शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • थोरै भयपनि असल बनौ!

थोरै भयपनि असल बनौ!

  • सोमवार, चैत्र २, २०७७
थोरै भयपनि असल बनौ!

मैले धेरै पहिले लेनिनको शब्द कोश बाट”थोरै भयपनि असल बनौ”भन्ने एउटा लेख लेखेको थिएँ त्यो केहि पत्रिकाहरुले छापेका थिए।अहिले त्यहि शिर्सकमा एउटा आर्को तर छोँटो लेख लेख्ने मन लाग्यो।उति बेला मैले कम्युनिष्टहरुलाई भन्न खोजेको थिएँ कम्तिमा थोरै भयपनि असल कम्युनिष्ट बन।तर अहिले प्रसंग अलि फरक छ।अहिले मेरो लेखाईको उदेश्य देशभक्तको बारेमा हो।यति बेला देशभक्तको धेरै खाँचो हुँनथालेको महेशुर्ष भयकोछ।
देशमा अहिले ईतिहाशको सबै भन्दा तरल अबस्था आई लागेकोछ।त्यो किन भने पहिले हाम्रो देशमा बढि प्रतिगमनको खतरा हुँन्थ्यो तर अहिले साम्राज्यावादी खतरा कयौँ गुना बडेर गयको अबस्थाछ।तर यस्को मतलब यो पनि होईनकी प्रतिगमनको खतराछैन भन्ने भनाई मेरोहोईन।देशमा भएको यो खिचलो पनि सम्भबत साम्राज्यावादको खेल हुँन सक्छ।हाम्रो देशलाई सदियौँ देखि साम्राज्यावादी शक्ति द्वौरा बिस्तारै आफ्नो बिस्तारवादी जालमा बल्झाएर यँहाको अर्थ ब्यबस्था डामाडोल गरिएकोछ।छिमेकीले गरेका असमान सन्धि र सम्झौताहरुले देशलाई फिजि बनाई सकेकाछन।हाम्रो देशलाई बृटीस साम्राज्यावादकै पालामा भयको सुगौली सन्धि,गोर्खा भर्ति केन्द्र ले देशको रिढ लाई कम्जोर बनायो।प्रथम सुगौलि सन्धिले देशलाई अर्ध उपनिबेसिक बनायो दोस्रो गोर्खा भर्ति केन्द्रले देशका होनहार युवाहरुलाई बिदेशमा भाडाको सैनिक बनायो।जस्ले गर्दा यो देशका होनहार युवाहरु बिदेशको नोकरीमा रामाउँन थाले।आफ्नो देशमा उद्दोग कल कारखानाहरु बिस्तारै ठप्प भय र बिकासमा ताल्चानै लाग्यो।देशमा सामन्ति साशन बाट आहाल बेहाल नेपाली युवाहरु बिदेशी गल्लि चार्न बाध्य भए।भारतको आजादी पछि भारत र नेपालको बिचमा आर्को असमान सन्धि गरियो त्यो भारत र नेपाल बिचको मैत्री तथा शान्ति सन्धि थियो।जस्ले रहेसहेको कसर पुरा गय्रो।अब त्यो सन्धि बाट भारत र नेपाल बिचमा बराबरी को ब्यबहार गर्न लगाई देशलाई आर्को पल्ट संकटमा ढेकल्ने प्रयात्न भयो।त्यो सन्धिको दशवटा धारा मध्यको धारा सातले देशलाई मिनि ईन्डिया बनाउँन छुट दिएकोछ।यानिकी बेरोक टोक जति पनि आउन र जान सक्किनछ।जन संख्याको आधारमा हेर्नेहो भे पनि यस्तो सन्धि हाम्रो देशको लागि अत्यान्तै असमान छ।त्यसको धारा आठले हाम्रो गुमेको भुभागलाई फिर्ता गरेको भयता पनि त्यो ब्यबहारमा ल्याईएन।मात्र एकतर्फिए रुपमा लागु भयपनि त्यो खारिज हुन सकेकोछैन।
यस्तो देशको जटिल अबस्थामा देशभित्र संघियता ल्याए जो नेपाली जनताको माग पनि थिएन।तरपनि देशलाई संघिय गणतान्त्रीक घोषित गरेर देशभित्र खिचलो श्रृजित गराए।हाम्रो देशलाई त्यो संघियता को भार बोकाएर नेताहरुले देशलाई झन अपठ्यारो भिरमा पुराए।नता हाम्रो देशमा आर्थिकको भार झेल्न सक्ने क्षामतानै छ न भोगौलिक रुपमा संघियताको आबस्याकता थियो।मात्र बिदेशको ईसारामा देशभित्र संघियता जस्तो रोघ लाई ल्याए।
