मङ्लबार, असार १, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • के साँच्चै चरित्र हत्या गरेर क्रान्तिहोला त?

के साँच्चै चरित्र हत्या गरेर क्रान्तिहोला त?

  • बिहिबार, बैशाख ९, २०७८
के साँच्चै चरित्र हत्या गरेर क्रान्तिहोला त?

सुरेशकुमार पान्डे– हामीले खास गरेर आफ्नो जीवनको युवा अबस्था खर्चेर संगठान बलियो बनायौँ।मैले चार दशक संगठानिक कार्यामा लगाएँ त्यो दिन फेरी फर्केर आउँदैन।आफुले १७बर्षको किसोर अबस्था बाट अहिले सम्म संगठनमा योगदान दिनुको पछाडि मुख्या रुपले त समस्या आफ्नै थियो।देश भित्रको निरंकुश पञ्चायती ब्यबस्था,बिदेशमा हाम्रो भन्नु यिनै दुई हात बाहेक केहि थिएन।त्यो अबस्थामा हामिलाई आफ्नो हक हितको रक्षा गर्ने र मान्छे जस्तै भयर बाँच्न चाहानेहरु एकता समाजको निर्माण गरेर आफ्नो र आफु जस्तै अरुको पनि हक हितको लागि आवाज उठाउँन सक्ने माध्याम श्रमजीवी हरुको एकता नै थियो।सामाजिक कामको लागि पनि त्यो बेला परिस्थिति अनुकुल थिएन।
त्यसैले गर्दा हामिहरुले लुकेर भुमिगत अबस्थामा बिभिन्न कार्याक्रमको माध्याम बाट संगठनको बिकाश गर्ने काम गर्यौ।
हामिलाई चिन्नेहरुले अबस्य पनि हाम्रो बारेमा बुझ्नुनै हुन्छ हामिलाई भन्नु पनि नपर्ला हाम्रो स्वार्थ भनेको सामाजिक बिकाशनै थियो।हामिलो जो जति काम गर्न सक्यौ त्यो ईमानदारी सँग गर्यौ।हामिलाई हाम्रो संगठनलाई कसैले गालि गर्छ वा डेरा आँखाले हेर्छ भने हामि भित्र आक्रोश को लावा दन्किन्थ्यो,अहिले पनि दन्किन्छ।किन की हामिले संगठनलाई आर्थिक नैतिक र भौतिक सहयोग गरेर संगठानको बिकाश गरेका हौँ।
हामि कुनै ब्याक्तिको लागि संगठनमा आएका होईनौँ हाम्रो चिनजान नेताहरु सँग संगठनमा लागेपछि भयो।कयौँ नेताहरु सँग हाम्रो आत्मियता पनि प्रघाढ भयो तर उनिहरु जब पार्टी सँगठन छाडेर गए,उनिहरुलाई संगठन राम्रो लागेन र उनिहरु संगठान छाडेर पाखा लागे केहि दुःख त भयो तर हामि उनिहरुको पछि लागेनौँ।किन कि हामि कुनै ब्याक्तिको प्रभावमा परेर आएका थिएनौँ र उनिहरु जाँदा पनि हामि गयनौँ।
हामिले संगठानिक कामको द्वौरानमा हुने गलति कम्जोरी लाई त्यही ठाउँमा आलोचना गय्रौ अनि हाम्रो मतभेद रहेन।मैत्रिपुर्ण तवरले गरेको आलोचना बाट धेरै साथिहरु लाई शुदरीने मौका मिल्यो त्यस माईनेमा हामि खुसि पनिछौँ।कति पए साथिहरुले आफु बाट भयका कम्जोरी लाई सच्चाउँन सक्नु भैन उँहाहरु पार्टी संगठन छाडेर पनि जानु भयो।उँहाहरु हाम्रो संगठन लाई छाडेर गैसकेपछि हामिले उँहाहरुको बिरुद्धामा कुनै अनाबस्याक शब्द प्रयोग गरेनौँ।कतिपयले संगठन भित्रहुँदा आलोचना नगर्ने उ संगठन बाट निस्केर गैसकेपछि बल्ल उस्लाई बिभिन्न आरोप लगाएर सराप्ने बानि हुन्छ।तर हामिले गै सकेकाहरु लाई त्यस्तो आरोप लगाउँने काम गरेनौँ बरु उस्लाई समिति भित्र खुब आलोचना गर्यौँ।यो ईतिहाश मलाई चिनेका हरु बाट लुकेको छैन होला।
अहिले पहिलेको जस्तो अबस्था छैन जो साथिहरु लाई संगठन बाट कार्वाही भयकोछ,उँहाहरु सँग हाम्रो सानुभुति हुँनु छुट्टै बिषयहो।हाम्रा साथिहरुले संगठनको लागि धेरै आत्मात्यग गर्नु भयो,शंघर्ष गर्नु भयो उँहाहरु संगठन बाट भाईरीनु भनेको हाम्रो लागि पनि अशहज हुन्छ।संगठनमा उँहाहरुले दिनु भयको योगदानलाई हामिले अनदेखा पनि गर्नु हुँदैन।तर संगठनले उँहाहरुलाई क्रावाही गय्रो भोलि उँहाहरु फर्किनुहोला,बहाल हुनुहोला भन्ने हामिलाई आसा पनिछ।सदैका दिन एकनासका हुँदैनन् यो सबैलाई थाहाछ।
अहिले मलाई एउटा के कुराको चित्त बुझेको छैन भने साथिहरुले एउटाले आर्कालाई गालि गर्ने अनाबस्याक आरोप प्रतिआरोप लगाउँदै एक आर्कालाई सराप्ने ब्यबहारले हामि कसैलाई पनि फाईदा हुँदैन।तर त्यहि बेफाईदाको बाटो छोपेर एउटै शन्तान आपसमा भिड्ने ब्यबहार देख्दा त्यसो नगरौँ भनेर यो छोटो लेख लेख्दैछुँ।साथिहरुले यसको गलत अर्थ न लगाउँन पनि अनुरोध गर्दछुँ।
हामि जब संगठन बनाएका थियौँ त्यो बेला राजालाई बिश्नुको औतार भन्थे।हामिले राजतन्त्र हाम्रै पालामा जाला भन्ने पनि सोँचेका थिएनौँ।हाम्रो बिचारमा अहिले देखि हामिले राजतन्त्रको बिरुद्धामा आवाज उठायौँ भने कम्तिमा हाम्रा छोराहरुको पालामा त राजतन्त्र ढल्ला भन्थ्यौँ।तर साथिहरुको अथक शंघर्ष त्याग र बलिदानले राजतन्त्रलाई बढार्न सफल भयो।
त्यो बेला हाम्रो संगठनभित्रको अनुसाशन लोह थियो त्यहि अनुसाशनले जन्माएका नेता कार्याक्रता आजपनि जुझारु छन।उनिहरु संगठनलाई छाडेर गएपनि घोषित रुपमा प्रतिकृयावादी भैसकेका छैनन् बाम खेमा भित्रनै शंघर्ष गरेकाछन।त्यो पनि हाम्रै संगठनको देन हो भनेर भन्दा बेठिक नहोला।तुलनात्मक रुपमा हाम्रो संगठनबाट पलाएन भयकै नेता कार्याक्रता अरु पार्टी संगठनभन्दा बढी देशभक्त जुझारु देखिन्छन।
रुसमा काम्रेड लेनिनले पनि अल्पमतमा रहेर लामु समय सम्म गर्नु भयो।यो कम्युनिष्ट आन्दोलनको खासियतहो कहिले राम्रो बिचारपनि अल्पमतमा पर्छ तर त्यो बिचार पुनःबिजयपनि हुँन्छ।त्यो शंघर्षको स्वरुपमा निर्भरहुँने कुराहो भनेर भन्नु पर्छ।एउटाले आर्काको बिरुद्धामा मैत्रिपुर्ण शंघर्ष जो सैधान्तिक प्रकारले गर्नु पर्दछ।कसैको चरित्र हत्या गर्ने भनेको बर्गशंघर्ष लाई कम्जोर पार्ने काम हो त्यो जुनसुकै पक्षले गरेपनि गलत हो।
अहिलेका साथिहरुलाई पार्टीले कार्वाही गरेपछि लगातार मसालको नेतृत्वलाई गालि गलौच गर्ने बद्नाम गर्ने लगातार एउटा अभियानकै रुपमा साथिहरु लाग्नु भयकोछ।के त्यो ब्यबहारले उँहाहरुलाई बफाईदा होला त?यति लामु समय सम्म पार्टी र संगठनमा लगातार अनुसाशित रहेर काम गरेका मित्रहरु जो अनुसाशन बिभागमा पनि जिम्मालिएर कामगर्नु भयका ब्याक्तिहरु द्वारा यस्तो ब्यबहारले शोभा दिदैन।उँहाहरु स्वायम पार्टीको पिबिएम,प्रबक्ता र जिम्मेवार पदमा कयौँ बर्ष सम्म बस्नु भयका मित्रहरुले खुलेआम नेतृत्वमा हमला गर्नु भनेको पार्टी बिरुद्धको घोषित आन्दोलन गर्नु नै हो।
कृपया साथिहरु हामि सँगै रहौँला वा अलग रहौँला जँहा रहेपनि हामि एक आर्काका दुश्मन होईनौ मित्र शक्तिहौँ र हाम्रो ब्यबहार त्यहि अनुरुप हुँनु पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार