शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जुटको आबरण-फुटो खेती

जुटको आबरण-फुटो खेती

  • बिहिबार, चैत्र १२, २०७७
जुटको आबरण-फुटो खेती

“तैँ काले मै काले,काले काले मिलेर खाउँ भाले।देशको राजनीतिको यस्तो अबस्थाछ।जनतालाई सुशान टिकाउ सरकार चाहिकोछ।देशलाई साख्खै शन्तान जस्ले आफ्नो रक्षा गर्न सकुस त्यो चाहिएकोछ।राजनीतिक पार्टीलाई सत्ता हत्थायर ऐयाशी गर्ने मौका चाहिएकोछ।छिमेकीलाई पनि आफ्ना कटपुतलि सरकार चाहिएकोछ।ताकि उस्ले आफ्नो ईसारामा नचाउँन सकुश।यो अहिलेको देशभित्रको अबस्थाहो।
राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि निरन्तर शंघर्ष गर्दै देशका होनहार युवा देशभक्त र क्रान्तिकारीहरुले प्रतेक पल्ट आन्दोलनमा प्राणको बाजि लगाउँछन।तर पछि त्यो आन्दोलनलाई गनतब्य हिन बनाईन्छ।अवसरबादी शक्तिले जनताको शंघर्षमा ब्याक्तिगत स्वार्थको सपना देखिरहेका हुन्छन र मौका मिल्दा साथ उनिहरुले जनताको अधिकार खोसेर आफ्नो पोल्टामा पार्छन।देशभित्र प्राय यस्तै हुँदै आएकोछ।धेरै जसो जनताले कम्युनिष्टमा आस्था राख्छन तर कम्युनिष्ट पार्टी खोलेर बसेकाहरुले जनतालाई गुमराह गराएर आफ्नो स्वार्थ पुरा गर्ने प्रयात्न गरेका हुँन्छन।उनिहरुले पद प्रतिष्ठाको लागि शिधान्तलाई दाउँमा राख्छन।उनिहरुको त्यही ब्यबहारले जानेर वा नजानेर कम्युनिष्ट आन्दोलनको नोक्सान गर्दै आएकाछन।
काम्रेड माओले जनता सँग नेताको नङ र मासुको सम्बन्ध हुँनुपर्छ भनेकाछन।जनतामा हामिले लुकाउँनु पर्ने केहि हुँदैन किनकी हाम्रो लडाई त जनताको लागिनै हो।जनता सँग एउटा सियो समेत बल जब्ति न लिने बताउँछन।कम्युनिष्टको परिभाषा त ‘साथि’हो घनिष्ट मित्र हामिले संसारलाई आफ्नो मित्र बनाउँन खोज्नेहरु आज आफ्नै भित्र अलमलिएका छौँ किन?यस्तो भै राखेकोछ।पुँजीवादले समाजवादलाई क्रस गर्ने प्रयात्नमा हुँन्छ।देशभित्र पुँजीको बिकाश हुँन थाल्यो भने उस्ले समाजबादी मार्ग छोप्नुको साटो साम्राज्यावादी बाटो छोप्छ भनेको झैँ।प्रतेक मानिसमा सानै देखि हाम्रो समाजले पैसा कमाउँने र ठुलो मान्छे बन्ने दाउँ पेच सिकाउँन थाल्छन।ब्यबहारमा पनि उनिहरुले देख्छन वास्तबिक रुपमा पैसानै सर्वशक्तिमान हुँनेरैछ।जो सँग धन छ उस्ले जेगेरेपनि हुँन्छ।वास्तबिक अर्थमा पैसा भयकोलाई त स्वतन्त्र मान्छे मार्ने पनि त रैछनी पैसा तिरेपछि ज्यानमारा पनि त उम्मकिदा रैछन।यस्तो देखेको बालखले पैसा कमाएर सर्वशक्तिमान बन्न खोज्छ अनि उ दिनदिनै भ्रष्टचारको त्यो दलदलमा पुग्छ।जँहा बाट उस्लाई कम्युनिष्ट ब्यबस्था सबै भन्दा खराब देखिन्छ।