शुक्रबार, बैशाख ७, २०८१

नौलो बाटो

  • आइतवार, चैत्र १५, २०७७
नौलो बाटो

सुरेशकुमार पान्डे।
जब संसारमा कम्युनिष्टको घोषणा पत्र तैयार भयो त्यो एउटा नौलो बाटोनै थियो।अहिले सम्म अन्धकारमा भड्किएका श्रमजीवी बर्गहरुको लागि त्यो सुनौलो भबिश्य तिर डोराउँन सक्ने नयाँ सनसारको कल्पनाको रेखाइकित गरेको नयाँ दुनियाँको खाका कोरेको शंघर्ष मय संगठित यात्रा।
हुँन त संसार भरीका श्रमजीवी बर्गले गर्दै आएको शंघर्षमय यात्रा नै हो।तर उनिहरुले जुन शंघर्ष गर्दै आएका थिए त्यो एक्ला एक्लै असंगठित प्रकारकोनै थियो।जो केहि अपवाद लाई छाडेर सफलता हाशिल हुँन सकेन।तर शंघर्षको ईतिहाश मानव समाजको बिकाश सँगसँगै हुँदै आयो।
केहि सामाजिक रुपमा लडेर समाजको रक्षा गर्ने मानवताको ईतिहाश भने बिस्तारै सुधारत्मक रह्यो।१८४८पछि मानव समाजमा जुन प्रकारको क्रान्ति आयो त्यस्तो पहिले आएन।तर शंघर्ष निरन्तर चल्दै आएको थियो।यो चरा चर जगत र जीवको ब्याख्या र बिष्लेषणमा धेरै बुद्धिजीवीहरु वैज्ञानिकहरुको महान र ऐतिहाशिक योगदानछ।
मान्छे वा समाज बिमार छ भन्नु र त्यसको उपचारको औषधी पत्ता लगाउँनु अलग अलग बिषयहुँन।१८४८भन्दा पहिलेका बुद्धिजीवी र वैज्ञानिकहरुले बिमारी पत्ता लगाए ता पनि त्यसको उपचार थाई रुपमा पत्ता लगाउँन सकेका थिएनन्।समाज रोगि भएको देखाए ता पनि उपचारको बिधि परिक्क न हुँदा त्यो टाउकाले टेकेर उभ्भिएको थियो।जस्लाई औपचारको बिधि पत्ता लगाएर खुट्टाले टेक्न सिकाउँने प्रथम ब्याक्तित्व मध्याका कार्ल मार्क्स र फ्रेडरिख एग्लेश नै थिए जस्लाई समाज परिवरतनको खाका कोरेर बर्ग शंघर्ष नै समाजको उपचार बताएका थिए।पृथ्वीको जनम र जीवहरुको विकास पछि मानव समाज र सभ्यताको उदय पछिको ईतिहाश पनि जोखिम पुर्ण थियो।मानिशले प्राकृतिक सँग लड्दै लड्दै आदीय साम्यवादी युग सम्म पुग्यो।त्यसपछि प्राकृतिक र समाज सँग शंघर्ष गरेर मानिशले तमाम खोज गर्ने प्रयात्न गर्दै आयो।दाश मालिक युग,सामन्वादी युग,त्यसैका बिकसित रुप हुँन।आदिम सम्मेवादी युग भन्दा दाश मालिक युग अलि प्रगतिशिल ब्यबस्था थियो त्यो भन्दा राम्रो सामन्तवादी युग भयो र त्यो भन्दा झन राम्रो पुँजीवादी युग भयो।समाजमा सबै भन्दा राम्रो ब्यबस्था समाजवाद पछिको साम्यवादी ब्यबस्था हुँन्छ।त्यो ब्यबस्था सम्म पुराउँने शुत्र भनेको मार्स्कवाद लेनिनवादनै हो।
मार्क्स्ववाद भन्दा पहिलेका थुप्रै काल्पनिक समाजवादीहरु थिए।जस्तो कि सेन्ट साईमन,रवर्ट ओबेन, चार्ल फुरिया थिए।पछिका दिनहरुमा चार्टिस्ट आन्दोलनले र पेरीस कम्युनले ऐतिहाशिक प्रेणा प्रदान गय्रो।पेरिसमा भएको पहिलो त्यो ऐतिहाशिक घटनाले मानव समाजमा खलैबैला गरायो र मानिसहरुलाई ठुलो शिक्षा दिन सफल भयो।
फ्राँसको राजधानी पेरीसमा मज्दुरहरुले गेरोको त्यो बिद्रोही र प्रथम पल्ट पुँजिपतिहरुको हातबाट सत्ता खोसेको घटना र त्यो सत्तालाई पुँन पुँजीपतिले खोसेको र त्यँहा कत्ले आम गरेको त्यो कहरले मानव समाजमा एउटा हलचल पैदा मात्र गरेन क्रान्तिकारीहरुलाई नयाँ शिक्षा प्रदान गय्रो।त्यसको परिणाम पछि लेनिनले गरेको महान अक्टुवर क्रान्ती लाई फाईदा मिल्यो।
हामिले काल्पनिक भौतिकवाद बाट वास्तबिक समाजवादी ब्यबस्था लाई देख्यौँ त्यो भौतिकवादी ब्यबस्था वर्गशंघर्श बाटनै प्राप्त हुँन्छ भन्नेकुरा बुझेका मिनिसहरुले झिना मसिना कुरामा आफ्ना बर्घहरु सँग टुक्रिनु भनेको बर्गशंघर्ष लाई कम्चोर बनाउ्नुहो।
अहिलेको अबस्थामा एकतिर पुँजिवादी प्रतिकृयावादी शक्ति हैबी भएको अबस्थामा श्रमजीवीहरुको दरिलो एकता हुँनु प्रनेहो।तर त्यो उल्टै आपसमा टुक्रिने र कम्जोर हुँने ब्यबहारले गर्दा श्रमजिविबर्गले आफ्नो खुट्टामा आफै बञ्चोरोले हान्दैछ।तर यस्तो किन भैरहेकोछ?त्यसबारे बुझ्न हामि लाई कतै टाडा जानु पर्दैन।मात्र आफुलाई गहन रुपमा अध्यायन गरे पुग्छ।हामिलाई पुँजिवादले असाय अबस्थामा ल्याएर उभ्याएकोछ।बिना पैसा हामिले कसैलाई आफ्नो रगत पनि डोनेशन गर्न सक्तैनौँ।गरिबको पसिनाले बनेका तमाम चिजहरुको गरिबले प्रयोग्नै गर्न सक्दैन।पुँजीलाई प्रधान बनाएपछि त्यो पुँजि प्राप्त गर्नको लागि सर्वप्रथम गरिब र सर्वहारा बर्गनै आपसमा लड्छन।भन्नेकुरा पुँजी पतिले बुझेकोछ।त्यसकारण उस्ले प्रतेक बिषयलाई पुँजिकरण गर्दै लगेकोछ।अब श्रमजीवी बर्गले काम पाउँनको लागि दलालहरु सँग हारगुहार गरेर उस्लाई कमिसन दिएर नोकरी मा लाग्न बाध्य गराई दिएकोछ।
यो सामाजिक राजनीतिक अबस्थाको विक्लप भनेको समाजवादी क्रान्ती हो।तर त्यो समाजवादी क्रान्ती को आधारभुत शक्ति अहिलेपनि कोसौँ टाडाछ।यतिबेलाको कम्युनिष्ट आन्दोलनलाई निम्न पुँजिवादी धारले लतारेकोछ भन्नेकुरा जगजाहेरछ।त्यसैले गर्दा कम्युनिष्ट आन्दोलन जस्लाई हामिले माथि नयाँ बाटो भनेकाछौँ त्यो बाटामा हिँड्नेहरु बिचमा जाँदै हराउँदै अलमल प्रदै गयकाछन।त्यो उनिहरुको मज्बुरी हो त्यो अबस्था कम्युनिष्ट आन्दोलनमा निरन्तर आईनै राख्छ।जबसम्म क्रान्तिकारीहरुलाई आफ्नो हातमा आन्दोलनको बागडोर लिन सक्दैनन्।
यदी बर्गशंघर्ष का बाहक शक्तिले आफ्नो हातमा कम्युनिष्ट आन्दोलनको कमान लिन्छन भनी बल्ल क्रान्ति सम्पन्न हु्नसक्छ।नत्र भनि यस्तै नौलो बाटाको गोलाईमा घुम्दा घुम्दै गनतब्य बिहिन भयर जानेछन भन्न कत्तिपनि नडराउँ।हामिले देखेका छौँ आफुलाई कम्युनिष्ट भन्नेहरुको हर्कत उनिहरुमा त्यो सबै छ जो एउटा बुजुर्वा छाडा ब्याक्ति वा प्रतिकृयावादी पार्टीमा पनि न हुँनु पर्ने वैगुणहो त्यो कम्युनिष्ट भनौदाहरुमा घर गरेकोछ।यस्तो अबस्थामा यिनै बाट क्रान्तिकारी सपना देख्नु भनेको पागल पन हो।त्यसैले मैले भन्छु नौलो बाटो छोप्नेहरुले पुराना तमाम रुढीवादी दाशताँको त्यो शाङ्ग्लो लाई छिनाल्न सक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार