• होमपेज
  • विचार/ब्लग
  • मेरो स्कुल पढ्दाको डायरी – माओवादीको यातना

मेरो स्कुल पढ्दाको डायरी – माओवादीको यातना

  • शनिबार, फाल्गुन १, २०७७
मेरो  स्कुल पढ्दाको  डायरी – माओवादीको यातना

आज जनयुद्ध दिवस मानिरहदा देशले ब्यहोरेको नोक्सानी लाई नबिर्सौ।पदका लागी देशलाई खाल्डोमा हाल्ने सपना अझै नदेखौ। ०५९ साल तिर रत्न मा.बि सेलिफाल बाजुरा मा पढ्थ्यौ,नेबि संघ नेता दिल बहादुर थापा लगायत संकर गिरि, भानसिंह अयडी होस्टेलमा बस्दा माओवादिले खुब दुख दिएको सम्झना छ मलाई ।हाम्रा बिच पढाईको कम्पिटिसन हुन्थ्यो।

स्कुलमा पढाई कम माओवादिका अभियान बढी हुन्थे । अभियान का अभियान हिड्नुपर्ने, बडिमालिका नगरपालिकाको मनामा जादा राती आर्मी आयो भनेर धेरै साथीहरुले नदिमा फालेका थिए ।आर्मी आउने भनेर डिउटी गर्न पर्थ्यो, पालो पालो सेन्ट्री बनी बसाउथे।साच्चैकै आर्मी आएको भए त्यो रात धेरै साथिहरुको जिवनको अन्तिम रात हुन्थ्यो।त्यतिबेला एस.एल.सि परिक्षा सदरमुकाम मार्तडीमा हुन्थ्यो ।आर्मी, प्रहरीको ठुलै दलबलका बिच हुने परिक्षा देखेरै सातो जान्थ्यो ।सदाझै अभियान हुने भएर हामी सदरमुकाम ट्युसन पढ्न गयौ।

बाटो बाटोमा चेकपोस्ट हुन्थे ,सदरमुकाम जादा आर्मीले सुराकी नजरमा हेर्थे , सधै केरकार गर्थे, घर आउँदा माओवादिले सुराकी ठान्थे।माओबादीले सदरमुकाममा ट्युसन पढ्ने भनेर सामन्तका छोराछोरीको बिल्ला पनि दियो।एस. एल.सिको परिक्षा पछि हामी गाउमा आयौं ।फेरि परिक्षा दिने सबैले माओबादीको अभियान भनेर सामारोसन जानू पर्ने भयो।मकै लगाउने समय थियो।म बिहानै हलो जोत्न गएको थिए ।जोत्न छोडायर अभियानमा लगेको स्मरण ताजै छ। बोलेकै भरमा दिल बहादुर थापा लाई यातना दिनसम्म दिए।हामिलाई अछाम रामारोसनको अभियानमा लग्यो, २ दिनभरी हिडेर खाना नपुगेको, नपाएको,लाखौं मान्छेको भिडमा हरायको याद छ।

दिउँसो सेनाको हेटिकप्टरको गस्ती, राती नाईटभिजनको गस्तीले जिवन रहला भन्ने आशा हुदैन्थ्यो।मुटुका गतिको बेग लाई सम्हाल्न सकिँदैन थियो।उईबेला पनि मैले मनमा लागेका कुराहरु लेख्थे, मैले डायरिमा लेखेको – माओवादिले जनताको रगत चुसेका छन् ।जुकाजस्तै हुन,बिना कारण दुख दिएका छन् ।नेपाल लाई कहि पुर्याउदैनन ।मन्दिर , स्कुल, पुल, सरकारी भवन, साधन स्रोत लाई भत्कायर / जलायर बिकाश हुदैन, आफ्नै नेपाली दाजुभाइ लाई मारेर कोहि कतै पुग्दैन।यो जनयुद्धको नाममा लुट्नेकाम मात्र हो भन्ने कुरा लेखेर राखेको डायरी यकदिन मेरो घरको कोठामा सुत्ने माओवादी भेटायो।त्यो लेखेको बाफत ७ दिन नजरबन्द, कठोर यातना र माओबादी हुनुपर्छ, नत्र मारेर बगाईदिन्छु भन्ने सजाय पाए ।ती सजाय दिनेहरु अहिले ज्युदै छन् ।कोहि जनताका सम्पत्ति लुटेर भागेका छन् ।कोहि नेता बनेका छन् ।तिनिसङ्गको मेरो हिसाबकिताब बाकी नै छ।गाउँमा दुईवटा ठुला तामाका ताउला हुनेलाई सामन्त देख्ने/ तिनलाई लखेट्ने, लुट्नेहरु आज पजेरो चड्दैछ्न।

हिजो लुटेका सम्पत्ति हरु तिनका निजि भयका छन् । बाजुराका सम्पत्ति कालिकोट पुगे ।यी स्कुलको काम छैन जनवादी शिक्षा लागू गर्छौ भनेर पढ्न नदिने, स्कुलमा आगो हाल्नेहरु तिनै स्कुलमा फेरि पढ्दैछ्न।तिनका छोराछोरी कोहि अमेरिका छ्न अहिले ।करासैन ,रत्न माबीमा माओवादी सेना र पारी बह्मतोलामा आर्मीको आमनेसामने युद्धको त्यो दिन पनि मान्छेले दुख पायो।जनसत्ताको नाममा चुनाव गराए। सत्ता प्रमुख बनाए।आज देशको यो गतिहुनुमा तिनको ठूलो हात छ।देश आज कता जादैछ।नेपाल लाई स्विजरल्याण्ड बनाउने सपना कता गयो ? हजारौंको रगत, पसिना बाट मुल्य आज खेर गएको छ । हजारौं घाइते,बिधवा, बेपत्ता भए ।

तिनै रगतले देशका महत्त्वपूर्ण पदमा बसे।युद्धका नाममा देशले ठुलो नोक्सानी ब्यहोर्यो।कालान्तरमा सराप्ने नै छ।तेस्तो राजनीति र ती राजनीतिजिबि ले समाज, रास्ट्र बन्दैन, बन्दैनरैछ।हाम्रो पुस्ताले हिजो जनयुद्ध , आन्दोलन देख्यो, भोग्यो, ब्यहोर्यो। हाम्रै पाला देशले कोल्टे फेर्छ सोच्यौ। त्यो भएन।नयाँ बादसाह जन्मे।काङ्ग्रेसको रगत र बङ्शमा राष्ट्रियता, प्रजातन्त्र / लोकतन्त्र , समाजवाद छ ।हामी ती आदर्श सिद्धान्तमा बिश्वास गर्छौ।त्यसैले हामी शान्तिपुर्ण, बहुदलीय प्रतिस्पर्धा,जनता बाट प्राप्त जनमत लाई सिरोधर्य गर्दै अगाडि बढेका मान्छे हौं ।बन्दुकको नाल बाट सत्ता कब्जा गर्ने भन्दा पनि समाजवाद ,बिपि, गणेशमान,किसुनजी, गिरिजाबाबुको सिद्धान्त र प्रेरणा बाट हुर्केका सन्तान हौं ।परापुर्व काल देखी अहिलेसम्म नेपाली काङ्ग्रेसका सिद्धान्त , बिचार र योजनाले नै नेपाल देशले मुक्ति पायको इतिहास साची छ।अब पनि यो देशको समृद्धि ,शान्ति र स्थिरता काङ्ग्रेसको काधमा छ।यो जिम्मेवारी हामि/ लाखौं युवाले बहन गर्नुपर्छ।गर्नेछन् । जय नेपाल

चर्चामा

सम्बन्धित समाचार