बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • उखान र टुक्काले पेट भर्दैन

उखान र टुक्काले पेट भर्दैन

  • आइतवार, माघ ४, २०७७
उखान र टुक्काले पेट भर्दैन

सानो देश त्यो पनि भूपरिबेष्ठित अबस्थाम रहेको जसलाई माल समान आयात र निर्यात गर्न लाई आफ्नो बाटो नहुँदा या त चीनको बाटो वा भारतको बाटो जानु पर्छ।यसैको फाईदा उठाएर देशलाई दवाब दिने गर्छन।यद्धपि कुनै भूपरिबूष्ठित देशलाई शमुन्द्र बाट सामन ल्याउँन र लग्ने छुट हुन्छ उस्ले जुन सुकै देश भयर बन्द्रगाह बाट सर समान आयात निर्यात गर्न पाउँने उसको नैसंगिक अधिकार हो।तर पनि छिमेकी मुलुकले कयौँ पल्ट अन्तरराष्ट्रीय नियम लाई उलंघन गरेर हाम्रो देशलाई आर्थिक नाका बन्दि गर्दै आएको सर्व बिदित्तनैछ।तर के सबैमा छिमेकिको मात्रै दोश होला त?यहि प्रश्नको उत्तर खोज्नु पर्दछ हामिले।भारत र नेपालको बिचमा शान्ति तथा मैत्रि सन्धि भयो।कुनै पनि देशलाई छिमेकी चाहिन्छन र सन्धि सम्झौता पनि नगरि हुँदैन गर्नु पर्छ।तर के कस्तो आधारमा सन्धि संझौता गर्नु पर्छ?वास्तबिक अर्थमा कुनै पनि भोगौलिक रुपमा स्यानो देश,आर्थिक स्तर बाट पिछडियको देश र जन संख्या धेरै र थोरै भयको देशमा दुबै देशको बराबरी संन्धि गरेपनि त्यो कम्जोर देशलाई असमान हुँन जान्छ।भारत-नेपालको मैत्रि शन्धि यहि माईनेमा नेपालको लागि असमानछ।जस्लाई अबिलम्बन खारेज गरेर नयाँ सिराबाट पञ्चसिलको आधारमा सन्धि गर्नु पर्ने हुन्छ।सन्धिको दसौटा धारा मध्य धारा आठ नेपालको पक्षमा छ”यो सन्धि अँघिका तमाम सन्धि सम्झौता र कबुलियत नामालाई यो धारा आठले खारेज गरेपछि यो भन्दा पहिलेका सन्धि र सम्झौता कबुलियत नाम रद्ध हुँन्छन।धारा आठले हामिलाई हाम्रो सुगौली सन्धिमा गुमेको भूभाग फर्काएकोछ।तर हाम्रा नेताहरुको कार्यता पदललुपता र छिमेकिको अगाडि नतमस्तक भएको हुनाले त्यो जमिन फिर्ता हुन सकिन।बरु यसै सन्धिको धारा सातलाई भारतिय पक्षले उपयोग गरेर देशलाई फिजि बनाउँदै आएकोछ।हेर्नुहौश सन्धिको धारा सात’कुनैपनि छिमेकीले यदि एउटाले आर्काको सार्वभौमिकताको कदर गर्छ भने यस्तो सन्धिनै गर्दैन जसबाट छिमेकीलाई आँच पुगोश।धारा सातले दुबै देशलाई बराबरीमा ल्यायकोछ।जन संख्याको आधारमा भारतको अहिले एक अरब तिस करोडको हाराहारीमा जन संख्याछ,अनि नेपालको लगभग तिन करोड हेर्नुहोश भारत बाट तिन करोड बढि जनता नेपाल आएपछि नेपाल अल्पमतमा पर्छ कि नाई?भारत भन्दा बाइस गुना ठुलो देश जन संख्याको हिशाबले हेर्दा भारतमा भएका भिख माग्नेहरु नेपालभित्रिनेहो भने पनि देश अल्पमतमा पर्न सक्छ।यो धारामा’दुबै देशलाई समानता प्रदान गर्नाले देश फिजी बन्ने प्रष्टनैछ।एक आर्काको देशमा सम्पति आर्जन गर्न पाउँने,नोकरी पेसा गर्न पाउँने र बाणिज्य समेतमा भागलिन पाउँने छुट दिएकोछ।हाम्रो नेपाली भारतमा आएर राजनीति गर्नै सक्दैनन बाणिज्यमा भागलिन सक्दैन।सम्पत्ति किन्न पनि सक्दैन तर यँहाका उद्दोगपतिहरुले नेपालको जमिनमा पलाटिङ्को खेल खेल्दै आएकाछन।देशको सर्वोच्च अंग संसदमा बिराजमान छन।यँहा अब सरकारी नोकरीमा अघोषितरुपमा बन्देज लागि सकेकोछ,भारतमै युवाहरुको जमात बेरोजगारछन,यस्तो अबस्थामा हामिले भारतमा नोकरी पाउँन असम्भब छ।सामन्यातःकम्पनिहरुमा पनि ठेक्का प्रथाले गर्दा नोकरी जस्तो नोकरीछैन त्यहिपनि पाउँन गारोछ।होटेल कोठिमा भान्शे,र भाँडा माज्ने काम गरेर जिवन बिताएकाछन।तिनैलाई समयमा तलब नदिएर बिचिल्लिछ।उनिहरुको पक्षमा कुनै देशको सरकार पनि बोल्दैनन।