पहिले देशमा एउटा संसद थियो अब देशमा नौवटा संसद आठौटा सरकार हरु छन।यस्को लागि आर्थिक पनि जुटाउँनु पय्रो।आयाश्रोतको नाउमा रेमिटेन्सी बाहेक जनता बाट असुल्ने कर हो।आखिरमा यति ठुलो खर्च कसरी पुरा गर्ने यो देशको लागि अहिलेको प्रमुख चुनौती भयकोछ।
त्यसैले सरकारमा मत्रि हरुले धनको जुगाड गर्न बिदेशीहरुको अनुदान अथवा एम सीसी लाई लागु गर्ने निर्णय गरेकोछ।त्यसैलाई पारित गराउँन र निशान छाप त्यो नक्सालाई आफ्नो स्वार्थमा उपयोग गर्न भारतको तर्फबाट त्यहि बिषयलाई लिएर हाम्रो देशमा दुई तिहाई भयको सरकारलाई बिघटन गरेर अहिले नेताहरुमा एकप्रकारको होडछ।कस्को सरकार बन्छ अनि त्यो एमसीसीको मुद्धालाई देशको सदन बाट पारित गराउँन सकिन्छ।यहि चिन्ता यँहा का राजनीतिक शक्तिहरु बाट हुँनेगरेकोछ।देशमा सरकारले जनताको लागि नता बश छन न सरकारी अस्पत्तालमा निसुल्क उपचार हुन्छ।मात्र सरकारमा बस्ने बिदेशिको दलालि गर्ने भत्ता पचाउँने खेल भयकोछ।अनि भन्छन हामिलाई काम गर्न दिएनन्।
काम गर्ने नियति हुन्छ भने कुनै माईका लालले रोक्न सक्दैन भन्नेकुरा त दिल्लीका सि एम को उधारण बाट पनि बुझ्न सकिन्छ।दिल्लीमा “आम आदमी”पार्टीले अहिले तेस्रो पल्ट त्यँहाको संसदको ७०सिट मध्या ६३सिट चितेर सरकार चलाउँदैछन।यो उन्को तेस्रो पल्टको सरकार हो।१६-११-२०१२देखि दिल्लीमा केजरिवालले सरकार चलाएकाछन।यद्द्यापी केन्दरमा बिजेपीको सरकारछ।उस्लाई हराउँन सक्या सम्मको जोड लगायो।तरपनि उस्को केहि चलेन दिल्लि केन्द्रशासित प्रदेश भयकोले प्रसासन लगायतका कयौँ सेक्टरमा सेन्टर कमिटीको पावरछ।तरपनि कम्तिमा देल्लीका जनतालाई बीजली४००सम्म फिरी पानी २०हजार लिटर मैनाको फिरीमा अहिले महिलाहरुलाई बशको किरायामा पनिमाफि भयकोछ।सरकारी खर्चमा उपचार भयकोछ।१४,८४बर्ग किलो मिटर र बर्ग माईलमा ५७३छ जस्मा सहर७८३ र ग्रामिण क्षेत्र ७००किलो मिटरछ।जनसंख्या अत्याधिक भयको दिल्लीमा बिजली पानी र बसको किरायामा पनिमहिला रु लाई छुटछ।
हाम्रा देशका आफुलाई कम्मुनिष्ट भन्नेहरुले बरु केजरीवाल सरकारबाट शिक्षा लिए उनिहरुलाई मार्क्स वाद लेनिनवाद अध्मान गर्ने दुःख नगरेपनि हुँन्छ।देशभित्र अहिलेको अबस्थामा ओलिले दुई तिहाई लाई बिघटन गरेर पुनःचुनाउ गराउँने र दुई तिहाई सिट ल्याउँने सपना देखेका थिए तर अब उनिहरुलाई जमानत समेत जफत हुँन भर छैन।किनकी जनताले उन्को कमजोर पक्षलाई मुल्यांकन गरि सकेकाछन।यति बेला देशमा कम्तिमा देशभक्त हरुको एकमना एकता भयर सरकार चलाए कम्तिमा देशलाई खतरा कम हुँने थियो।यदि कम्युनिष्टहरुको बिचमा फुट भयर सरकारको नेतृत्व मधेशवादी दल वा काग्रेसको हातमा गयो भने देशले झनठुलो दुर्घटना ब्यहोर्नु पर्नेछ।भन्ने कुरालाई बुझेर आफुलाई कम्युनिष्ट देशभक्त भन्नेहरुले एकमना एकता गरेर जानु अहिले समयको माग हो।

चर्चामा

सम्बन्धित समाचार