सोमवार, साउन ११, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • थोरै भएपनि असल बनौँ!

थोरै भएपनि असल बनौँ!

  • सोमवार, जेष्ठ ३१, २०७८
थोरै भएपनि असल बनौँ!

सुरेशकुमार पान्डे– ‘कमरेड थोरै भएपनि असल बनौ’
यो क.लेनिनको भनाई हो भन्नेबारे कसैलाई सफाई दिन नपर्ला?स्वायम लेनिन आफैले पनि अल्पमतको सामना गर्नु परेकोथियो।जस्ले देशमा आमूल परिवर्तन वा क्रान्ती गर्ने उदेश्यले सॉगठन गर्छ त्यसलाई अल्पमत र बहुमतको भन्दा पनि पार्टीको लाईन र अनुसाशनको महत्व बढी हुन्छ।अनुसाशन त सबै ठाउँमा लागुहुने बिचार पनि हो।कम्युनिष्टहरुमा त यो झनै महत्वपुर्ण मानिन्छ।कम्युनिष्ट त्यागि ईमान्दार र सिद्धान्त प्रति निष्ठावान हुन्छन।तर अहिले आफुलाई कम्युनिष्ट भन्नेहरुले बैमानिमा प्रतिकृयावादी समेतलाई पछि छाड्दैछन।उनिहरुको उद्धारण पेशगर्दा त्यो कम्युनिष्टनै होईनन भनेर भन्ने चलन पनिछ।हो वास्तबमा उनिहरु कम्युनिष्ट भएकोभए कम्तिमा शिद्धान्त सँग ईमानदार हुन्थे।तर उन्लाई कम्युनिस्ट बाट पतन भए,उनिहरु दक्षिपन्थी हुँन भनेर दिनरात उनिहरुको बिरोध गर्नेहरुमा पनि त खासै फरक देखिदैन।
कि दुबै पक्ष एकैनासे हुन मात्र जो चोर उसैको ठुलो स्वर भएको त होईन?यो गम्भिर बिषय हो।खुलेआम गुट र उपगुटमा लिप्त छन एमाले,माओवादी केन्द्र लगायत सबैमा यस्तैछ तर कहिले नसोचेको नेपाली जनताको आसाको केन्द्र मानिने पार्टीमा पनि अहिले उस्तै उस्तै देखाउँन प्रयात्न भएकोछ।
हिँजो आज एक ले आर्कालाई हिलो छ्यापने काम एकदम तृव गतीमा भएको देखिन्छ।कम्युनिष्ट पार्टीका जौना सुकै गुट उप गुटले एक आर्कालाई कम्युनिष्ट बाट पतित देखाउँन पुरा जोड लगाउँदै आएकाछन।अहिले यो रोग सर्दा सर्दै नेकपा मसाल का साथिहरुमा पनि प्रवेश गय्रो।मैले होईन उँहाहरु आफैले आफुलाई नेकपा मसाल भन्दै आउँनु भएकोले यँहा पनि त्यही भनिएकोछ।हामिले कुनै साथिलाई पनि छोडेर क्रान्ति सफल पार्न सक्दैनौँ।त्यस कारणले एक एक जनाको उत्तिकै महत्वपुर्ण आबस्याकताछ तर आफ्नो घरलाई बलियो बनाउँनको लागि हो घर भित्काउँनको लागि होईन।कसैले पनि आफ्नो घर लाई भित्काउँने प्रयात्न गर्दैनन गर्नु हुँदैन तर यहाँ त उल्टो पो भएकोछ।
नेकपा मसालको बारेमा केही नभनेर एउटा प्रेडलाई मात्र नियाल्दा थोरै बोलम की जस्तो लाग्यो।सबै आदर्णिय काम्रेडहरु लाई एउटा अनुरोध केछ भने हामिलाई लागेका कुरा आ-आफ्नो ठाउँमा गरौँ यदि त्यो ठाउँ छैन वा कसेले खोसेको छ भने पनि बिचारलाई आफ्नो मतलाई लिखित रुपमा त्यँही भित्र पठाउँ त्यो अलि राम्रो बिचार हुँन्थ्यो की भन्ने मेरो ब्याक्तिगत गुनासो मात्र हो।
कुनै पनि संगठनमा अनुसाशनको अत्यान्तै ठुलो महत्व हुनेगर्छ। अनुसाशन बिना त आफ्नो घर पनि घर जस्तो हुँदैन।जागरण मञ्चका साथिहरुले भन्नु हुन्छ हामि मसालका हौँ तर मसालमाथि उँहाहरुको लगातार प्रहार भएको देख्दा उँहाहरुले आफ्नै घरलाई फोर्ने आफै पनि प्रयात्न किन गर्नु भएकोछ?यो बिषय अलि अमिल्दो छ।यदि उँहाहरु सबै मसालका हुनुहुन्छ भने मसाल लाईनै निशाना बनाएर लेख किन लेखि रहनुहुँन्छ?नेकपा मसालको आठौँ महाधिबेशन जुनहालातमा सम्पन्न भयो त्यो कसैबाट लुकेकोछैन।