बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

  • बिहिबार, फाल्गुन २०, २०७७
यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

एजेन्सी — भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनी बाध्य भएका हुन् । उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनले दिएको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उनले अनुरोध गरेका छन् । कर्नाटकका अर्का मन्त्री जगदिश शेत्तारले पनि जर्किहोलीले राजीनामा दिएको पुष्टि गर्दै मङ्गलबार उनका विरुद्धमा मुद्दा परेकाले बुधबार उनले राजीनामा दिनुभएको उल्लेख गरेका छन्। घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार