शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिस्व महामारीले उब्जाएको संकट!

बिस्व महामारीले उब्जाएको संकट!

  • शनिबार, बैशाख ११, २०७८
बिस्व महामारीले उब्जाएको संकट!

सुरेशकुमार पान्डे–कोराना महामारीले देश बिदेशमा ल्याएको संकटले गर्दा खस गरेर श्रमजीवी बर्गको जीवन धेरै कस्टकर बन्दै गयकोछ।त्यसमा पनि पर्वाशी मज्दुरहरुको अबस्था त दयानिय भयकोछ।
दिसंमबर२०१९चीन को बुहान सहर बाट जन्मिएको यो बिस्व माहामारीलाई पछि ‘डब्लु एच ओ’ले कोवीड१९नाम क्रण गय्रो।चीनमा जव यो बाईरस आयो त्यो बेला चीन एक्लै लड्दै थियो तर कयौँ देशले चीनको उपहाश गरिरहेका थिए।बिस्तारै यो जंगलमा लागेको आगो जस्तै बिस्व ब्यापि भयो।चीनमा एक्कासी आएको तर अरु देशमा जाँदा चीन जुझी रहेको हुँदा पनि अन्य देशहरुले शिक्षा लिनु भन्दा पनि चीनको हाँसो उडाउ्नमा समय खेरा फालेका थिए त्यो बेला।तर चीनले आफ्नो जसरी तसरी बचाव गरिसक्यो।अन्य देश हरुमा यो ब्यापक फैलियो।खास गरेर-शंयुक्त राज्य अमेरीका,स्पेन,ईट्ली,फ्राँश,जर्मनी,र भारतमा यसले ब्यापक कहर ढायो।त्यो बेला यि देशहरुमा बसोबास गरेका अन्य जनता सँगै हाम्रो देशका जनता पनि धेरै सँख्यामा हताहत हुँनपुगे।हाम्रो देशमा यो महामारी धेरै पछि आयो।तर बिभिन्न देशमा भयका हाम्रा शन्तानहरु हजारौँको ताहदातमा यसको लपेटामापरे।त्यो भन्दा बढी संख्यामा उनिहरुको हातबाट काम खोसियो र सडकमा आए।त्यो बेला हाम्रो देशमा कोरोनाको बारेमा हाँसो ठट्टा हुँने गय्रो।कसैले लामा बसे ढेङ्ग्रो ठटाए,कसैले भाले कवुले,बोका कबुले।कसैले हाम्रो देशमा कोरोना घुस्न सक्दैन भनेर दाबा गर्दै समय खेरा फाले तर यसबाट कसरी बच्ने र अरुलाई बचाउँने भन्ने बारेकसैले पनि उपाया सोचेनन्।बिदेशमा बसेका नेपालीहरुको काम खोसियो उनिहरु अब त्यँहा कसरी बाँच्ने काँ बस्ने के खाने त्यो अबस्थामा उनिहरु आफ्नो देशमा नफर्किएर कहाँ जाउँन।त्यो बिपतको घडीमा सरकारले पनि प्रवासी नेपाली श्रमजीवीहरुको उत्थानका लागि कुनै पनि योजना बनाएन बरु उनिहरुलाई देश भित्र आउँन बाट त्यो बेला रोकेर बोडरमा थुन्यो।यदि सरकारले त्यो बेला केही संम्बेदन सिल भयर ठोश नीति अपनाउँथ्यो भने साहिद यो महामारी त्यो बेला देशमा फैलिदैन थ्यो।उनिहरुलाई पहिलेनै साररीक परिक्षाण गरेर देशको सिमानामै कोरेन्टैनको ब्यबस्था गर्थो भने उनिहरु लुकेर भागेर चोर बाट बाट देश भित्रिने थिएनन्।तर त्यो बुद्धी सरकारले पुराएन परिणाम देशमा कोरोना फैलियो।देश भित्र पैदल फर्केका श्रमजीवीहरु लाई देशमा काम भैन उनिहरुको अबस्था दिन प्रतिदिन गम्भिर बन्दै गयो परिणाम उनिहरु पुनः भारत तर्फ ओईरो लागे।पहिले मरेपनि आफ्नै देशमा मरौला भनेर स्वदेश फर्किएका मानिशहरु अब भोक सोक भन्दा बरु मरेपनि पेटभरी खाएर मरौला भन्न थाले।कसैले पनि आफ्नो परिवार बाल बच्चाहरुलाई भोकै मर्न थालेको देख्न सक्दैन।कयौँ बोडरहरुमा घुस दिएर भयपनि भारतमा पुगे त्यँहाको अबस्था पनि जटिलनै थियो त्यसकारण उनिहरुले जुनकाम पहिले बिस हजारमा गर्दथे त्यहीकाम दश-दश हजारमा गर्न थाले।काम नपाएपछि खालि बस्नु भन्दा जो जति दिन्छ त्यत्तीमा भयपनि काम गर्न थाले।स्थिती सामन्या हुँन अंझै बाकीनै थियो अहिले आर्को पल्ट यो कोरोना बाईरस फेरी ब्यापक रुपले फैलिदै गयकोछ।
