शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अदुरदर्शियताले निम्ताएको संकट।

अदुरदर्शियताले निम्ताएको संकट।

  • आइतवार, चैत्र २९, २०७७
अदुरदर्शियताले निम्ताएको संकट।

सुरेशकुमार पान्डे।
हाम्रो देशका राजनीतिक पार्टीहरु खास गरेर ठुला पार्टीहरुको अदुरदर्शियताले निम्ताएको संकट देश र जनताले भोग्न सदै बाध्य भयकाछन।
अहिले गत पुशको पाँच गते ओली ज्युले अप्नाएको ब्यबहारले अहिले स्वायम उँहाले पनि दुःख पाईनै राख्नु भयकोछ।संसदलाई बिघटन गरेर आम निर्वाचन द्वारा फेरी दुई तिहाईको परिकल्पना गरेर उठाएको त्यो कदम स्वाम उँहाकै लागि पनि आत्मघाती हुँने देखिएकोछ।त्यो कदम पछि सर्वोच्चको फैशला अनुसार संसद बहाल भयको भयता पनि त्यो टेकाउ होला जस्तो उनिहरुको ब्यबहारले देखाएन।अहिले पनि देशमा उस्तै अबस्था श्रृजित छ।
त्यो भन्दा पनि नेताहरुलाई भैँशी किनेको जस्तै किन बेच भयकोछ।जे जस्तो गरेपनि राष्ट्रको हित भने यो किन बेचले हुँनेछैन।देशको अहिलेको आर्थिक अबस्था एक जना नागरिकलाई चालिश हजार बराबरको रिण काँधमा आएकोछ भने अब यो किन बेचको जगेडा मुल्या पनि जनताले नै चुक्ता गर्नु पर्नेछ।यो भन्दा सरमनाक अबस्था अरू के होला?बिदेशमा कुल्लि कर्मि गरेर जीवन निर्वाह गरेका श्रमजीवीहरुको टाउकामा चालिस हजार जति रण परेकोछ जस्ले आफ्नो खुन पसिना बाट देशलाई रेमिटेन्सि पठाउँछ।त्यो श्रमजीवी जनताको भागमा यति ठुलो रिणछ।देशलाई बहुदलिय ब्यबस्था पछि कुनै बिकाश बिन यो आर्थिक रिणमा ढेकलिएको ले देश डामाडोल भयको छर्लङ्गै छ।
यो सबै देशभित्रका हात्थि पार्टीहरुको अदुरदर्शियताको परिणामनै हो भन्दा अशान्द्रभिक नहोला।
जति पटक ठेँश लागे पनि फेरी त्यही ढुङ्गामा ठोक्किन जानेलाई के भनौँ?उनिहरु धेरै पुराना लिडर पनि हुँन जनताले उनिहरुको स्वाग गरेर उच्च सम्मान गर्दै संसदमा सरकारमा पठाएकै हुँन।
तरपनि उनिहरुको घैटामा घाम लाग्न सकेको छैन।
उनिहरु अहिले मात्रै होईन सदै भरी क्षाणिक स्वार्थका लागि राजनीतिक कम्जोरी गर्छन जस्को परिणाम देशलाई ब्यहोर्नै पर्छ।बि.स२०५९साल जेष्ठ८मा तत्कालिन प्रधान मन्त्री शेरबहादुर देउपाको सीफारिसमा राजा बाट संसद बिघटन गरियो।२०५९को अश्विन१८गते संबिधानको धारा१२७ प्रयोग गरेर राजाले साहि घोषणा गरेका थिए।त्यो बेला यिनि राजनीति गर्ने पार्टीहरुको बुद्धी कँहा गयोहोला?जब राजाले स्वाम सबै अधिकार खोसे त्यसपछि यिनै सडकमा आएर रुन थाले।आखिरमा सातौटा राजनीतिक दलहरुको आवहानमा लामु समय सम्म जनताले गरेको आन्दोलनको परिणाम२०६३ साल बैसाखको११गते राजा जनताको सामु झुक्न बध्य भये।
अनि संसदलाई पुर्न स्थापना गरियो र आन्दोलन कारी दलहरुको सयुँक्त सरकार बन्यो।साँच्चै भन्ने हो भने २००८साल यताको ईतिहाशमा राजनीति दलहरुले बुद्धि बिवेक पुराएर देश र जनताको हितमा काम गरेको अपवादनै छ होला।त्यो बेलामा सम्विधान सभाले तजुर्मा गरेअनुसारको सम्बिधान बनाउँने भन्दै त्रिभुवनले सत्ता हत्थाय,अनि २०१५सालको चुनाव पछि राजनीति पार्टीहरुको आपसमै खिचलो भयो र पुस २०१७निम्तियो।
२०४६ सालमा पनि त्यो ठुलो र ऐतिहाशिक जन आन्दोलन बाट राजाले घुडा त टेके तर घुमाई फिराई गरेर फेरी राजालाई नै सार्वभौम सत्ताको एकलौटे वारीस बनाए।त्यो बेला सम्बिधान सभाको माघ गर्ने नेकपा मसाल मात्रै एक्ला पय्रो।उनिहरुको अदुरदर्शियताले गर्दा मसलाको “प्रतिगामि खतरा लाई”स्यालहुईया बताएका हरु पछि जब राजाले सत्ता खोसे बल्ल होश आयो।अँझ उनिहरुले राज दरबार हत्या काँड जेष्ठ१९-२०५८पछि राजको बंश नाश भयो अब कुनै खतरा छैन पनि भने।१८अश्विन२०५८को शाहि घोषणा पछि बल्ल आफ्नो गलति महेशुर्ष गरेर अन्तिम मा सबैको मिलन केन्द्र त्यो संबिधान सभाको चुनाव हुँन पुग्यो।
अन्तिम अबस्थामा गएर पलाउँने बुद्धी पहिले पलाएको भय सम्भाबित १७हजार होनहार नागरिक मर्ने थिएनन्।
उनिहरुकै अदुरदर्शियता केटा केटी पनले गर्दा देशले ठुलो जन धनको खति ब्यहोर्नु परेकोछ।
अझैँ पनि उनिहरुको बिद्धी बिवेक आएन भने देशलाई अँझ गम्भिर दुर्घटनाको सामना गर्नु पर्नेछ।
अहिले देशमा चौतर्फिया खतरा छ पहिलेको तुलनामा किन की त्यो बेला प्रतिगमनको बढि खतरा थियो भने अहिले साम्राज्यावादको ठुलो खतरा हाम्रो टाउकामाथि तरवार बनेर झुण्डेको छ।साथै प्रतिगमनको पनि उत्तिकै खतरा छ।खास गरेर हिन्दु धर्मको बहानामा छिमेकीको सहयोगमा प्रतिगामि तत्वको पुनर्जनम हुँन सक्ने अबस्था छ।
यदि त्यो सफल भयो भने ठिक सिक्किमका राजा च्वोग्याल जस्तै पेण्डुलुम राजतन्त्र हुनेछ।देशलाई नव लैण्डुबहरुले त्यो अबस्थामा पुराउन सुरु देखिनै खेल्दै आएको भुमिका पुरा हुन बेर लाग्नेछैन।राज तन्त्र मरेका पनि बिउँतिएको ईतिहाश भेट्टिन्छ।यो छोटो उधारणले पनि त्यो बुझ्न सजिलो हुँनेछ।जर्मनिका(राईखास्तो)संसदिय चुनावमा बहुमत पुरा गरेर सन१९३३मा हिटलरले फाशिष्ट साशन सुरु गर्यो।सन १५८१मा बिलियमको हत्या पछि गणतन्त्र घोषित भयको निदरलैण्डमा पछि संबिधान सभा द्वारा पुनःराजतन्त्र फर्कियो।कम्बोडियामा पनि फ्याँकेको राजा लाई फर्काएर संबैधानिक राजतन्त्र राखियो।यसरी कयौँ उधारणहरु हाम्रा अगाडिछन।तरपनि हामि त्यो बाट शिक्षा लिनुको सट्टा आ-आफ्नै धुनमा एकले आर्कालाई तँ चोर र म चोर भन्दै एक आर्कामा हिलो छ्याप्दा फेरी देशमा अनिष्ठ न आउँला भन्न सकिदैन।अहिले पनि कयौँ नेताहरुले राजालाई ल्याउँनु पर्छ पनि भनि रहेकाछन पहिले पनि राजालाई सेरेमोनियल किङ्ग बनाउँने मागहरु नभयका होईनन्।अहिले एकातिर देशमा आएको संघियताले देशलाई कम्जोर बनाएकोछ भने त्यसै कम्जोरीलाई उपयोग गरेर छिमेकीले मौकामा चौका हान्ने दाउँमा पनिछ।अहिले देशका देशभक्तहरुको एकता र संघियताको खारेजि गरेर हामिले देशलाई बलियो र आत्मनिर्भर बनाउँने प्रयातन गर्नु पर्छ यो समयको मागहो।

चर्चामा

सम्बन्धित समाचार