लालच त गरिबमा पनि छ पेट भरी खान पुगेपछि भोलिलाई राख्ने मन बन्छ अनि एउटा पाटो भयकोले आर्को पाटो खपाउँने मन बनाउँछ।यो समाजको हर जाति भित्रको प्रबृतिहो।कम्युनिष्टहरुले बैचारीक रुपमा सर्वहारा बन्न सिकाउँछ, आवहान गर्छ।आजको जमानामा सर्वहाराले कुनै सुबिधा हासिल गर्न सक्दैन।अहिले हामिले चलाउँने नेट तिनमैना लाई छ सए पर्छ।भारतमा अम्बानीहरुले जीओ बाट दैनिक खर्बौँ कमाउँछन।अनि गरिबले उनैलाई तिर्न एक आर्काको पेट काट्छन।पुँजीवादी ब्यबस्था भनेको यहिनै हो।विस्तारै उनिहरुले संसारको पैसा वा दुनिया भरीका श्रमजीवी बर्गको परिश्रम लाई सजिलरी लुट्ने प्लान भनाएकाछ।सरकारले सटेलाईट र उपग्रह तैयार पार्दा खरबौँ रुपिया लगानि भयो जस्को भरपाई सबै नागरिकले गरिरहेका छन।तर फाईदा त्यो धनीले उठाएकोछ जस्ले नेट सञ्चालनमा ल्यायो।गरिब जनाताको लागत बाट धनीले फाईदा लिन्छ।
हो कम्युनिष्टका दुश्मन भनेका त यिनै मुट्ठिभर शोसक मात्रै त हुँन।हामिले त्यो कुरा नबुझेर एकले आफु जस्तै आर्कालाई खराब देख्छौँ।तर त्यो खराब हुँनुको पछाडि के हो त्यो बुझ्न चाहाँदैनौँ।त्यसैले गर्दा हामी श्रमजीवीहरु आपसमै लड्छौँ र त्यो शोशकलाई छन बलियो बनाई दिन्छौँ।आफ्नो शक्तिलाई कम्जोर बनायर दुश्मन शक्तिलाई बलियो बनाउँन कमर कसेका हुँन्छौ।तर पनि गरीबहरु सबै जुन सुकै देशका श्रमजीवी भय पनि साँच्चै कम्मुनिष्टनै हौँ संसारभरीका गरिखाने बर्ग कम्मुनिष्ट बाहेक अरु हुँन सक्दै सक्दैन।किनकी त्यो पिडित बर्ग हो मज्दुर श्रमजीवी हो त्यसकारणले त्यो कम्युनिष्ट हो।मात्र उस्ले आफुलाई चिनेकोछैन र उ भड्किएकोछ।
अहिले हाम्रो देशमा कम्युनिष्टको खोल ओडेर किन बसेकाछन राजनीति पार्टीहरु?यो बुझ्न कत्तिपनि गारो प्रदैन।जनताले कम्युनिष्ट लाई देशको भबिश्य सम्झेकाछन त्यसकारणले गैर कम्युनिष्टहरुले पनि आफ्नो नाम कम्युनिष्ट राखेकाछन। देशलाई कम्युनिष्टले मात्र बिकाशको खाका कोर्न सक्छ भन्ने कुरा उनिहरुले बुझेका छन त्यसैले देशमा कम्युनिस्ट आस्था राख्ने हरुलाई उपयोग गर्न उनिहरुलाई लिश्नो बनाएर सरकारमा जानलाई कम्युनिष्टको आबरण तैयार पारेका हुँन्छन।
त्यसैले कयौँ हाँगा-बागा मा बिभाजित भयर जनताहरु लाई आ-आफ्नो पोल्टामा पार्न कोसिश गर्दै आएकाछन।तर देशभित्र कम्युनिष्टको बिउ जोगाउँन ठुलो संकट भयकोछ।
