शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • हात्तीलाई किन हुँदैन क्यान्सर ? अध्ययनको यस्तो खुलासा

हात्तीलाई किन हुँदैन क्यान्सर ? अध्ययनको यस्तो खुलासा

  • बिहिबार, फाल्गुन २७, २०७७
हात्तीलाई किन हुँदैन क्यान्सर ? अध्ययनको यस्तो खुलासा

वैज्ञानिकहरुले पछिल्लोपटक एउटा निकै नौलो तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हात्तीमा यस्ता वंशाणु पाइन्छन् जसले हात्तीलाई क्यान्सर हुनबाट जोगाउँदछ ।

युनिभर्सिटी अफ बफेलोका भिन्सेन्ट लिन्च र युनिभर्सिटी अफ क्यालिफोर्नियाका जुआन म्यानुअल वाजक्वेजले उक्त शोध गरेका हुन् । शोधकर्ताका अनुसार सामान्यतया जब जिवहरुको सरीरको आकार बढ्छ तब क्यान्सरको खतरा पनि बढ्दछ । तर हात्ती यसमा अपवादको रुपमा रहेको छ । हात्तीमा क्यान्सर प्रतिरोधी क्षमता हुने निष्कर्ष शोधकर्ताको छ ।

शोधकर्ताका अनुसार हात्तीको सरीरमा ट्युमर दबाउने जिनहरु ठूलो मात्रामा पाइन्छ । हात्तीमा खासगरी डिएनए मर्मत गर्ने, अक्सिडेटिभ स्ट्रेस कम गर्ने, कोशिकाहरुको विकास गर्ने तथा उमेर र मृत्युसम्मको प्रक्रियालाई सम्हाल्ने लगायतका जिन पाइन्छन् ।

शोधकर्ता वाजक्वेजका अनुसार हात्तीमा गरिएको उक्त अनुसन्धानले भविष्यमा यहीँ प्रकारको जिनको सहयोगले क्यान्सरको उपचार समेत गर्न सकिने सम्भावनाको ढोका खुलेको छ । उनका अनुसार हात्तीका अलावा गोल्डेन मोल्स, एलिफेन्ट श्रुस, रक हाइरेक्सेस, म्यान्टिस लगायतका जिवमा पनि यस्तै जिन पाइन्छ ।

उनका अनुसार सरीरमा भएको ट्युम प्रतिरोधी जिनकै कारण हात्तीको सरीरको आकार यतिठूलो भएको हो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार