मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बहुदलिय जनवाद वा नौलो जनवाद?

बहुदलिय जनवाद वा नौलो जनवाद?

  • बिहिबार, चैत्र १९, २०७७
बहुदलिय जनवाद वा नौलो जनवाद?

हामिले अब कुन बाटो अप्नाउँने? यो नै अहिलेको बस्तुगत प्रश्न हो।यस्को उत्तर दिन कम्युनिष्ट क्रान्तिकारीहरुलाई अपठ्यारो पनि छैन तर जब ब्यबहारमा जानु पर्छ यो त्यति सजिलो पनि छैन।हाम्रो न्युनतम क्रायक्रम त नौलो जनवादनै हो।अधिक्तम समाजवाद र साम्मेवाद हुँन भन्नेकुरा कम्युनिष्टहरुले बुझेकै हुन्छन।
अहिलेको बहुदलिए जनवादलाई कम्युनिष्टहरुको राजनीति कार्याक्रम भन्न मिल्दैन।बरु यो त्यही बुजुर्वा प्रतिकृयावादीहरुको बहुदलीय ब्यबस्थाहो।जस्लाई कम्युनिष्ट क्रान्तिकारीहरुले बलजब्ति खोस्ने कुरा गर्दछन।यानिकी बर्गशंघर्ष द्वारा खोस्ने भनेको त्यो बहुदलिय राजनीतिलाई नै हो।संसदिय प्रणालि खशिको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने ठाउँहो भन्ने दार्शनिकको कथन पनिछ।उस्तै त्यो संसदलाई बजुर्वाहरुको खफ गर्ने थोलो पनि भन्निन्छ।त्यो अहिले सम्मको हाम्रै देशको ईतिहाशले पनि पुष्टी गरिसकेकोछ।
हाम्रो देशको अबस्था राजतन्त्रत्मक थियो र नौलो जनवादका पक्षपातिहरु पछि राजतन्त्रलाई फालेर बहुदलिए जनवादमा आफ्नो भबिश्य देख्न पुगे।खास गरि बहुदलिए जनवाद मदन भन्डारीले नै नेपालको शन्द्रभमा प्रतिवादन गरेका हुँन भन्दा पनि नौलो जनवादको सट्टामा उन्ले संसोधन गरेर बुजुर्वाहरुको हितमा बहुदलिए प्रदिशप्रधाका कुरा हुठाएका हुँन।यो त्यहि संसोधन बादी राजनीतिहो जस्ले कम्युनिष्टको आबरण भित्र पुँजिवादी खेल खेल्ने प्रयत्न गर्दछ।बहुदलिए जनवादको कम्युनिष्टहरुको गोरू बेचेको साईनो समेत छैन।किन कि कम्युनिष्ट भनि सकेपछि त पहिलो सिडी नौलो जनवादनै हो भनेर बुझ्नु पर्छ।कम्युनिष्टको पहिलो घोषणापत्रमा पनि त्यही उल्लेखछ।बाँकि सबै कार्यानीति भित्र पर्दछन,चुनावलाई उपयोग गर्ने बहिस्कार गर्ने,लगायत थुप्रै काम नया जनवाद सम्म पुग्ने गोरेटाहरु हुँन।बहुदलिय जनवादले पुँजिवादलाई पच्छाउँछ भने नौलो जनवादले समाज बादलाई पच्छाउँछ।कम्युनिष्ट पार्टी खास गरी मज्दुर किसान कुल्लि क्रमचारी आदी जो श्रमजीवी बर्ग सँगनै सम्बन्धित हुँन्छन।परिश्रम गरेर जिवन यापन गर्ने सोशित बर्गको बाटो नयाँजनवादी क्रान्ती हो।जस्ले सर्वहारा बर्गको नेतृत्वमा मेहनतकस बर्गको अधिनायकत्व लाई स्विकार गर्दछ।बहुदलिए जनवादमा पुँजिवादीहरुको बिच प्रदिशप्रधात्मक सँघर्षबाट सरकार बनाएर बर्तमान ब्यबस्थाको जगलाई बलियो बनाउँने माध्याम भएकोले यो कम्मुनिष्टहरुको ब्यबस्था हुँन सक्दैन तर पनि यस्लाई उपयोग गरेर कम्युनिष्ट क्रान्ती कारी आन्दोलनलाई सहयोग पुराउँन सक्किन्छ।बर्तमान पुँजिवादी अबस्थामा मानिशलाई बिष पनि पैसा बिन मिलदैन।पैसाकै बलबुतामा मानिसहरुको भबिष्य लुकेकोछ।आजको जटिल बस्थामा बिना पैसाको क्रान्ती कारी आन्दोलनले पनि जीत हासिल गर्न सक्दैन।त्यसमानेमा कम्युनिष्टहरुले आफ्नो गन्तब्य प्राप्तिका लागि संसद र सडक समेतलाई उपयोग गर्नु पर्दछ।जो कम्युनिष्टहरुको लागि कार्यानीतिक प्रश्न हो र हुँनुपर्छ।हाम्रो देशमा क्रान्तिकारी अभ्यास त हुँदै आएकोछ तर त्यो क्रान्तिकारीहरु बाट होईन बरु उग्रवामपन्थि धार बाट क्रान्ती को अभ्यास हुँदा त्यसबाट आएको परिणामनै क्रान्ती कारी आन्दोलनको बिरुद्धमा आयो।कम्युनिष्टको आबरणमा पुँजिबादी खेल भयकोले देशभित्र महान र ऐतिहाशिक नयाजनवादी क्रान्ति ओझेलमा परेको हो।