बिहिबार, बैशाख २७, २०८१

आमाको अपमान

  • शुक्रबार, फाल्गुन २१, २०७७
आमाको अपमान

आधा धर्ति आधा आकाश महिला र पुरुशहरुको समान रुपमा श्रृष्ठिकर्ताको योगदान छ।हाम्रो समाजमा महिलाहरुले जन्मे देखि न मर्दा सम्म निरन्तर काम गरि राखेका हुँन्छन।हुँन त गरिब बर्गका पुरुशले पनि मिहेनत मज्दुरी लगातार गरेकै हुँन्छन।तरपनि महिलाहरुलाई अँझ बढि मिहेनत गर्नु परेको हुँन्छ।उनिहरु बिवहा भन्दा पहिले जनम घरमा त्यो घरको रक्षक भएर घर भित्र र घर भाईरको तमाम काम गरेका हुँन्छ।अनि जब बिवहा हुँन्छ उनिहरुले त्यो घरमा आफ्नो जीवन यापनको लागि एउटा नयाँ सिराबाट घरजम बनाउँनु पर्छ।यो तब सम्भब हुन्छ जबकी त्यो महिला त्यो घरकी आज्ञाकारी भयर बिस्वाश हाशिल गर्न सक्छन।
अहिले हिँजोका जस्ता दिनहरु छैनन् उनिहरुलाई अब अर्को समस्याछ त्यो हो दैजो बिबहा भयर आफ्नो हकमा पर्ने सम्पत्ति भन्दापनि पारिवारीक मायाँ देखावटी रुपमा भयपनि दैजो लिने र दिने चलन बस्दै गयकोछ।कसैले आफ्नो छोरालाई डाक्टर ईन्जिनियर पढाएकोछ उस्लाई उस्तै पढेको श्रीमति र सँगै दैजो चाहिन्छ।त्यसमा पनि रोजेर महिला को रंग रुप हेरेर मात्र पुरुशले मन लगाउँछन तर महिलाको बाध्यता बा आमाले जा भनेर पठाए पछि जानै पर्ने।उनिहरुलाई सानै देखि मानसिकरुपमा क्रुप पार्ने पिछडियको समाजछ।सानै देखे पुतली जस्तो पारेर त्यहि सँस्कारमा हुर्के पछि कम्जोर हुनेनै भए।
मासिक धर्मको बेलामा उनिहरु कसै सँग छोईनु भैन असलमा उनिहरुको लागि छाउ गोठ तैयार पारिन्छ।नेपालमा जता कतै बिभिन्न पर्कारका त्यो बेला ब्यबहार भयपनि उदेश्य एउटै हो।जुन बेला महिलाहरु लाई स्यार सुसारको आबस्याकता हुँन्छ त्यो बेला उनिहरुको भागमा अपहेलित र तिरस्कार आउँछ।चिसो हौश वा तातो कसैलाई छाउगोठमा ,कसैलाई सिक्वा तिर लिश्नाको मुनि दलानमा जस्को जस्तो रिति छ उस्ले उस्तै गर्नेगर्छ।
साना छँदा त हामि सबै आमा बाको अधिन हुन्छौ तर छोरीलाई गर्भमा पनि खतराछ।उन्लाई गर्भमै मारिने डर छ।एउटै कोखमा जन्मेका एउटै काखमा हुर्केका छोरा छोरीलाई हेर्ने दृष्टीमा फरक किन?गरिब मान्छेलाई पनि यस्तो लाग्छ कि छोरा त नभै नहुँने चिच पो रैछ।अनि छोरी त आर्काको घरको अमानत पो हो।यस्तो सोचले छोरीलाई कम्जोर बनायो।
बिहे भयपछि बुहारी ले आफ्नो घरको दुखःसुख्ख धानेर बस्नु पर्छ।कसैको मुख लाग्नु हुँदैन तर खान र लाउन भने आर्कैको मुख ताक्नु पर्छ।जस्ता कयौ आदर्शबादी बिचारलाई झेल्न सिकाएका हुन्छन।छोरा छरीको आमा भयपछि उनिहरुले स्वयम पनि छोरा र छोरीको माझमा फरक दृष्टी अपनाउँछन।जस्तो उन्ले आफ्नो सासु बाट भोगे उस्तै आ-आफना बुहारीलाई गराउँछन।अनि जब छोराहरु ठुला हुन्छन उनिहरुको आश्रितमा अधिनमा आमा लाई रहनु पर्छ।यसरी जिवन भरी छोरीको जातले आर्काको अधिनमा बाँच्नु पर्छ।एउटी छोरी देखी आमा भयको महिलालाई आफ्नो अधिकारको ज्ञारन्टीनै छैन।जुन छोराको लागि नौ मैन आफ्नो कोख र पाँच बर्ष काखमा राखेर आफ्नो खुन चुसायो अन्तिम अबस्थामा उसैले हेला गर्छ बृद्धा आश्रम पठाउँछ।उस्तै बुहारीले सासु सँग अमिलो ब्यबहार गर्छन आखिर भोलिको दिनमा सासु आफु पनि बन्ने हो।बृद्धा अबस्था आफ्नो पनि आउँनेछ त्यो सबै बिर्शिएर उनिहरुले पनि आफ्नो त्यो पावर गलत ईस्तिमाल गर्छन।