देशभित्र राजमो एउटा यस्तो शक्ति हो जस्लाई कम्युनिष्ट भन्दा आफैलाई गौर्व हुँन्छ।त्यसैलाई पनि टुक्राउँन बिभिन्न समयमा प्रतिकृयावादी शक्ति लाई परेकोछ।अहिले सम्म देशभित्र नेकपा(मसाल)ले नै शहि नीति अप्नाउँदै सहि समयमा ठोँश निर्णय लिन सकेकोछ।आजको अबस्थामा पनि लगातार बिदेशी हश्तक्षेपको बिरुद्धमा र संघियता को बिरुद्धमा लगातार अबिचलित रुपमा शंघर्ष गर्दै आएकोछ कोहीछ भने।जनताले अब नेकपा(मसाल)लाई राष्ट्रमा एउटा मात्र शक्ति जस्ले देशको भबिष्यको जोगाउँन सक्नेछ त्यही मात्र हो भन्न थालेकाछन।
कम्युनिष्ट पार्टी वास्तबिक अर्थमा भौतिक वादी हुँन्छ।जो सहिछ त्यसैको पक्षपोषण गर्छ,सहाशि शंघर्षशिल हुँन्छ कायर हुँदैन।मार्क्सवाद-लेनिनवादको रक्षाका लागि सदै अग्रिम पंतिमा उभिन्छ।मार्क्सवाद-लेनिनवादले नै बर्गशंघर्ष को पाठ सिकाएकाछन।रुसमा महान अक्टुबर क्रान्ति पछि रुसको काया पल्टियो।चीनमा नौलो जनवादी क्रान्तिपछि त्यँहाको काया पल्टियो।भियतनाममा हो-चि मिन्हको नेतृत्वमा देशले आफ्नो अस्तित्व बचाउँन सफल भयो।
एसरी कम्युनिष्टले बर्गशंघर्ष बाट जुनजुन ठाउँमा सत्ता हाथमा लिएका थिए त्यो देश आज संसारको बलियो मध्यकोछ।जँहा अहिले कम्युनिष्टछैनन् तरपनि त्यँहाको आर्थिक स्तर अरु देशको भन्दा बलियोछ।कम्युनिष्ट मात्र गरिब किसान श्रमजीवीहरु महिलाहरु जति र जनजातिहरु सबैको हक हित र समानताको लागि नियमित अग्रिम पंक्तिमा हुँने भयकोले यो सबैको पार्टी हो भनेर भन्न सकिन्छ।
तर अहिलेका हाम्रो देशका आफुलाई कम्युनिष्ट भनेर नथाक्किनेहरुको चाला कम्युनिष्ट बिचार सँग मेल कत्ति खाँदैन।खुलेआम एउटाले आर्कालाई गालि गर्ने,आलोचना गर्ने र कम्युनिष्ट एकताको नारा दिन्छन।कसरी एकता हुँन्छ जुटको आवरणमा फुटको खेति गरेर एकता हुँनै सक्दैश।कुन बिचार कँहा गर्ने त्यो उनि हरुले बिर्शिय कम्युनिष्ट हुँ भनेपनि कम्युनिष्टको शिधान्त उनिहरुले पोलेर खाई सकेकाछन।उन्लाई यादछ भने मात्र आफुलाई पद नमिलेको आफु मन्त्री बन्न नपाएको त्यस्तो याद छ।
पुँजिवादी र शामन्तवादी सोँचले ग्रसित भयका कम्युनिष्टहरुले पेसाको लागि कम्युनिष्ट पाल्टी ज्वयाएन गरेकाछन।अहिलेको अबस्थामा झोला बोकेर कम्युनिष्ट हुँदैनन बरु आफुले आफ्नो काम गरेर सक्यासम्म पार्टीको काम अनुसाशित रहेर गर्छन भने बरु त्यो ठिक हुँन सक्छ।अहिले पेसाको लागि पेसेवर बनेर कम्युनिष्टको बिचार लाई अप्नाउँन सक्दैनन भन्नेकुरा दिनको घामझै छर्लङ्गैछ।
हुन त एउटा क्रान्ती कारी कम्युनिष्ट पार्टीमा धेरै भन्दा धेरै पेसेबर नेताको खोचो हुन्छ तर पेसाको लागि पेसेबर बनेकाहरु भबिश्यमा पार्टी संगठनलाई आफ्नो स्वार्थको निशाना बनाउँन सक्छन।त्यसैले हामि जो जति भयपनि पार्टी संगठानको अनुसाशनमा बाँधिएर रहनुपर्छ।पेसाको लागि बनेका पेसेवर नोकरीका लागि पढाई गरेका बिध्यार्थि एकै एकै हुन्।

चर्चामा

सम्बन्धित समाचार