आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • क्रान्तिको परिभाषा के हो?

क्रान्तिको परिभाषा के हो?

  • शुक्रबार, फाल्गुन २८, २०७७
क्रान्तिको परिभाषा के हो?
     सुरेशकुमार पान्डे

 हिँजो आज हाम्रो देशमा क्रान्तिकारी गफको फेशन नै भयो।जस्लाई संसदमा मन्त्रीको सिट मिल्दैन वा सरकारमा जाने पालो पाउँन्न उसैले क्रान्तिको धाग लगाउलछ।हिँजोका दिनहरुमा छिमेकी सँग भयका असमान सन्धि सम्झौता खारेजीको धाग लगाउँथे तर अहिलेको राजनीतिक आन्दोलन क्रान्ति का गफ हुन्छन।
त्यस्तै प्रकारले अहिले प्रचण्डले पनि फेरी क्रान्तिको नेतृत्व गर्छु म चुप्प लागेर बस्दैन भन्दै मिडियाहरुमा आफ्नो रिस पोखेकाछन।यो बिचार उन्ले अहिले आफ्नो सरकार नबन्ने देखेपछि गरेका हुँन।
यो भन्दा पहिले उनि मुल धारमा आउँने बेला संसदिय जनवाद आफु माझिएर खारिएको बिजन हो भनेका थिए।उनि सरकारमा बसे त्यसपछिको लामू समय आलो पालोको सत्ता स्वाद चाखे।बिगतको आम निर्वाचन पछि सरकार बनाउँन एमाले र एकिकृत माओवादीले पार्टी एकता गरेर संसदमा झण्डै दुई तिहाईको सरकार ओलीको नेतृत्वमा गठन गरेर अढाई बर्ष जति सरकारपनि चलाए।यो द्वौरानमा प्रचण्डले ओली सरकार भित्र रहेर पनि प्रतिपक्षको जस्तो भुमिका निर्वा गरेको र सरकार अनिर्णयको बन्दी भएको ओली को मुख बाट सार्वजनिक रुपमा सुनियो।प्रचण्डले त्यसको बिरोध भन्दा पनि सरकारको खुलेर बिरोध गरेको कुरा जग जाहेरछ।पुषको पाँच गते ओलिले संसद बिघटन गरेर आम निर्वाचन गराउँने सिफारिश गरे त्यसपछि प्रचण्डले बिघटित संसद लाई पुर्नबहाली गराउँन भारत सँग समेत ग्वार मागे।यध्यापी भारतकै सल्हामा मोदीले संसद बिघटन गरेको हुँन सक्ने कयौँका तर्कहरुपनि उस्तैछन।प्रचण्ड दिल्लि पुगेर पनि सबैका नारि छाम्ने प्रयात्न गरेका थिए।
त्यो बेला सर्वोच्चमा रिट परेपछि ओलिले पनि उस्तै सर्वोच्च समेतलाई वार्गेनिङ्ग गर्ने उदेश्यले ठुला ठुला चुनावी सभाहरुको आयोजना गरेर सर्वोच्चलाई आफ्नो पक्षमा लतार्ने असफल कोसिश नगरेका होईनन्।अहिले सर्वोच्चको फैसला संसदको पुर्नबहाली गर्ने आएपछि ओलिको सरकार लाई भन्दा पनि प्रचण्डलाई संकट परेकोछ।उन्को सरकार बन्ने सम्भावना नदेखेरै होला अब फेरी क्रान्तिकारी आन्दोलनको थालनी गर्छु भन्दै हिँड्छन।आखिरमा उन्ले क्रान्ति भनेको कस्तो खालको क्रान्ति हो,त्यसको परिभाषा केहो?उन्लाई प्रधान मन्त्री बनाउँने राष्ट्रपती बनाउँने खालको क्रान्तिनै हो उन्ले खोजेको।उनिहरुले २०५२सालमा पनि देश र जनताको लागि क्रान्ति गरेनन् देश र जनताको लागि गरिने क्रान्तिकारी आन्दोलन बर्गिय हुँन्छ।सर्वहारा बर्गको नेतृत्व र मिहेनतकस बर्गको अधिनायकत्व भयको ब्यबस्था नौलो जनवादी हुन्छ।उनिहरुको कथित जनयुद्धमा शहिदको खेति त जरुर भयकोछ तर कुन बर्गको हितमा र कुनबर्गको बिरुद्धामा बन्दुक पड्काईयो त्यो सबैको सामु छर्लङ्गैछ।त्यो बेला सरकारी सम्पतिलाई नष्ट गरियो बैङ्क लुटियो स्कुलका रिकार्टहरु पोलियो यस्तो खालको अभद्र ब्यबहार गरेर उनि संसदिय ब्यबस्थामा मन्त्री प्रधान मन्त्री भए।