बन्दुक उठाउँनु ठुलो कुरा होईन,बन्दुक त वैरगनिया सम्मेलनमा २००७सालमाको अश्विन९-१०गतेको सम्मेलनमा नेपाली क्राग्रेशले पनि उठाउँने निर्णय गरेका हुँन।२०२८सालमा झापाली हरुले २०५२सालमा नेकपा माओवादीहरुले बन्दुक उठाएकै हुँन।दश बर्ष सम्म कथित जनयुद्ध समेत लडेपछि उनैका नेताहरुले बहुदलिए जनवादलाई आफु माझिएको र खारिएको ब्यबस्था मात्र बताएनन् आफु मुलधारमा आएपछि छिमेकमा सशस्त्र आन्दोलन गरेका हरु समेतलाई सिको गर्न लगाए।सरकारमा गए अनि अहिले त्यहि संसदिय ब्यबस्थामा मन्त्रि बन्न सरकार बनाउँन छिमेकि लाई ग्वार्दैछन।अहिले त राजा समेतको सरकार बनाउँने कुराहरु गर्न थालिसकेका छन।यस्ता बन्दुकेहरु नेपालको ईतिहाशमा धेरै भेट्टिन्छन।डा.कुँवर ईन्द्रजित सिहँ,रामराजा प्रसाद सिहँ जस्ले काठमाण्डुमा बम हाने अनि केहिदिन पछि राजदरवार बाट भाईर निस्केको हल्ला चल्यो।उछि उनैलाई भारतले राष्ट्रपति गडा गरेको ईतिहाशछ।यस्तै कयौँ अरुपनि बेलाबखतमा भेट्टिएका छन।
त्यसै त राजाको आबस्याकता छ भन्दै गिरिजाप्रसाद कोईरालाले “सेरेमोनियल किङ्ग”का कुरा पनि गरेका थिए।
अहिले बहुदलिए प्रदिशप्रधाको देशमा छलफल चलेको बेला हामि त्यसबारे पनि आ-आफ्नो धारणा राख्नै पर्ने हुँन्छ।बहुदलिए जनवाद भनेको नै त्यो अबस्था हो जो नौलो जनवादको ठिक बिपरित हुँन्छ।बहुदलिए जनवाद बाट कुनै गरिब जातको भलो हुँदैन बरु गरिबमाथि झन सोशण हुँन्छ जो भै रहेकोनैछ।
अहिलेको सम्बिधानमा समाबेसि र समाजवाद अनमुखका खाका कोरिएकोछ।तर ब्यबहारमा समाजवादी र समाबेसि तर्फ सिन्को भाँचिएकोछैन।त्सैले यिनिहरु कागजि बाघ हुँन भन्न सकिन्छ।कागजमा उनिहरुले ठुला ठुला घोषणा गर्छन तर ब्यबहारमा उनि त्यो भन्दापनि बढि कम्जोर हुने गर्छन।देश भित्र आज पनि उस्तै अबस्थाछ ब्यबहारमा कत्ति बदलिएको छैन तर कागजमा देशलाई सुजरलैण्ड बनाईयो।देशभित्र पानी जहाज आए रेल आए तर त्यो सबै भषणमा कागतमा आए।मेलेम्चिको राजधानीमा पानी आउँन करिब तिस बर्ष लाग्यो।भाषण गर्न सजिलो हुँन्छ बन्दुक पड्काउँन पनि सजिलो हुँन्छ बिकासको सिन्को सार्न गारो हुँन्छ।
सान्तिपुर्वक आमूल परिवर्तन गर्ने मन भय त यहि सरकारले पनि गर्न सक्थ्यो।
केहिमात्रामा संघियता खारेज गरेर अखण्ड नेपाल को निर्माण गर्ने।जो राष्ट्रीयता,सार्वभौमिक्ता,अखण्डताको रक्षाको लागि चालेको एउटा पाईला हुँनेथियो।प्रजातान्त्रीक विकेन्द्रीयता र स्थानीय स्वशासन माथि आधारित एकात्मक शासन स्थापना गर्न सक्थे।
हिँजो आफैले भन्दै आएको जस्को जोत उस्को पोत गराएर थुप्रो भूमिहिन किसानलाई जमिन बितरण गराउँन सक्थे तर त्यसो गर्ने त यिनिहरुको नियतनै छैन।बरु साम्राज्यावाद सँग कमिसनका लागि एमसिसि जस्तो घातक रोग निम्ताउँने,असमान सन्धि र सम्झौता गरेर देशलाई नाङ्गेझार पार्ने।जो काजि लैण्डुब दोर्जेको पद चिन्हमा हिँडेर देशको सार्वभौमिकता माथि धावा बोल्ने शड्यन्त्र गर्दैछन।सिक्किममा यस्तै भयर त भारतमा बिलयको बाताबर्ण तैयार भयको थियो।त्यँहाका ३२जना सासद मध्ये एकतिस जना सान्सद काजि लैण्डुब दोर्जेको पक्षमा उभाउँन सफल भयको थियो।देशको अबस्थालाई गम्भिर रुपमा बुझ्नुको साटो झन पछि झन देशको परिस्थितिलाई बिदेशको रागमा डोराउँछन अनि आफुलाई काम्रेड भन्छन।
संसोधनवादीहरुले गर्दा हाम्रो देशलाई मात्रैहोईन कम्युनिस्टको अन्तरराष्ट्रीय आन्दोलनलाई समेत ठुलो खतराछ।हाम्रो आन्दोलन नौलोजनवादी क्रान्ती तर्फ लक्षित हुँनुपर्छ।नाकि कथित यो बहुदलिए जनवाद तिर।कम्युनिष्टहरुले १००%को लागि शंघर्ष गरेपनि एक प्रतिशतलाई प्राप्त गरेर ९९%को लागी लड्ने ब्यबहार हुँनु पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार