सोमवार, जेष्ठ ३, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • कार्ल माक्र्सलाई संझदा !

कार्ल माक्र्सलाई संझदा !

  • बुधबार, बैशाख २२, २०७८
कार्ल माक्र्सलाई संझदा !
           जनक बिसि

महान ब्यक्तिहरुकाे जिवनका साना -साना घटनाहरुले पनि तिनिहरुका सिद्धान्त तिर गहन संकेत गर्दछन।कुनै पनि महा पुरुषहरुकाे ब्यक्तित्वलाई तिनका सिद्धान्तबाट अलग गरेर हामी हेर्न सक्दैनाै।जसरी गान्धीकाे ब्यक्तित्व उनकाे सिद्धान्तमा सम्मितित छ त्यसै प्रकारले जिवनका अनेकौं सानाठूला घटनाहरुबाट झल्कने कार्ल माक्र्सकाे ब्यक्तित्व पनि उनकाे सिद्धान्त सँगसँगै मिलेर एकाकार भएको छ।माक्र्सकाे जीवन परिचयले माक्र्सवादकाे सैद्धान्तिक स्पस्टि करणका लागि एउटा अनिवार्य भुमिकाकाे काम गर्दछ।
आफ्नो जन्म स्थान ट्रियर नगर पाठशालाकाे अन्तिम परिक्षामा लगभग १७ वर्षको उमेरमा नै माक्र्सले जुन निबन्ध लेखेका थिए त्यसमा नै ती महान सिद्धान्तहरु बिचकाे अङ्कुर बिद्दमान थियाे र त्यहि आज माक्र्सवादका नामले विश्व भरि प्रचलित छ जसले दस नग्रा खियाएर श्रम गर्ने श्रमजीवी वर्गहरुकाे हतियार बनेको छ । निबन्धकाे बिषय थियाे जीवन बृतिकाे चयन गर्नु अघि एक तरुणकाे बिचार र माक्र्सले यश निबन्धमा एक  ठाउँमा लेखेका थिए ” जुन जीवन ब्यबसायका लागि हामि आफुले आफैलाई सबैभन्दा बढि याेग्य सम्झन्छाै,धेरै जसाेले त्यस्तो ब्यबसाय राेक्न पाउदैनाै।हामीले आफ्नो सामाजिक सम्बन्धहरुकाे निर्माण गर्नु भन्दा पहिले नै ती स्यमले एउटा ठुलाे सिमासम्म आफ्नो रुप निर्धारित गरि सकेका हुन्छन् ।”
माक्र्सले यिनै शब्दहरुबाट यति सानाे उमेरमा सामाजिक यथार्थलाई बुझ्ने उनकाे अन्तर दृिस्टिकाे परिचय मिल्दछ। तत्व चिन्तनकाे प्रबृति, यथार्थपरक दृिस्टिकाेण र सैद्धान्तिक दृढता उनका ब्यक्तित्वका प्रधान अङ्ग थिए।उदेश्य प्रतिकाे एक निस्ठतालाइ उनले जिवनकाे सबै भन्दा ठुलाे गुण ठान्दथे।उउकाे सम्पुर्ण जिवनकथा नै असत्य र अन्यायकाे बिराेध तथा सत्य र न्यायकाे समर्थकाे गाथा हाे ।
माक्र्सकाे पूरा नाम कार्ल हाईनरिख माक्र्स थियाे।उनकाे जन्म ५ मइ १८१८ मा जर्मनकाे प्रसा प्रदेश अन्तरगत ट्रियर नगरकाे यहुदि परिवारमा भएको थियो।उनका बुवा हिरस्केलमा एक अधिबत्ता थिए र उनी स्वभावैले फरासिला र नम्र प्रक्रितिका ब्यक्ति थिए,जाे आदर्श र सिद्धान्तको मर्यादा भन्दा संासारिक मान मर्यादालाई उच्च ठान्दथे।आफ्नो वकालत र सामाजिक प्रतिस्ठाका दृिस्टिले सन: १८२४ मा उनले यहुदी धर्म त्यागि इसाई धर्म ग्रहण गरे र आफ्नो नाम हिरस्केल परिवर्तन गरेर हाइनरिख माक्र्स राखे।त्यस बेला कार्ल माक्र्स ६ वर्षका थिए ।
माक्र्सकाे आफ्नो प्रारम्भिक शिक्षा ट्रियर नगरकाे पाठशाला मै भएको थियाे।त्यहिबाट उनलेे १७ वर्षको उमेरमा मेट्रिक पास गरे।बुवाले उनका छाेरा उनी जस्तै वकिल बनुन माक्र्सकाे बुवाकाे इच्छा थियाे।फलतः उनलेे १८३५ मा माक्र्सलाई कानुनकाे शिक्षा प्राप्त गर्नकाे लागि बाेन विश्वविद्यालयमा पठाए तर कानुनकाे अद्दयनमा माक्र्सकाे रुचि त्यती विधि पुर्बक रहेन।यसैबीच उनकाे निकटता बाल्यकालदेखि नै परिचित जेनि वान बेस्टफलेन नामकि एक सम्पन्न परिवार कि एक युवतिसँग बढयाे त्यो टिकटता बिस्तारै प्रेममा परिवर्तन भयाे।यी सबै कारणहरुले गर्दा माक्र्सका बुवा उनकाे बाेन विश्वविद्यालयकाे विद्यार्थी जिवनसँग धेरै असन्तुष्ट थिए त्यसैले उनले माक्र्सलाई बाेन विश्वविद्यालयबाट बर्लिन विश्वविद्यालयमा कानुन ,दर्शन र इतिहास आदिकाे शिक्षा प्राप्त गर्न पठाए।