त्यो भन्दा पहिले करिब दश मैना जति पार्टीभित्र दुईलाईनको शंघर्ष चल्यो एउटा जीवीत पार्टीमा त्यो दुईलाईनको शघर्ष चल्नुलाई नराम्रो भन्न पनि मिल्दैन।तर अहाले त पार्टीले महाधिबेशन सम्पन्न गरिसकेपछि। करिब दुई बर्ष बित्दा पनि किन उस्तैछ। त्यो निर्णय ठिक भयो भनेर सबै त्यो प्रागर्णमा जानु पर्दछ।तर उँहाहरुले त्यो कुरालाई बुझेर पनि किन बुच पचाउँदै आउँनुभएकोछ?के अनुसाशनको कार्वाही गर्नु गलतहो?यदी त्यसोहो भने उँहाहरुले कस्तो पार्टी बनाउँन खोज्नु भएकोछ?अनुसाशन बिहिन भएर त कसैको घर पनि चल्दैन यो त झनै संसार बदल्ने पार्टीहो।
कसको बिरुद्धमा उँहाहरुको आकारमण र आक्रोश हो?अब त पार्टीलाई एकमना एकता गरेर जानुपर्छ।पार्टीमा बिभिन्न खाले बिचार जन्मिनु लाई नराम्रो भन्निदैन बरु आफ्नो बिचार छुट्टै हुँदा हुँदै पनि बहुमतको निर्णयलाई कार्यान्वयन गरेर जानु महत्वपुर्ण कुराहो।अहिले जागरण अभियानका साथिहरुले लगातार मसालको बिरुद्धमा लेख्दै आउँनु भएकोछ।उँहाहरुको यो आक्रोश त एतिबेला देशका दुश्मनका बिरुद्धमा हुँनु पर्नेहो।तर अहिले उँहाहरु सबैलाई मसाल वा मोहन बिक्रम सिहँ को खोईरो खनेर फुर्सतनै भैन।हामिले क.शन्तबहादुर ज्युका लेख पढ्छौ,क.शशिधर ज्युका लेखपढ्छौँ,क.गौरीलाल ज्यु आदीका लेख पढ्छौ।स्वायम गोबिन्दबहादुर थापा जी का लेख पढ्छौँ।हामिहरुको बिचमा आत्मियताछ तर उँहाहरुले हाम्रो घरनै फोर्न थालेपछि माफ गर्नु होला त्यो आत्मियता रहिरहन गारैछ।
कयौँ छद्म नामबाट पनि आएका लेख पढ्छौँ,तर ति सबै जसो लेखमा राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको शन्द्रभमा होईन बरु मसालको बिरुद्धमा र मोहन बिक्रमको बिरुद्धामा लेखहरु लेख्नु हुन्छ।मसालका भित्र भाँडभैलो पार्नेखालका लेख रचना गरिएका हुन्छन।आखिर उँहाहरु मसालका हुनुहुन्छ भने त कम्तिमा मसालको हितमा लेख्नुपर्ने।
भने त पार्टी हितमा लेख्नु पर्छ की पर्दैन?आफुलाई जे लाग्यो त्यही पनि गर्ने मसाल हुम पनि भन्ने मसालका बिरुद्धमा आगो उक्लने यो त भयन मित्र।मसालले सुरु देखिनै देश र जनताको हितमा शंघर्ष गर्दै आएकोछ।राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको पक्षमा नेकपा मसालले देश भक्त र जनतान्त्रिक शक्तिहरु सँग सधैभरी मिलेर शघर्स गर्दै आएको ईतिहाश कत्ति लुकेकोछैन।अहिले बिगतमा यो गय्रो त्यो गय्रो भन्दै रुवाबाश गर्ने साथिहरु त्यहि बेला रुनुपर्थ्यो जतिबेला चोट लागेको थियो।अहिले मन्त्री बन्यो बनायो त्यो भन्ने मित्रले पनि संसद कुच गर्नु भयकै थियो।आफु नगएको भयपनि हुन्थ्यो।पार्टीले देश र जनताको हित पार्टीको हित कसरी हुन्छ त्यहि अनुसारको कार्यनीति तैयार पार्दछ।हामिले दुश्मन शक्ति सँगपनि खास परिस्थितिमा एकता गरेर जानेगरेको ईतिहाशछ।शंघर्ष एकता शंघर्षको नीति अनुसारको ब्याबहारगर्दै आएकाछौँ।मित्र शक्ति शंघ एकता शंघर्ष र एकता हाम्रो नीति रहँदै आएकोछ।अहिले ओलिको तानाशाहीको बिरुद्धमा अप्नायको नीति पनि त्यहि शिद्धान्तभित्र पर्दछ।यँहाहरु साँच्चै ईमानदार भए हाँक साप्ताहिकलाई पार्टीको हवाला गर्नुपर्ने हो।तर मलाई लाग्छ साथ

साथिहरु जस्लाई पनि मसालले कार्वाहि गर्छ उसैलाई आफुतिर खिचेर मसालमा आकारमण गर्न लगाउँनु ठिक पनि होईन।कुनै पक्षले पनि अनुसाशनको पालना गरेर सैधान्तिक रुपमा एक आर्कालाई मित्रताको ब्यबहार गरौँ त्योनै हामिहरु सबैको हितमा हुँनेछ।
एकातिर आफुलाई संसार बदल्ने बताउँनु हुन्छ बर्गशंघर्षमा आस्थावान मित्रहरुले यसरी नितृत्वमाथि प्रहार गर्ने र नेकपा (मसाल)लाई सखाफ गर्ने अराजक र अवसरबादी सैलिको प्रयोग कसैले पनि नगरौँ।समानान्तरको संगठन बनाएर पत्रिकालाई आफ्नो कब्जामा लिएर पार्टीलाई नोक्सान पुराउँनुलाई ठिक भन्न त सकिदैन।आफुलाई कार्वाही भएको गलत लाग्छ भने पार्टी पंतिमा लेखेर पठाउँ संगठनलाई नोक्सान नपुराउँ।तपाईँहरु निर्दोश भए एकदिन पार्टीभित्र कसैले रोक्न सक्दैनन।तर अनुसाशित भएर मित्रता को ब्यबहार गर्नुनै बर्गिय हितमा हुँनेछ।अहिले देशमा देशभक्तहरुको एकताको खाँचो परेको बेला एकले आर्कालाई एसरी बिना कामका प्रहार न गरौँ।हामि आफै सहि बनेर देखाउँ आजीवन पार्टीको बिकासमा खटेका काम्रेडहरुले यसरी गालिगलौच र आफ्नै सहपाठि वा साथि हरुको बिरुद्धमा हिलो छ्याप्नु गलतहो जस्तो मलाई लाग्छ।भारतमा कयौँ साथिहरुले समान अन्तरको संगठन निर्माण गरेर एउटा घरलाई टुक्राउँने जुन दुशसहाश गर्नु भयो यो गलत कुराहो।यो ब्यबहार लामु समय सम्म टिक्नेछैन।तसर्थ साथिहरु आफुले यति लामु समय सम्म दिएको सामाजीक योगदानलाई क्षाणिक स्वार्थमा न गुमाउँ।

चर्चामा

सम्बन्धित समाचार