालापानी लिम्पियाधुरा र लिपुलेखलाई आफ्नो नकस्मा राखेर नक्सा निकालेपछि जब जनता बाट ब्यापक बिरोध हुँन थाल्यो त्सपछि केपि शर्मा ओलिले नयाँ नक्सा जारि गरे पछि भारतका प्रधान मन्त्रीले फोनमा कुरा गरेपछि उन्ले त्यो नक्सा उक्त पाठ्या पुस्तिका हरुमा न राख्न भने अनि त्यस पछि भारतिय गुप्तचर ब्युरोका प्रमुख सामन्तकुमार गोएल नेपाल आएपछि उन्ले दुई तिहाईको संसदलाई अचानक बिघटन गरेर एकपछि आर्को गलति गर्दै आएकाछन।त्यो उन्को ब्यबहार कसै सँग लुकेकोछैन।अब देशलाई हिँजो केपि शर्मा ओलिको जस्तो भरथियो अहिले उन्को त्यो भन्दा कयौँगुना डर भयकोछ।देशलाई भाहिरको शक्ति भन्दा देशभित्रकै दलाल प्रबृतिभएका ब्याक्तिहरु बाट डर छ।
सिक्किम पनि त त्यसतै थियो जब बिदेशीहरुले त्यँहाको भेदी काजि लैण्डुप दोर्जेलाई फेलापारे बिस्तारै उस्लाई आफ्नो आघोसमा सामाए।अनि सुस्ता सुस्त त्यँहाको अर्थब्यबस्था लाई अपाहिज बनाए पछि राजा च्वोगेल पनि पङ्गु भयो।आफ्नै पहलमा त्यो ठाउँमा पार्टी तैयार पारेर देशलाई एउटा प्रान्तमा परिणित गरियो।नेपालमा पनि बिस्तारै त्यहि खेल खेल्दैछन।भबिस्यमा देशलाई त्यँहाको सबैजसो अर्थ ब्यबस्था डाउँन गराएर देशलाई एटा बिल जस्तै पारित गराउँन यस्तै नेताहरुले सहयोग गर्नेछन।त्यो भन्दा पहिले देशभित्रका दलाल प्रबृतिका नेताहरुलाई चिनेर जनतालेनै उनिहरुलाई नंग्याउँनु पर्छ तब मात्र हाम्रो देश जोगिनेछ।हाम्रो देशलाई हामि भित्र घर जमाएको डर लालचले गर्दा खतराछ।हाम्रो कम्जोरिको फाईदा उठाएर यस्तै दलालहरु सरकारमा पुग्छन अनि देशलाई बिदेशीको अगाडी धितो राख्न बेरगर्दैनन

चर्चामा

सम्बन्धित समाचार