बर्लिन विश्वविद्यालयबाट माक्र्सकाे जिवनकाे एउटा नयाँ अद्दयाय प्रारम्भ हुन्छ।बाेन विश्वविद्यालयमा पढ्दा त्यती लेख्न मन नलाग्ने उनी बर्लिन आउनासाथै अद्दयनमा पुर्णरुपमा लागे।कानुनमा उनकाे त्यती रुचि थिएन दर्शन र इतिहास उनका प्रिय विषय थिए र तिनैकाे अद्दयनमा उनी धेरै जसाे आफ्नो समय बिताउथे। उनी स्वभाबिक रुपले नै स्वतन्त्र बिचारका थिए।अत: विश्वविद्यालयकाे निर्धारित र एउटै साचाेमा ढालिएका ब्याखान्यहरुबाट उनी सन्तुस्ट हुदैनथे।आफ्नो ज्ञानकाे तिर्खालाई मेटाउनका लागि उनी साथिहरुसँग समेत भेट नगरि रातदिन पढाइमा बिताउथे।
त्यसताका बर्लिन हेगेलबादि दर्शनकाे केन्द्र थियाे।माक्र्स पनि हेगेलका दार्शनिक मान्यताहरुबाट प्रभाबित थिए।त्यहि विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरु मिलेर हेगेल दर्शनकाे अद्दयन मनन गर्नकाे लागि क्लव बनाइ राखेका थिए माक्र्स पनि त्यसै क्लवकाे सदस्य बने र त्यस कार्यक्रममा सक्रिय रुपमा भाग लिन थाले।त्यसरि बर्लिन विश्वविद्यालयकाे पढाइ समाप्त गर्नु भन्दा पहिले नै उनलेे हेगेलका दार्शनिक सिद्धान्तहरुकाे गम्भीर रुपले अद्दयन गरि त्यसकाे पुर्ण ज्ञान प्राप्त गरे।
अद्दयन र दार्शनिक चिन्तनमा गम्भीर रहदारहदै पनि माक्र्सले आफ्नो प्रेमिका जेनिलाई बिर्सेका थिएनन्।उनले जेनिकाे स्मृतिमा तीन कापि कबिताहरु लेखे,भाषामाथि उनकाे पुर्ण अधिकार थियाे।आफ्नो बिचार धेरै सुन्दर राम्रो तरिकामा कुनै पनि भाषा ब्यक्त गर्न सक्ने क्षमता उनिमा थियाे।त्यसैले माक्र्सका यी कबिताहरु युवा अवस्थाका प्रेम उदगारमात्र भएर रहे।तिनकाे साहित्तिक महत्त्व थिएन।हेगेलिय दर्शनका अनुयायी भएका हुनाले उनले आफ्नो सम्पुर्ण कविताहरु जलाइ दिए ।
माक्र्सका बुवा बृद्व हुँदै गएका थिए।उनकाे इच्छा के थियाे भने उनकाे छाेरा पनि उनी झै एक वकिल बनुन तर माक्र्स स्वतन्त्र स्वभावका ब्यक्ति थिए।मनकाे गहिराइमा बुवा प्रती आदरभावना अवस्य थियाे तर उनकाे स्वभाब बुवाकाे भन्दा फरक थियाे।बुवासँग सामाजिक एवम ऐस्र्यर्यकाे कामना थियाे भने माक्र्ससँग कहिल्यै नझुक्ने एउटा सैद्धान्तिक दृढता थियाे।उनी परिवार सम्बन्धि आफ्नो उत्तरदायित्व प्रती उदासिन हुँदै गएका थिए र सामाजिक तथा दार्शनिक चिन्तनमा नै तल्लिन रहन्थे।यसबाट उनका बुवा बढि निरास भए र के अनुभव गर्न थाले भने आफ्नो छाेरा उनकाेे नियन्त्रणबाट टाढा हुदै गइरहेको छ।त्यसैले उनकाे अस्वस्था झनझन बढदै गयाे र १० फेब्रुअरी १८३८ मा उनकाे मृत्यु भयाे।त्यस बेला माक्र्स २० वर्षका थिए।
बुवाकाे मृत्युपछि दर्शनशास्त्रमा विद्यावारिधि पाउनका लागि माक्र्स आफ्नो शाेधप्रबन्ध पूरा गर्नतिर लागे

चर्चामा

सम्बन्धित समाचार