शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के यिनै नेताको नेतृत्वमा क्रान्ती सम्भब होला?

के यिनै नेताको नेतृत्वमा क्रान्ती सम्भब होला?

  • शनिबार, चैत्र ७, २०७७
के यिनै नेताको नेतृत्वमा क्रान्ती सम्भब होला?

अहिले देशको हालत कसै सँग पनि लुकेको छैन। देशभित्र साम्राज्यावादी चलखेल ईतिहाशको सबै भन्दा चरम अबस्थामाछ।सरकार अहिले नाममात्रको गराउँन सफलभयो।दुई तिहाईलाई टुक्राएर अल्पमतमा खडा गर्न सफल भयकोछ। यो बिगतका दिनहरुमा भन्दा तरल परिस्थितिनै हो भन्दा अशान्द्रभिक नहोला।देशका बिभिन्न भागमा अतिक्रमण त भयकैछ,हाम्रो भाषा साँस्कृति मा पनि चरम सोशण भयको अबस्थामा देशले झण्डै फिजिको हम सक्कल अप्नाएकोछ।यस्तो जटिल अबस्थामा देशमा आमुल परिवर्तन अनिवार्य हुँनै पर्नेहो।बिभिन्न बर्ग जात भाषा र लैङ्गियता मा समानता ल्याउँने र देशको आर्थिक अबस्था उठाएर आत्मनिर्भर गराउँन पहिलो कृषिक्रान्ति आधार भुत सर्त हो।हामिले पनि देशभित्र नौलो जनवादी क्रान्ति हुनै पर्छ भन्छौँ।तर के अहिलेको यो अबस्थामा यिनै नेताहरु द्वौरा क्रान्ति सम्पन्न हुँन सक्छ?अहिलेको प्रमुख प्रश्न यहि हो।जस्को उत्तर प्रस्टनै छ,यिनी नेताहरु मध्यका कयौँ कम्युनिष्टका लायक नै छैनन्।
नौलो जनवादी क्रान्तिले देशमा नयाँ ब्यबस्था जन्माउँनु पर्छ।यहि यो बस्थालाई ढाक छोप गरेर कुनै अबस्थामा पनि आमूल परिवर्तन सम्भव छैन त्यो सत्य कुराहो।तर नयाँजनवादी क्रान्ती का लागि मार्क्सवाद-लेनिनवादी शिधान्तमा टेकेर नै हुन सक्छ।त्यो का.माओको बिचार धारा अनुसार”सर्वहारा बर्गको नेतृत्वमा मिहेनत कस बर्गको अधिनायकत्वमा आधारीत साशन प्रणालि ल्याउँन स्वायम श्रमजिविबर्गले बर्गशंघर्षको माध्यायम बाट पुँजिवादी सामन्तवादीहरुको हातबाट खोसेर गरिब श्रमजीवी बर्गहरुको हातमा ल्याउँने ब्यबस्थालाई नौलो जनवादी ब्यबस्था भनिन्नछ।
अब अहिले क.बाबुराम भट्टराईले भन्नु भयको जस्तै बन्दुक उठाएर त्यो ब्यबस्था यिनै नेताहरुले ल्याउँन सक्छन?जस्ले हिँजो दश बर्ष सम्म भुमिगत रहेर कथित जनयुद्ध लडे अनि देशभित्रका त्यो होनहार शक्ति जो क्रान्तिकारी उदेश्य बोकेको थिए त्यो युवाहरुलाई १७हजार जति मराए र शहिदको खेति गरे।अनि आफुले आफ्नो जीवनमा माझिएको र खारिएको ब्यबस्था भनेको यही अहिलेको बहुदलिए जनवाद भन्दै मूल धारमा मात्र फर्किएनन्।उनिहरुले आलोपालो सरकारको स्वाद पनि चाखे।आफुले भनेको जस्तो नभयपछि उनिहरु आपसमै गुट बनाएर टुक्रा टुक्रामा परिणित भए।एकले आर्कालाई “रअ”का एजेन्ट,दरबार प्रस्त आदि आरोप प्रति आरोप लगाएर पार्टीलाई फुटाएका थिए।
जस्ले अहिले क्रान्ती अपुरो भयो भन्दै बन्दुक पड्काउँने धाग लगाउँदैछन।उन्ले त कम्युनिष्ट लाई पनि घोषित रुपमा छाडेर “नयाँशक्ति”हुँदै मदेशी दलसँग साईनो गाँसि सकेका हुँन।अनि उन्ले जनतामा क्रान्ति का गफलगाउँने कुन हैशियत हो?के उनलाई यसको अधिकारछ?पढेर पि एच डि गरेँ भन्दैमा देशका जनतालाई भेँडा सम्झिने भुल गरेकाछन उन्ले।उन्को हैशियत जनताको दृष्टीमा केसरजङ रायमाझिको जत्तिको पनि छैन।किन भने केसरजङ रायमाझि दरवार प्रस्त थिए।तर बाबुराम भट्टराईको ब्यबहार नव लैण्डुबको भन्दा फरक नपर्ला।अनि उनिबाट क्रान्तिकारी आन्दोलनको उठान गर्नु भनेको देशलाई सिक्किम बनाउँनु हुनेछ।अहिलेको अबस्थामा न त कसैले बन्दुक का गफ लगाउँने अबस्थाछ न कसैको त्यो हिम्मतछ।नाहिँ बन्दुकले अहिलेको अबस्थामा देश र जनताको भलो हुनसक्छ।
डाक्टर बाबुराम भट्टराई जस्ताले बन्दुकका कुरा गरेर जनतालाई गुमराह मा पारेर गर्न खैजेको सत्तामा प्रवेश वा अतिरञ्जित नारा दिएर सस्तो लोक प्रिय हासिल गर्न खोजेको कुरा कसै बाट लुकेको छैन।तर अहिले उन्ले जनता जनतालाई छक्काउँन सक्ने छैनन् किन भने उनिहरु जनता बाट नाङ्गि सकेका खल पात्र हुँन।
अहिले देशमा एउटा मात्र बिक्लप केहो भने सबै देशभक्त र वामपन्थि मिलेर सरकारको बनाउँने तर यिनि ओलि लगाएता नेताहरु लाई सत्ताबाट हटाउँने।खास गरेर एम सीसीका दलाल हरुलाई सत्तामा पस्न नदिने साथै देशबाट संघियता लाई जरै बाट खारेज गर्ने।अहिलेको मुख्य जोड हुनु पर्छ।
अहिले ओलि,प्रचण्ड सँग पनि जनताले बिस्वास गर्ने रत्तिभर ठाउँ छैन।
वास्तबमा साम्राज्यावादी ईसारामा नै देशको त्यो बलियो संसदलाई अल्पमतमा पारिणित गराएकाछन।पुसको पाँच गते देशमा त्यतिकै आएन यस्मा पनि ठुलो रहश्यछ।यँहा एउटाले आर्कालाई भारत परस्त भन्छन तर यिनिहरु मध्य कुनैपनि चोखो छैन।साम्राज्यावादी शक्तिले यिनिहरु लाई बेग्ला बेग्लै उक्साएर देशलाई आफ्नो रण क्षेत्रमा परिणित गर्न खोजेकैछ।
अहिले जुन दुई तिहाई सरकारलाई टुक्रा टुक्रा पारियो र अहिलेको यो हालतमा पुराईयो।यस्को बराबर जिम्मेवार ओली र प्रचण्डछन।प्रचण्डले ओलिलाई काम गर्न तगारो तेर्छाउँने त्यहि बहानामा ओलिले संसदलाई बिघटन गरेर मध्याब्दि निर्वाचन गराउँने जुन सिफारीस गरे त्यो त्यतिकै गरेका छैनन।त्यसमा साम्राज्यावादको ठुलो चालछ भन्नेकुरा छर्ङ्गैछ।त्यो संसदबाट साम्राज्यावादको एम सीसी लाई पारित हुँने सम्भावना थिएन,आर्को काला पानी लिपु लेख र लिम्पियाधुराको जुन नयाँ नक्साहो यस्लाई बर्तमान सरकले न त निल्न सकेको थियो न ओकल्न सक्यो वास्तबमा ठुलो जनदवाबमा ओलि सरकारले नयाँ नक्सा पारित गराएपनि त्यो ब्यबहारमा लागु गर्न त्यति सजिलो थिएन र मोदी सँग फोन बार्ता भयपछि ओलिले पाठ्यापुस्तकमा त्यो नक्सा राख्न रोक लगाएकोले पनि पुष्टि गरेको थियो।त्यसकारणलेपनि संसद सरकार बिघटन गर्न ओलिको सरकारलाई आबस्याक परेको थियो।अहिले देशमा यिनै दुईटा मुद्धाहरुले यो तरल अबस्थालाई जन्माएको हो।यिनै मान्छेहरुले फेरी सरकार चलाए भने पहिलो सर्त काला पानी को निशान छाप बारे पुर्न समिक्षा र आर्को सर्त एम सीसी लागु गराउँन दबाव दिनेछन।
काग्रेसका शेरबहादुर देउबा पनि यो मुद्धामा चोखा छैनन् उन्ले एम सीसी लाई पारित गराउँन जोड लगाएकाछन।
यस्तो देशको अबस्था लाई देखेर जनताको सस्तो लोक प्रियता लाई जुटाएर बिचको बाटो बाट रकारमा पुग्ने उदेश्यले अहिले बाबुराम भट्टराईले बन्दुकका कुरा गर्दैछन।बन्दुक का कुरा गर्ने बन्दुक पड्काउँने त जस्ले गरेपनि भयो तर बन्दुक पड्केपछि त्यसको रिजल्ट के हुन्छ भन्ने बारे पहिले अध्यान र अनुमान गर्न सक्नु पर्छ।
वास्तबमै अहिलेको अबस्थामा बन्दुक उठाएर गृह युद्ध गर्नु गराउँनुको मत्लब देशलाई सिक्किम बनाउँनुनै हुनेछ।त्यो राष्ट्घाति बिचारलाई त्यागेर सबै देशभक्त र बामपन्थि शक्तिहरुको सरकार बनाउँने र सबै भन्दा पहिले देशमा आएको संघियता लाई फालेर देश आत्मानिर्भर गराउँनमा जोड हुँनुपर्छ।देशमा सम्बिधान सभा द्वारा बनेको सम्बिधान लाई संस्थागत गर्दै यसमा रहेका संघियता लगायतका कयौँ गलत अप्सनहरु लाई हटाएर देशलाई अखण्ड र बलियो बनाउँन जोड दिनुपर्छ।यो हामि सबैको क्रतब्य हो।

चर्चामा

सम्बन्धित समाचार