सन२०१९-२०मा संसार भरी फैलिएको उहि कोरोनाले अहिले जटिल रुप धारण गरेकोछ।भारतमा यति बेला एक अरब बत्तिस करोडको हाराहरीमा जनसख्याछ।तर पनि त्यो जनसंख्या अनुसार दिनमा ३७७०००,पोजेटीब भेट्टीनु भनेको सामन्या कुरा होईन।अहिले भारतमा १,५९,३०,९६५,कोरोना पोजेटीब देखिएपछि सयुँक्त अरब अमिराता(यु ए ई)लेभारतिहरु लाई आफ्नो भित्र दश दिनका लागि आफ्नो मुलुकमा प्रबेश रोकेकोछ।बिर बार२५अप्रेल देखि चार मई सम्म उस्ले भारतीयहरुलाई रोक लगाएकोछ।भारतमा जस्तै-जस्तै रोगीहरु बढ्दै गयकाछन उस्तै त्यँहा आँक्सिजनको मात्रामा कम हुँदै गएकोछ।
एका तिर गर्मि बढ्दै छ उस्तै अस्पत्तालहरुमा रोगी हरु बढेकाछन भने देशभरीनै आँक्सीजनको मात्रा कम हुँनु भनेको जटिल बषय हो।यसको असर नेपालमा पनि पर्दै गएकोछ।
प्रवाशमा नेपालीहरुको यस्तो दयानिय अबस्था छ तर देशभित्रका बिभिन्न पार्टीहरुका झोले नेताहरुले यो जटिल अबस्थालाई ठट्टाको रुपमा लिँदा उनिहरुले आफैमा गर्व गर्छन।आखिर उनै श्रमजीवी जनताहरुको चन्दा बाट पेट भरेका ति झोलेहरुलाई उनिहरुको समस्या बुझ्न सक्ने क्षामतानै छैन।जस्तो ब्याक्तिछ उस्तै बिचार प्रकट गरेर आफ्नो परिचय दिएकाछन।एकता तिर सरकारलाई पालेका पर्वाशी मज्दुरहरुको स्वा.सरकारलाईनै कुनै सरोकारछैन।
पहिले भारत स्थित नेपालीहरुको लागि आफै बनाएका सँग संस्थाहरुले स्वाँय सेबकको रुपमा सहयोग गरेका थिए।कसै कसैले आफ्नो अस्तित्व बचाउँन औपचारिकता पुरा गरे तर नेपालीको रक्षाको लागि बसेको नेपालको राजदुतले त्यही ओपचारिकता पनि पुरा गर्न सकेन।मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका कार्या क्रताहरुले स्वायसेवकको रुपमा ठाउँ ठाउमा जनताहरुलाई बिभिन्न प्रकारको सहयोग गरेर कयौँलाई मर्न बाट जोगाएका थिए।किन की मूलप्रबाहका ईमानदार कार्याक्रताहरुले सदैभरी समाज सेवाको काम गर्दै आएको ईतिहाश भेट्टिन्छ उनै पुराना कार्याक्रताहरुले अहिले पनि त्यो परमपरा लाई जोगाएकाछन।
अहिले फेरी त्यो जटील अबस्था द्वौरीयको बेला परदेशी जनताको दुःख दर्दमा साथ दिन नसके कम्तिमा उनिहरुको आलो घाउमा नुन चुक लगाएर जख्मि नगरौँ।नेता बुद्धीजीवी भनेको बिवेकसिल ब्यक्तित्व हुन्छौ होला आफ्नो बिवेकको खयाल गरेर सवाल जवाफ गरौँ।अन आबस्याक र आकाश तर्फ फर्केर नथुकौँ।अहिले सामाजीक सञ्जालमा कयौँ आफुलाई नेता भन्न रुचाउँनेहरुले भारतस्थित नेपालीहरुको उपहाश गर्ने काम भयकोछ।यो अलि गम्भिर बिषय हो हुँन त मानिशलाई चिन्ने यस्तै संकटको बेला उस्ले अप्नाएको ब्यबहार र उस्का बिचारले उसको बारेमा छर्लङ्गै पार्छ।
तर पनि हामि श्रमजीवीहरु जँहा जुन हालमाछौँ एकले आर्काको मद्त गरेर आपसमा हातेमालो गरेर निर्धक्क बसौँ।हाम्रो एकताको हामिसबै लाई सदैभरी खाँचो रहिरहन्छ।यो बिस्व वाईरस लाई पनि हाम्रो एकतालेनै प्रवाशमा हामिले पराजीत गर्नेछौँ।

चर्चामा

सम्बन्धित समाचार