शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

  • शनिबार, जेष्ठ ३०, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिम सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतका साथ पारित भएको छ। शनिबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।

करिब १२ मिनेटसम्म चलेको बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

मुख्यमन्त्रीको जवाफपछि सभामुख भीम बहादुर भण्डारीले नीति तथा कार्यक्रम निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए। त्यसपछि “सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम” प्रदेश सभा नियमावली, २०८० को नियम ३८ को उपनियम (४) बमोजिम बहुमतले पारित भएको सभामुख भण्डारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार