बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • छिमेकी सँगको सम्बन्ध

छिमेकी सँगको सम्बन्ध

  • आइतवार, फाल्गुन २, २०७७
छिमेकी सँगको सम्बन्ध

सुरेशकुमार पान्डे!
छिमेकी सँगको हाम्रो कस्तो सम्बन्ध हुँनुपर्छ?यसबारे हामिले लगातार छलफल गर्नैपर्छ।भारत चीन हाम्रो छिमेकी मूलुक हुँन।भारतले तिन तिर बाट र चीनले एक तिरबाट घेरेको सानु भुपरेबेस्ठित देश हो नेपाल।
खास गरि सुगौलीमा भयको सन्धि पछि अर्ध उपनेबेशिक भयो र अहिलेपनि त्यहि अबस्थामा अबस्थितछ।यँहाको सामाज अर्ध सामन्ति अबस्थामा आजपनि छ।
प्रतेक देशलाई छिमेकी चाहिन्छ छिमेकी नभै हुँदैन।छिमेकी सँगको समबन्ध एक आर्कामा भर हुँनुपर्छ।एकले आर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने स्वाधीन्ताको रक्षा गर्नमा मद्त गर्ने खालको मित्रता पूर्वक ब्यबहार हुँनुपर्छ त्यसपछि बल्ल छिमेकी भयको फाईदा हुन्छ।
हामिले भारतको स्वाधिनताको लागि लडेकाछौँ यो ईतिहाश हेर्नु भयो भने प्रस्ट हुँन्छ।बृटीस साशन कालमा भारतिय जनताको अंग्रेज बिरोधी आन्दोलनमा नेपाली जनताले भारतिय जनता सँग मिलेर शंघर्ष गरेको ईतिहाशछ।यध्यापी नेपालमा भयको तत्कालिन राणाको साशनले बृटिश हुकूमतको रक्षाका लागि मद्तपनि गरेको थियो।जनताले त्यो बेला दोहोरो दमन सहेर पनि भारतिय जनताको साथ दिएका हुँन।
सन१९४७मा भारत आजाद भयपछि छिमेकि मध्य सबै भन्दा खुशि भयको नेपालनै हो।भारतको आजादि पछि नेपाली हरुले भारत बाट धेरै सहयोगको अपक्षा गरेका थिए।पहिलो त्यो घृणित सन १०५१५-१६को सुगौलिमा भयको सन्धि खारेज गरेर उक्त सन्धि द्वारा खोसेको भुभाक फिर्ता हुँन्छ भनेर।आर्को भारतको जनता र नेपाली जनताको राम्रो मेल मिलाप भयको हुँदा समानताको ब्यबहार हुँन्छ भन्ने पुर्ण बिष्वास थियो।त्यो सन१९५०को मैत्री तथा शान्ति सन्धि भयपछि नेपाल देशलाई एउटा झनै ठुलो संकट के पय्रो भने सन्धिको धारा सातले देश अल्पमतमा पर्ने देखा परेपछि उक्त सन्धिलाई खारेजीको माग गरियो।तर त्यहि सन्धिको धारा आठले देशमा भयका यो भन्दा पहिलेका सन्धि सम्झौता कबुलियत नामा सबैलाई खारेज गरेको थियो।तर त्यो मात्र कागजि रुपमा भयको ब्यबहारमा कार्यान्वयन नभयको ले त्यो सन्धि बाट देशलाई ठुलो खतरा हुँने देखियो।देश फिजी बन्ने टड्कारो देखिएपछि उक्त सन्धि असमान भयको र त्सको छिट्टै खारेजिमा नै देशलाई फाईदा हुँने देखा पर्यो।तर जस्ले एक तर्फिया उपयोग गरेको हुँन्छ उस्ले त्यसो कहिले गर्दैन।छिमेकिको नियति फरक बिचारको भयपछि देश खतरामा छ भन्नेकुरा बुझियो।
छिमेकीले देशलाई सके सम्म सिक्किम नभय फिजि वा भुटान जस्तै बनाउँने उदेश्यले यसले निरन्तर देशमा आफ्ना जासुशहरु लाई पठाउँने काम भयो।अहिले पनि त्यो प्रकृया चलेकैछ।देश भित्र संघियता आउँनुमा त्यसैले काम गरेकोछ।वास्तबमा संघियता त देशका जनताको मागनै थिएन।
अहिले हाम्रो सम्बन्ध एउटा छिमेकिको जस्तो देखिदैन।बरु उनिहरुले देशमा निरन्तर अतिकर्मण गर्दै आएकाछन।भने हाम्रा साशकहरुले जब अ पोजिसनमा हुँन्छन भारतिय ब्यबहारको बिरुद्धामा आवाज उठाउँछन चर्का नाराहरु लगाउँछन।सरकारमा गयपछि उनिहरु सबै कुरा बिर्शिएर उनैको नतमस्तक हुँन्छन।यस्तै ब्यबहार नेपालका ठुला ठुला दलका नेताहरुका हुँदै आएकाछन।
अहिले भारतले नेपालमा आफ्नो हक जमाउँछ भने हाम्रा कतिपय नेताको ब्यबहार उनिहरुको दलालि गर्ने छ।आज देशमा पनि कुनै उद्धोग धन्दा नहुँदा युवाहरुले डिग्रि ल्यायपछि भारतमा नोकरीका लागि आउँछन।उनिहरुले पनि भारतमा आफ्नो हक जताउँछन।आखिर यो अर्कैको देशहो भन्नेकुरा त तबमात्र अहेशाश हुँन्छ जब स्थानिय जनताले खिसि गर्छन,खसाल्छन,धिकार्छन त्यसबेला ओहो हामित आर्कोको देशमापो रैछम भनेर झसिङ्गीन्छौ।
बिमारी भयपछि पनि उपचारको लागि भारतमै आउँनुपर्छ।देशमा राम्रा डाक्टर पनि छैनन् जो जति छन उनिहरु सँग उपचारका साधन श्रोतहरु प्राप्तमात्रामा छैनन।त्यसकारण आजपनि उपचार गराउँन भारतमा आउँनूपर्छ।
देशभित्र आधारभुत आबस्याकताको दैनिक उपभोगका समानहरु नभयपछि हाम्रो देश बिदेशको मण्डी बनेर रहेकोछ।एकातिर देशको नाजुक अबस्था र युवा बिहिन भयको देश।आर्को तर्फ बिदेशिको चलखेल बढ्दै गयकोछ।
दुबै देशको बिचमा खुला सिमानाछ जस्ले जतिबेला आउँने जाने गर्न सक्किन्छ।देशका लाखौलाख युवाशक्तिले भारतिय भुमिमा मज्दुरी समेतगरेर जिवनयापन गरेकाछन।देशको दिबेशको कुनैपनि सरकारले कुनै सहयोग नगरेपछि नेपाली श्रमजिविहरुको एकतालेनै शंघर्ष गरेर आफ्नो हक हितको रक्षा गर्दै आएका छन।भारतमा अखिलभारत नेपाली एकता समाजले सन १९७९देखुन लगातार नेपाली जनताको आवाज बुलन्द गर्दै न आएको भया आज भारतिय नेपालीहरुको अबस्था कस्तो हुँनेथियो त्यो अनुमान लगाउँन सक्किन्छ।

चर्चामा

सम्बन्धित समाचार