बुधबार, बैशाख १२, २०८१

फोहाेरी खेल

  • सोमवार, बैशाख २०, २०७८
फोहाेरी खेल

जति सुकै मिठा गफ लगायता पनि संसदिय राजनीति एउटा फोरी खेलनै हो भन्ने कुरा दिनौ दिन छर्ङ्ग हुँदै आएकोछ।हाम्रो देशमा २००७साल यताको ईतिहाशलाई मुल्यांकन गर्ने हो भने पनि यो प्रष्टनै भएकोछ।
त्यो लामु ईतिहाशलाई न कोट्याउँ भर्खरैको केहि उदारणहरुले पनि छर्लङ्गै पारेकोछ।हामीलाई एक पटक केही उधारण दिदै एकजना बुद्धिजीवीले भनेका थिए”हाम्रो नीति सिधान्त सही भयपनि कार्याक्रताले सुबिधा खोज्न थाल्यो भने सम्झिनुस त्यो अवसरबाद बन्न थालेको छ।”कसैको कार्याक्षेत्र राजधानी तर्फ अलि बर्ष रह्यो भने त्यो गाउँमा आउँन अलि अपठ्यारो मान्छ।”किन भने उस्ले दिनौ त्यँहाको बस्तुगत अबस्था सँग भिज्नु परेको हुन्छ,त्यँहाको रहन सहन खान पनि बोलि चाली आदिमा कयौँ फर्क हुन्छ।,पक्कै पनि त्यो बिस्तारै सुख भोगि भयको हुन्छ।तर एउटा क्रान्तिकारी पार्टीका अनुभवी र आफुलाई त्यो दिशा तर्फ ढाल्दै जान खोजेका गरिब ज्यामी हरुलाई त्यसले छिट्टै असर नपार्नु पर्ने हो तर पनि परेकै देख्छौँ।त्यसको मत्लब यात उ जस्लाई हामिले त्यो ठाउँमा पठाएका छौँ त्यो त्यो ठाउँको लायक छैन वा हामिले उस्लाई जानि नजानी बिगारेका हुँन्छौ।हामि धेरै जसो निम्न पुँजिवादी चिन्तनले ग्रस्तछौँ त्यसकारणले हामी आबेगमा बहिकिने गर्दछौँ।
मानि देउँ कुनै बेला मैले एमाले लाई भोट दिनेछैन भनेको थिएँ तर पछि एमाले सँग पार्टीले तालमेल गय्रो।अब बे हिचक एमालेको प्रचार गर्नै पय्रो,काग्रेस सँग पनि गर्नै पय्रो।हामिले यदि राजनीतिक गर्छौ भने यो गर्छु यो गर्दैन भन्नु भन्दा पार्टी संगठनले जे भन्छ त्यही गर्छु भनेर लाग्नु पर्छ।आफुलाई जे लाग्यो त्यो गर्ने हो भने त पार्टी संगठन किन चाहियो?त्यसो गर्नुको अर्थ पार्टीको दृष्टीकोणमा अराजक वा अनुसाशन बिहिन नै हो।
अहिले हामिले समर्थक गर्दै आएको राजनीतिक पार्टीले गलत बाटो छोप्यो त्यसपछि हामिले त्यो पार्टीलाई समर्थन दिनु हुँदैन भनेर पार्टीले निर्णय गर्यो त्यो ठिक छ वा बेठिकछ त्यो आफ्नै ठाउँमाछ।पार्टीका जिम्मेवार कार्याक्रताले त्यसलाई मान्नै पर्छ किन कि त्यही पार्टीको अनुसाशन भित्रको बिषय हो।
हामिलाई थाहाछ बाग्लुंगमा सुरु देखिनै काग्रेस पार्टी संग स्थानिय साथिहरुको मतभेद रहँदै आयो र वामपन्थिहरु सँग मैत्रिपुर्ण सम्बन्ध रहँदै आयो।त्यसकारणले उनिहरुमा भावनात्मक सम्बन्ध होला हुन्छ पनि तर भावन र राजनीति भिन्दै हुन्छ।अहिले उँहाहरुले पार्टीको निर्देशनलाई सर्वपरि ठानेर जानु पर्दछ।त्यसैमा सबैको भलो हुन्छ।त्यो नियम मात्र बाग्लुंग मा मत्रै त होईन यो त समग्रहमा नेपाल भरीका सातै प्रदेशमा हो।त्यसैले पार्टीको निर्णलाई फ्लो गरेर जानुपर्छ।
एउटा क्रान्तिको बिडा उठाएको पार्टी संगठनको लागि वास्तबमा संसदिय राजनीति भनेको त एक प्रकारको फोहोरी खेलनै हो।