उनिहरुले त्यो मात्रै गरेनन् कम्युनिष्ट क्रान्तिकारीहरुलाई बद्नाम समेत गर्न कुनै कसर छाडेनन्।देशमा संघियता भित्राए देशलाई सात टुक्रामा बिभाजित पारे अनि बर्गिय लडाईलाई क्षेत्रिय र जातियमा बिभाजित समेत गराए।छिमेकमा कयौँ बर्षदेखि सस्त्र आन्दोलन गरेका क्रान्तिकारीहरुलाई समेत आफ्नो ब्यबहारले शंदेश दिने भन्दै उनिहरुलाई मुलधारमा आउँन आबहान गरे।त्यस्तो प्रकारको क्रान्ती गरे उनिहरुले।राजा सँग अघोषित एकता गरेर आफ्नै बर्गका जनताहरुलाई खुराकी नदिएको सुराकी गरेको भन्दै गोलि हाने।उनिहरुलाई भारी बोकाए त्यो अभद्र ब्यबहार गरेका थिए।अहिले सरकार नबनेपछि फेरी त्यस्तै गर्ने धम्कि दिँदै हिडेकाछन प्रचण्ड।
हामिले आजिवन समाज लाई संगठित र सचेत गरेर एउटा सच्चा देश भक्त क्रान्तिकारी बनाउँने कोसिश गर्दै आएकाछौँ।देशमा आमूल परिवर्तन गर्ने उदेश्यले जनता सचेत र संगठित नहुँदा सम्म हाम्रो देशमा आमूल परिवर्तन असम्भब छ भन्ने हामिलाई लागेकोछ।
अहिले हेर्नुश त शिवरात्रीको दिनमा हाम्रो देशका आफुलाई कम्युनिष्ट भनेर नथाक्के मध्य कयौँको ब्यबहार शिब लिँङ्गको पुजा,भाँङ्ग धतुराको सेवन।यस्तोछ सामाजिक चरित्र फेसफुकमा नागा बाबाहरुको तस्विर अपलोड भयकाछन।के कार्ल मार्क्सको भनाई अहिले पनि पुष्टी भयकोछैन त?धर्म मानिशको मगजमा घुसेको भाँगको नसा जस्तै भयकोछ।राम्रो केहो नराम्रो केहो त्यो बुझ्ने क्षामता सकियो।अनि आफुलाई कम्युनिष्ट भने भैगो।
एकजना बुद्धिजिबीको भनाई छ”मानिसहरुको बुझाईमा मानिशलाई भगुवानले बनाए तर वास्तबिकता यो हो कि भगवानलाई मानिशले नै बनाएकाछन।”ईतिहाशनै साँचिछ मानिशको उत्पति भयपछि भगवानको निर्मणा भयकोछ।भगवानका कथा काब्याहरु मानिश द्वौरा रचिएकाछन।मुर्तिहरु मानिशलेनै तरासेकाछन,मन्दीर,गुरुद्धारा,चर्स,मज्जिद ,आदि मानिसले त बनाएका हुँन।यस्तो प्रष्ट हुँदाहुँदैपनि मानिशले आफुलाई भगवानका औतार सम्झिन पुग्छन।यस्तो खालको समाजिक अबस्थालाई उपयोग गरेर अवसरबादहरुले आफ्नो ऐयासिका लागि सत्ता कब्जा गर्ने र आफु जिउँदै स्वर्गमा बस्ने र अरु जनतालाई मरेबसी स्वर्गको अनुभुति हुँन्छ भन्दै छक्काउँने गर्दै आएकाछन।
अहिलेको प्रचण्डको क्रान्तिकारी गफ देशका अन्या राजनीतिक पार्टीहरु र जनतालाई दिएको एक प्रकारको वार्गेनिङ्ग नै हो।देशमा बिकाश गर्ने नियत भए कसैले रोक्न सक्दैन भन्ने कुरा भारतको दिल्लिमा केजरिवाल सरकारले पनि राम्रैगरी पुष्टी गरेकोछ।उन्लाई चारै तिरबाट घेरा हाल्दा पनि दिल्लि को अबस्था कसैबाट लुकेकोछैन।ओलिले आफ्नो सरकारलाई काम गर्न नदिएको आरोप लगाउँछन।यि सबै बहानाहरु हुँन उन्लाई संसदको बिघटन गर्ने अरुकसैको दवाब हुनसक्छ।अहिले पर्चण्डलाई पनि उक्साउँने हुनसक्छन।किनकी देशलाई साम्राज्यावादले सिक्किमिकरण गराउँन लगातार प्रयात्न गर्दै आएको अबस्थामा यस्तो परिस्थिति भयको हुँनसक्छ।

चर्चामा

सम्बन्धित समाचार