• होमपेज
  • विचार/ब्लग
  • ७१औँ प्रजान्त्र दिवश बारे

७१औँ प्रजान्त्र दिवश बारे

  • शनिबार, फाल्गुन ८, २०७७
७१औँ प्रजान्त्र दिवश बारे

आज देशमा प्रजातन्त्र दिवबशको आयोजना गरेका दिश्यहरु देखियो।यो ७०बर्ष पुरा गरेर अहिले७१बर्षमा टेकेको प्रजातन्त्रले देश र जनतालाई के दियो भन्ने बारे कसैले मुल्याङ्कन गरेको जस्तो लागेन।अहिले त्यो १०४बर्ष पुरानो जहानिय निरंकुश राणा साशन लाई फाल्दा शहिद भयका ति तमाम शहिदहरुकै परिवारको भागमा एक जनालाई ४२हजार रिण बोकाएकोछ।देशलाई ईतिहाशको सबैभन्दा तरल अबस्थामा डोराएकोछ।देश गरिबी रेखा मुनिछ गुम्सिएकोछ।यो प्रजातन्त्र प्रेमीहरुलाई दिएको ईनाम हो।
त्यो मात्रै होईन देशलाई संघियतामा लगेर सात टुक्रामा बिभाजित गरेकाछन।सातौटा मुख्यमन्त्री,७७जील्ला बनाएकाछन,१३५जना मन्त्रीहरु नौवटा सदन आठौटा सरकारहरु छन।महा नगर पालिका६,उप महानगर पालिका११,जम्मा गाउँ पालिका४६०,जम्मा नगर पालिका२७६ बनाएकाछन।महत्वपुर्ण कुरा हिँजो गोठ बनाएर गाई पाल्ने बन लाई उप महानगर पालिका बनाएकाछन त्यँहा पिउँने पानी समेत छैन।८८४जाना संसदलाई सरकारले पालेकोछ।
त्यो पनि रेमिटेन्सिको भरमा।देशका जनता लाई करको बोझ छ,एकहत्तर बर्ष पहिले जस्तो थियो उस्तै छ भनेपनि ठिकैहोला।
कति धेरै बिकाश भयछ त?जस्ले सर्वहाराको कथा हल्थ्यो आज सर्वहाराले उस्को कथा हाल्छ।हात्तिछाप हात्ती पार्टी बनेकाछन र देशको सर्वभौमिकता अखण्डता लाई दाउँमा लगाएर देशको अर्थतन्त्रलाई नाङ्गेझार पारेर सडकमा शक्ति पर्दर्शन गर्दैछन।
उनिहरू भि आई पी अगाडी पछाडि सैना राखेर हिँड्छन।उनिहरु मात्रै होईन पूर्व राजा १००जाना,प्रचण्ड६०,शेर बहादुर३०,उस्तै पूर्व प्रधान मन्त्री उप प्रधान मन्त्री राष्ट पति उप राष्टपति उनिहरु सबैलाई शुरक्षा चाहियो जनता बाट डराएका छन।आम नागरिक बिदेशमा पशुतुल्य जीवन बिताएकाछन।यो हो प्रजातन्त्रको सक्कली चेहेरा जो आम जनताले प्रष्ट सँग बुझेकाछन।
हिँजो प्रजातन्त्रको लागि बलिदानि पुर्ण शंघर्ष गर्ने वीर शहिदहरुको यही अभिलाशा थियो त?पक्कै पनि थिएन।
सामाजीक जीवन पनि उस्तैछ,बिभेद ले भरिएको रुढीवादी ब्यबहार अंझैपनि यँहा झारफुक,बोक्सीका नाटक हुन्छन।संसार आकाशमा पुगेको अबस्थामा हाम्रो देशमा अलौकिक शक्तिलाई ग्वार्ने प्रकृयाछ।हाम्रा देबी देवताले बलि माग्छन मदिरा माग्छन यस्तो समाजछ हाम्रो।
आज देशलाई आमूल परिवर्तन चाहिएकोछ तर त्यो कसरी हुँन्छ त्यसैलाई बुझ्ने मष्तिक पनि फरक फरकछ।सबैले मुक्ति खोजेकाछन तर कुनै अलौकिक शक्तिले मुक्ति दिए हुन्थ्यो भन्नेमा ढुक्कछन।
हेरौँ ईतिहाशमा प्रजातन्त्रको लागि कतिले बलिदान दिए आफ्नो,तब मात्र बोल्ने लेख्ने छुट भयो।बलिदान दिनेहरुले बलिदान दिएकाछन मौका परष्तहरुले उनैको लाशमाथी टेकेर शिखरमा पुगेकाछन।
नेपालको प्रजातान्त्रिक शंघर्ष को ईतिहाश लामूछ तरपनि बिधि बत रुपबाट राजनैतिक रुपमा सबै भन्दा जेठो”प्रजा परिषद”पार्टी जो१९९३जेष्ठमा स्थापना भयको थियो।
हामिले थोरै छलफल त्यँही बाट गर्दा अशान्द्रभिक नहोला।राणा साशनको बिरुद्धाम स्थापना भयको “प्रजापरिषद”देशको पहिलो राजनीतिक पार्टी हो भन्नसकिन्छ।स्थापना धर्मभक्त माथेमाको घरमा भयको थियो।जस्मा टंकप्रसाद आचार्या-सभापति,दशरथ चन्द-उपसभापति,राम हरी शर्मा -मन्त्री,र गंगालाल श्रेष्ठ,चुडाप्रसाद,गणेशमान सिहँ,रामजी जोशी,पुष्करनाथ उप्रेती,गोबिन्द प्रसाद शर्मा,हरिकृष्ण श्रेष्ठ,सिद्धिचरण श्रेष्ठ,आदी यसका सदस्य थिए।
उनिहरुले लुकि लुकि राणाको बिरुद्धमा भारत बाट प्रकासित हुने पत्रिका’जनता’र ‘एड्भान्स’जस्ता पत्रिकाहरुमा लेख रचना छपाउँदै देशबित्र पठाउँथे।यसमा राजा त्रिभुबन समेत सामिल थिए।जनताको आन्दोलनमा रहेर जनताको पिठ्यूमा छुरा गोभ्ने यिनै हुँन भन्दा बेठिक हुँनेछैन।
रामजी जोसीले संगठनको गोप्पे कुराहरु राणाहरुलाई भनिसकेका थिए।जनताको आन्दोलनमा लुकेका जनताका दुश्मन पनि हुन्छन भन्नेकुरा यो घटनालेपनि पुष्टी गर्छ।रामजी जोशीको गद्धारीका कारण राणाहरुले त्यो बेलाका क्रान्तिकारीहरुको धरपकड गय्रो।
गिरफ्तार भयका मध्य कयौँलाई गम्भिर यातना दिएर उनिहरुलाई कसुरवार साबुत गरायो।त्यसपछि गंगालाल,दशरथ चन्द,शुक्रराज,र धर्मभक्तलाई मृत्यु दण्ड को सजाए दियो।अरुलाई जनम कैद र कैद गरी ३५जनालाई दण्डित गर्यो।टंकप्रसाद,पूर्णप्रसाद,रामहरि शर्मा,ब्राह्रामण भयकोले मृत्यु दण्ड दिईएन।यँहा निरपनि राणाहरुले जातिए काड फालेकाछन।सजाए पाएका मध्य १९९७माघ९गते राति शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाएर मारियो।उन्को लाशमा”सरकारको बिरोध गर्नेको यस्तै हालत हुन्छ”भन्ने लेखिएको कपठा ले बेरेर उन्लाई उस्तै १दिन भरी राखियो।ताकि राणाहरुको डर जनतामा रहि रहौश र बिद्रोहा गर्ने कसैले आँट नगरौश।माघको११गते धर्मभक्त माथेमालाई सिफलमा झुण्डाईयो।
माघ १४गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई बिष्णुमती भौँचाखुसीमा गोली ठोकेर मारियो।
यसरी देशभित्र राणाहरुले देशका जनतालाई आतङ्कित पारेर सरकारको आयु लम्बाउँन सक्यासम्म को जोड लगाए।तरपनि उनिहरुलेजनताको आन्दोलनलाई कुचल्न सकेनन।
आखिरमा त्यो २००७सालको दिन सात फागुन आएरै छाड्यो।तर त्यो आन्दलनको बिचमा रहेर त्रिभुवनले ठुलो चाल चलिनै रहेका थिए।जो जनता र राजनीतिक पार्टीहरुलाई उल्लुबनाएर सत्तामा काबिज हुँन सफलभयका थिए।उनले जनतालाई सम्बिधान सभाले देशको सम्बिधान तजुर्मा गर्ने कुरा गरेर सत्ता बिस्तारै आफ्नो हातमा ल्याएका थिए।राणाहरु लाई फालेर उनैका बन्दुभाईले सत्तामा ठाउँ पाएर करिब तिश बर्श हालि मुहाली गरे।
आज त्यो सम्बिधान सभाको चुनाव गराएर देशमा नया सम्बिधान बनाउँन साडे छेदशकलआग्यो।तरपनि अहिले यति लामू समय बितिसक्दा सात दसकको समय पार गरिसकेको प्रजातन्त्रले भुँई छाड्न सकेकोछैन।राणा पछि आएका राजा समेतलाई फालेपछि पनिदेशले काँचुलि फेर्न सकि रहेकोछैन।अहिले देशमा आएको संघियताले गर्दा देशलेअग्रगति लिन सकेकोछैन।अहिले यो प्रजातन्त्र दिबस मात्र एउटा औपचारिकता बनेको छ।

चर्चामा

सम्बन्धित समाचार