गरीब घरका महिलाहरुले आफ्नो घरमा निमेक गरेर भयपनि आ-आफ्ना बाल बालिका लाई पालेका हुन्छन प्रवरीश गरेका हुन्छन।हाम्रो देशमा पुरुश जति बिदेशमा र महिलाले घर सम्हालेका हुन्छन।साँचै भन्ने हो भने देशभित्र त महिला र अशाय बाल बालिका बृद्धाहरुनै बस्छन।युवाहरु त आर्काको देशमा कमारो जस्तै भयर बस्नु परेकोछ।
पुरुशले बिदेशमा बसेर आर्को बिहे गरेपनि महिलाले त्यो घर धानेर बसेका हुन्छ तर अलिकती कतै हाँसेको बोलेको कुरा कसैले लाईने नै हाल्यो भने पनि अब त्यो महिलाको घर बर्वाद भयो।यसरी महिलाहरु बाँच्दा सम्म आफ्नो घरको मालिक हुन सक्दैनन।
केही बर्ष पहिलेको कुराहो एउटी महिलाले मिहेनत गरेर माईत बाट पनि सहयोग लिएर राम्रो होटेल खोलिन अनि त्यँहा खान खान आएको ग्रहाक सँग हाँसेको बोलेको आरोप लगाएर उस्लाई प्रताडित गरियो।परिणाम उ बिचरी कतै पोईल गईन।उस्ले आर्कि बिहे गय्रो तर सजाए मिल्यो उनिहरु बाट जन्मिएको त्यो बालखलाई जस्ले अँझैपनि केभयो भन्ने बारे बुझेकोछैन।कसैले कसैको बुढी लाई लिएर भाग्छ कोई आफ्नो लोग्ने छाडेर अर्कै सँग भाग्छन।यस्ता गलत सँस्कार हुँनुको पछाडि पनि परिवार एक्ला एक्लै बस्नु पर्ने बाध्यताले हो।
समाजमा रहेका तमाम रुढीवादी ब्यबहारले गर्दा छोरी जात लाई दिनौदिन समस्या हुँदै आएको हुन्छ।गरिब महिलाहरु लाई बोक्सिनी भनेर उस्को अपमान गर्ने उस्लाई कुट पिट गर्ने मूत्र मल ख्वाउँने जस्ता घृणित ब्यबहार गर्ने पनि यही समाजहो।हिँजो देउमाई जातिको घरमा पहिलो जन्मेको छोरीलाई देवताको नाममा छोड्ने चलन थियो।”जस्तो पहिले कतै बनमा लिएर कुखुराको चल्लो लाई छाड्दिन्थे”ठिक त्यही प्रकारले महिलालाई पनि कपाल खुईराएर बनमा छाड्दिन्थे।त्यो सँग कसैले बिहे गर्नु हुँदैनथ्यो।यस्तो घृणित ब्यबहार गरिन्थ्यो।त्यो भन्दा पहिले देशमा सतिप्रथा थियो।आफु भन्दा पहिले आफ्नो लोग्नेको मृत्यु भयो भने उस्लाई आफ्नो लोग्नेको चितामा हाम फाल्न लगाईन्थ्यो।
यस्तो हाम्रै समाज भित्रको कुप्रथा भोगेको अबस्थाहो।
आज देशका बिभिन्न भागमा महिलाहरुले आफ्नो हक अधिकार को लागि निर्नतर शंघर्ष गरेर मात्रै अहिलेको अबस्था बाट निजात पाउँनेछन।एउटा छोराले आफ्नो आमा बालाई बृद्धाअबस्थामा बृद्धाश्रम तिर लगेर राख्न
छिट्टै पहेल गरेका हुन्छ।यानि कि जुन बेलामा आमा बाको सेवा गर्ने समय आउँछ त्यो छोरा जस्लाई आमा र बाले बुढापाको सहारा भनेर पालेका हुन्छन उसैले आफ्नो जिम्मेवारी बाट भाग्छ।यसरी छैरीहरु लाई बिना सम्पति आर्काको घरमा पठाउँने आमा आफै अपमान सहेर बसेकाछन।

चर्चामा

सम्बन्धित समाचार