शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संघियताले गणतन्त्र निल्नेभयो!

संघियताले गणतन्त्र निल्नेभयो!

  • शनिबार, जेष्ठ १५, २०७८
संघियताले गणतन्त्र निल्नेभयो!

सुरेशकुमार पान्डे– जेष्ठ १५गणतन्त्र दिवशहो गणतन्त्रलाई ल्याउँन झण्डै साडे छ दशक सम्म जनताले आन्दोलन गरे।२०६२-६३को उन्निस दिने जन आन्दोलन पछि बल्ल संबिधान सभाको लागि सबै दलहरु राजि भएका हुँन।जनताहरुले २००७साल पछि प्रजातन्त्रिक अभ्यास गर्दै आएपनि एक पछि आर्को शासकले तानाशाहि पुर्ण ब्यबस्था लाध्यो।जनताको त्याग र बलिदान खेर जाने घुमि फिरि उहि ब्यबस्था फर्किने ब्यबहार भयो।

राजा त्रिभुवनले राजनीतिक दलहरुलाई सम्बिधानको लोलिपोप दिएर माछो माछो भुगुतो गराए अनि आफ्नै शन्तानलाई देशको बागडोर थमाए।देशको सम्बिधान जनताले तजुर्मा गरेअनुसारको हुनेछ भन्ने राजा त्रिभुवनको त्यो भनाई आफ्नो सत्ताको स्वार्थमा राजनीतिक दलहरुले बिर्शिदै गए।२०४६सालको जन आन्दोलन पछि एउटा राजनीतिक पार्टी नेकपा मसाल बाहेक अरुले सम्बिधान सभाको उपक्षा गर्नाले राजाले बनाएकै सम्बिधान परिमार्जित गरेर२०४७को सम्बिधान नाम दियो।त्यो सम्बिधानले घुमाई फिराई सार्बभौम सत्ताको मालिक राजा लाईनै गरायो।जनताले सम्बिधान बनाउँन पाएनन् त्यो बहुदलिए ब्यबस्थामा नेकपा मसाल बाहेकका दलहरु रमाए।तर त्यो बेला नेकपा मसालले जनता सँग धोका भयो यो कालो बहुदलहो कुनै बेलामा पनि राजाले पल्टाउँन हक्छन भनेर त्यो बेलाको आम निर्वाचन२०४८लाई बहिस्कार गरेको थियो।राजनीतिक दलहरुलाई त्यसको अहेशास जबमात्र भयो तब राजाले साहि घोषणा मार्फत सत्तालाई आफ्नो अधिनस्त गराए।देशमा प्रतिगमन भयो त्यो लामु र ऐतिहाशिक जन आन्दोलन ब्यार्थै गयो।जनताहरु२००७सालमा राणाहरुलाई फालेपछि राजाले कब्जा जमाए।२०४६सालमा गरेको ऐतिहाशिक जन आन्दोलनलाई पनि राजालेनै उपयोग र उपभोग गरे जनताको शंघर्ष ब्यार्थै भयो।

जनताले खोसेर ल्यायको बहुदलिय ब्यबस्था कुण्ठित भएपछि त्यसैको लागि फेरी ठुलो आन्दोलन गर्नु पय्रो।यसको बिचमा २०५२सालदेखि दसबर्ष सम्म माओवादीहरुले गर्दा देशमा गृहयुध्द भयो सोजा साजा निहत्य जनताहरुलाई दुबै पक्षले सिकार बनाए।हजारौँ हजार नागरिक मारिए पछि बल्ल ठुला राजनीतिक भनौदाहरुको घैटामा घाम लाग्यो।अनि सबै दलहरुको मिलन केन्द्र सम्बिधान सभा भयो। २०६५सालको जेष्ठ१५गते सम्बिधानले गणतन्त्र घोषणा गर्यो तर बिड्म्बना हाम्रो देशको त्यो गणतन्त्र सँग सँगै संघियता भित्राईयो जस्ले गर्दा देशले अग्रगति दिन सकिन। सात दसक सम्म गरेको शंघर्ष ले पनि अँझै सार्थक हुन सकेन।अहिलेको जस्तो देशमा गदर
अबस्था ल्याउँन छिमेकिले लगातार प्रयास गर्दै आएको थियो।हाम्रो देशलाई सिक्किम नसके फिजि बनाउँन प्रयास गर्दै आएको छिमेकीलाई संघियताले काफि मद्त पुग्यो।आर्को तर्फ संघियताकै कारण देशको सात टुक्रा हुन गयो।कहिले राजधानिको लागि कहिले मन्त्री पदका लागि आपसमा शंघर्ष भएपछि देशमा अनेकता र अराजकतामा बृद्धी भयो।सानु देश त्यसैमा पनि नौ वटा संसद र आठौटा सरकारलाई पाल्नु पर्ने हुँदा देशमा आर्थिक अबस्था समेतले थेक्न सक्दैन भन्ने कुरा नबुझेका होईनन।देशलाई आत्मनिर्भर बनाउँनु प्रनेहो तर नेताहरुले त्यस। तर्फ कत्ति ध्यान भनेदिन सकेनन् देशलाई पटक पटक असमान सन्धि र सम्झौता गरेर देशलाई तहश नहश पार्ने गर्नथाले।दलालि गरेर आफुले त्यहि कमिसनमा ऐयासि गर्ने काम हुँदै आएकोछ।जनतलाई गणतन्त्रको आभासनै भैन।देशमा अहिलेपनि नागरिकहरु लाई रोजगारीको ब्यबस्थाछैन,भ्रष्टचारले सिमाना नागिसकेकोछ।नागरिकलाई शुरक्षाको आभाषनै छैन जङ्गल राज जस्तो अबस्थाछ।

हामिले गणतान्त्रिक ब्यबस्था भनेर गौरव गर्ने ठाउँछैन।सम्बिधान सभाले बनाएको सम्बिधानमा पनि धेरै त्रुटीहरु भेट्टिन्छन।सम्बिधानमा कति पय कमि कम्जोरी भयपनि त्यो सबैको सहमतिमा संसधोन गरेर सम्बिधानलाई सच्याउँन सकिन्छ।तर देशमा दलाल मानसिकता भएका नेताहरुले गर्दा सम्बिधान देश र जनताको हितमा भन्दा राष्ट्रघाति तिर बढि लम्किने गर्छ।अहिले नागरिकता बिध्याक पनि दलाल मानसिकताको उपजहो।देशमा सात दशक सम्म गरेको जन शंघर्ष लाई रद्धिको टोकरीमा फाल्दै प्रधान मन्त्री र राष्ट्र पतिले जुन कदम चालेकाछन यसले समेत गणतन्त्रको उपहाश गरेकोछ।जनताले त्याग र बलिदान गरेर ल्यायको गणतन्त्रलाई संकटमा पारेकाछन।

नागरिकता बिध्यायकलाई पारित गराएर ओलि सरकारले छिमेकिलाई खुसि पार्ने काम गरेकाछन।अब यो गणत्रान्त्रिक शक्तिहरुलाई एकमना एकता गरेर देशमा ल्यायको गणतन्त्रको रक्षागर्ने र राष्ट्रीयतालाई जोगाउँने जिम्मापनि गणतन्त्रिक शक्तिहरुको काँधमा जिम्मा आएकोछ।

चर्चामा

सम्बन्धित समाचार