तर पनि बेला बखतमा उपयोग वा बहिस्कार गर्नै पर्छ।बिगत २०५२साल यता संसदिय दलदलमा गयकाहरुले बेला बेलामा निम्न स्तरका दाउँपेच प्रयोग गर्दै आएकाछन।त्यो जुनसुकै पार्टी भयपनि उस्ले त्यो दाउँपेच अजमाएकैछ।खास गरेर ठुला दलहरुले यो बाटो छोपेकाछन।साना दलहरु सरकार बनाउँन लाई चुनाव लडेको हुँदैन उस्ले राजनीतिलाई बैधानिक रुपमा चुनाउलाई कार्यानैतिक रुपमा प्रयोग गर्छ त्यसकारणले कति पय साना दलहरुले गलत बाटो छोप्दैनन्।क्रान्ती कारी हरुले त चुनावलाई क्रान्तिकारी यो जना पुर्तिका लागि मात्र प्रयोग गरेका हुन्छन।तर कतिपय राजनीतिक दलहरु लाई बेला बेलामा ठुला दलहरुले प्रयोग गर्ने खतरा भने रहिरहन्छ।किनेर हुन्छ वा उन्लाई धम्काएर हुन्छ।आफुतिर तान्न प्रयात्न गर्छन यस्तो खास गरेर सत्ता पक्षनै तल्लिन हुन्छ।
अहिले पनि त्यही भएकोछ आजैको कुराहो लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पनि नाटकिय ढंगले राजिनामा दिए।किन भने बैसाख ६गते बिपक्षहरुले अबिस्वासको प्रस्ताब दर्ता गराएका थिए।जसमा आजै रविबारको दिन अधिबेशन मा पोख्रेलाई बिस्वाश प्राप्त गर्नु पर्ने थियो।तर वीमला वलीले माओवादीको दामन थाम्ने देखे पछि उन्ले तुरुन्तै प्रदेश प्रमुख श्री धर्मानाथ यादबलाई भेटेर आफ्नो राजिनामा बुझाए।विमला वली दाङको क्षत्र न.३(ख)बाट निर्वाचित सभासद हुँन।
प्रदेश प्रमुख यादवले संबिधानको १८३को उपधारा३बमोजिम१९बैसाखको १बजे अधिबेशन डाके। वास्तबमा लुम्बिनी प्रदेशमा ८७सिट मध्य २०७४को निर्वाचनमा ४१सिट नेकपा (एमाले),माओवादी का २०,काग्रेशका१९,जसपाका६,र राजमोका१,सिट छन।
राष्ट्रीय जनमोर्चाले पनि सरकारको बिपक्षमा मतदान गर्ने भयपछि शंकर पोख्रेल अल्लमतमा पर्ने निश्चित थियो। पहिले जम्मा २९जना अबिस्वाको पक्षमा थिए तर अब४०जना हुँदा मुख्यमन्त्रीलाई बिस्वासको मत पाउँन गारोछ।शंकर पोख्रेले जसपाका चार जनालाई मन्त्री बनाए पछि उनिहरुलाई कार्वाही गय्रो,उस्तै दुई जनालाई माओवादीले कार्वाही गय्रो।अब कुल असि जना सदस्यहरु छन।शंकर पोख्रेलले ३फागुन२०७४मा मुख्यमन्त्रीको सिट सम्हालेका थिए।
अहिले सातौ प्रदेशमा खिचलो चलेको भयपनि लुम्बिनी प्रदेशमा पहिलै मुख्यमन्त्रीले राजीनाम दिए र यादबले मुख्यमन्त्री बनिरहन आदेश दिएकाछन।
संसदिय राजनीति यति धेरै दुशित भयकोछ कि संसदहरु बिक्ने र किन्ने निर्धक्क सँग हुँने गर्छ।देशको ढुकुटीलाई रित्ताउने जनताको पसिनामा ऐयाशि गर्ने राजनीति भनेको संसदिय राजनीति हो।जस्को लाठि उसैको भैँशी भयकोछ।देशमा सबै भन्दा पहिले संघियता लाई खारेज गर्नु पर्छ।संघियता हाम्रो देशको र जनताको हितमा छैन भन्नेकुरा प्रष्ट हुन्छ।यति सानो देशमा नौ वटा संसद आठौटा सरकार चलाउँनु भनेको आत्मघातिनै हो।यो संसदिय दलदलको फोहोरी खेलमा उल्झिएर समय खेरा फाल्ने मात्रै कसैले पनि गर्नु हुँदैन।

चर्चामा

सम्बन्धित समाचार