शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • राष्ट्रीय पत्रकारिता दिवशको बारे।

राष्ट्रीय पत्रकारिता दिवशको बारे।

  • मङ्लबार, बैशाख २१, २०७८
राष्ट्रीय पत्रकारिता दिवशको बारे।

सुरेशकुमार पान्डे–आज बसैखको २४गतेलाई पत्रकारिता दिवशको रुपमा मनाईन्छ।यो दिवश गोर्खापत्र प्रकाशित भयको मीति२४बैशाख कै दिन पारेर मनाउँनथालियो।खोर्खा पत्र त्यो दिन बिस.१९५८देखि साप्ताहिक पत्रिकाको रुपमा सुरु भयको थियो।सरकारले २०७३साल देखुन राष्ट्रीय पत्रकारीता दिवशको रुपमा मनाउँदै आएकाछन।
के बर्षमा एक पटक पत्रकारिता दिवश मनाए पछि मिडिया स्वतन्त्र भयको बुझिन्छ?पक्कै पनि मिडिया स्वतन्त्र हुनकालागि प्रेशहरु लाई राजनीतिक हश्तक्षेप हुँनु हुँदैन।तर आज स्वतन्त्रताको आबरण भित्र प्रेसहरु कुण्ठित भयकाछन,पार्टीका झोले भैसकेकाछन।कम मात्रामा निश्पक्षिय कलम चलाउँनेहरु माथि यिनै राजनीतिक आडमा रहेका गुण्डाहरुको सिकार हुनु परेकोछ।कयौँ पत्रकारहरुलाई कुटपिट गर्ने उनिहरुको आफिशमा तोडफोड्गर्ने बिगतका दिनहरुमा नभयका होईनन्।
पुँजिवादी ब्यबस्थाले न्यायलयहरुमा हकजमाएको बेला कतिपय यही पत्रिकाको आवाजले न्याय दिलाउँन सफल भयको पनि छ।तर त्यो जबमात्र सफल हुन्छ तबकी पत्रकारहरुले आफ्नो टाउकामा कात्रो बाँधेर लडाईको मैदानमा झर्छन त्यो बेला मात्र पत्रिकाको गरिमालाई बचाउँन सकेकाछन।पत्रकार अरुलाई न्याय दिलाउँन आफु पाईलैई पछि मर्नु पर्दछ,त्याग र बलिदानको आर्को नामहो पत्रकार।
कयौँ पत्रकार पत्रकारितालाई नाफाको पेसा सम्झिने र पुँजिको ईसारामा लेख्ने गर्छन,कयौँले आफ्नो पार्टीको बुलेटिन र आफ्ना नेताहरुको प्रेमपत्र लाई मात्र प्राथमिकता दिन्छन।त्यस्ताखाले पत्रिका र पित पत्रकारिताले गर्दा सच्चा र ईमान्दार मिडियाहरु समेतलाई बद्नामी झेल्नु परेको हुँन्छ।पत्रकार त्यो हो जस्ले जसताको तस्तै जनताको माझमा पस्किन कत्तिपनि हिचकिचाउँदैन।उनिहरुले दुःख र आर्थिक दुराचार झेलेर पनि बिक्दैन।आफ्नो जमिरलाई धितो राख्दैनन् त्यसता पत्रकारहरु लाई यो दिवशले पनि प्रेणा दिन सक्छ।
बिगतमा कयौँ लुकेका भ्रष्टचारीहरुको नकाप पत्रकारहरुलेनै उदाङ्गपरेको थियो।पत्रकारले देश र जनताको हितमा निडरभयर लेख्न सक्ने हो भने देशमा हुँने भ्रष्टचारमा अंकुश लाग्ने थियो।तर बिभिन्न पार्टीहरुको आ-आफ्नै प्रकारको पत्रकार, बुद्धिजिविहरु हुँदा आफ्नै पार्टीको चस्माले हेर्छन परिणाम सहि र सत्यलाई दरिलरी छोप्न सक्दैनन।यस्तो अबस्थामा पत्रकारहरु र बुद्धिजीवी भनौदाहरु केवल आ-आफ्ना पार्टीको दाश गुलाम बनेर त्यही लेख्छन जो उन्का नेताहरुले उनिहरुलाई अराउँछन।वास्तबिक अर्थमा पत्रकार स्वतन्त्र हुनुपर्छ जस्ले देश र ९५%जनतालाई सचेत संगठित गर्ने र वास्तबिक समाचारलाई प्रकाशन गर्ने निडर र शंघर्ष शिल हुनु पर्छ।
एउटा पत्रकार र कलाकारले त्यो सब गर्न सक्छन जो तलवारले गर्न सक्दैन।संसारमा आफ्नो देशको बारेमा बताउँन सक्ने देशको आवाजलाई अन्तरराष्ट्रीय कर्ण गर्न सक्ने भनेको मात्र मिडियानै हो।अन्त आजको यो दिन बाट शिक्षालिएर देशभित्रका पत्रकारहरुले न्यायोचित आन्दोलनको प्रतिनिधित्त्व गर्न शक्षेम हुनेछ भन्ने आशा र बिस्वाश गर्दै तमाम पत्रकारहरुलाई आफ्नो जमिर र अस्तित्वको रक्षा गर्न निडर र निश्पक्षिय लेख र समाचाहरु प्रकाशित गर्न हुन हार्दिक पिल गर्दछुल।र सम्पुर्ण पत्रकारहरुलाई पत्रकारिता दिवशको हार्दिक शुभ कामना ज्ञापन गर्दछुँ।नेताहरुको भन्दा हामिलाई पत्रकारको भर छ।नेताहरुले देशलाई नाङ्गेझार बनाएको बेला पत्रकारितानै हाम्रो लागि न्यायको दरिलो पिलर बन्नेछ भन्ने आशापि गर्दछुँ।

चर्चामा

सम्बन्धित समाचार