एक तर्फ असमान सन्धि आर्को तर्फ खुला सिमानाले गर्दा दिनौदिन सकडौँ मानिस ओरदौर गरेका हुँन्छन।यस्तोमा तस्करहरुले फाईदा उठाएका हुन्छन।आर्को तिर नेपाल बाट ललाई फकाई किसोरीहरुलाई ल्याएर दिल्लिको जिबी रोड,मेरठको कबाडि बजार र मुब्बै लगायतका बेस्यालयहरुमा बिक्रि गरेर दललाहरुले मानब तस्करबाट धनकमाएका हुँन्छन।जस्लाई माथिल्ला ओहोदामा बसेका ब्याक्तिहरु बाट सम्रक्षाण प्राप्त भयको हुन्छ।त्यही प्रकारले नेपाल बाट भारतमा काम खोज्दै आएका मज्दुरहरु कतै राम्रो काम नभेटाएपछि त्यहि ब्यस्यालयमा भान्से भयर काम गर्छन,र त्यँहि बिस्तारै बिहे गरेर आफ्नो घरपरिवार सँग नाता तोडेका प्रसस्तै उद्धारणहरु छन।जस्ले गर्दा धेरै नेपाली चेलिको घर बर्वाद भयकोछ।
काम छैन,खर्च अकुतछ महेङ्गि ले आकाश छोएकोछ यस्तोमा युवाहरुले गलत दिशा छोप्न बाध्य हुनेगर्छन।नेपाल बाट आएर ब्यस्यालयमा परिश्रम गर्ने हरु भान्शे सफाई कर्मचारी र मनिजर समेत भयर काम गरेका हुन्छन र कयौँ त्यहि घुलमिल गरेर उनिहरुको दलालि,अनि कयौँले महिला लाई राखेर पैसा कमाउँन लगाउँने पनि उक्त ब्यस्यालयहरुमा देखियो।यो नेपाली मज्दुरहरुको बाध्यताले नारकिय जिवन बिताएकाछन।समाजमा जो जसरि कमाएपनि पैसाको बढि मुल्यांकन हुँने हुदा आज यो पुँजि प्रधान समाजमा मानिस तुच्छ भन्दा तुच्छ काम गर्न बिबस भयकोछ।उन्लाई जसरि भयपनि पैसा आर्जन गर्नु छ।
हाम्रो देशमा पहिले राणा र राजाले राज गर्दा देशमा बिकाश भयन किन भने पहिले राणाहरुको जमानामा बोल्न लेख्न पढ्न समेतमा रोक थियो।उनिहरुले आफ्ना छोरा नातिलाई अंशमा एउटा राज्य दिन्थे त्यसरी बाईसे चौबिषिय राजाहरुले देशलाई पृथक रुपमा चलाएका थिए।पछि पृथ्वीनारायण शाहाले पृथक राज्याहरुलाई मिलाएर एउटा शुन्दर देश नेपालकोनिर्मणा गरेता पनि त्यस्पछिका राजहरुले देशलाई आफ्नो ऐयासिको श्रोत बनाए,सुगौली सन्धिबाट देश अर्ध उपनेबेसिक भयो र गोर्खा भर्ति केन्द्र खोलेर देशका होनहार वीर युवाहरुलाई बिदेशी भुमिको रक्षायर्थ बलि चडाउँने काम भयो।अनि अब देशका युबाहरुले आफ्नो देशको बिकाशमा भन्दा बिदेशको पल्टनमा भर्ति हुँने र मालिकका बफादार बनेर आफ्नो जिवन धरापमा पार्ने गर्दै आए।देशको बिकाश कस्ले गर्ने?युवा बिदेशको सैना,राजा बिदेशको कटपुत्लि अनि बिकासको त कुरैभैन।
अहिले करिब १४बर्ष जति देशमा पहिलो पल्ट गणतान्त्रिक सम्बिधान निर्माण भयको थियो।करिब साडे छे दशक सम्मको जनताको लडाईले देशभित्र गणतन्त्र त आयो तर कस्का लागि?यो प्रश्नले उत्तर खोज्दैछ।देशमा जनताको चाहाना आमूल परिवर्तन गर्ने हो। देशलाई पनि आमूल परिवर्तन चाहिएकोछ।जनताले आफ्नै देशमा सानो तिनो रोजगार पाउँने आशमा लामू र बिलिदानी पुर्ण शंघर्ष गरे  ।
तर नृतित्वमा सदै अबसरबादी शक्ति हैवी भयो परिणाम जनताले परिबर्तनका लागि लडेको लडाई संघार सम्म पुगेर फिर्कियो।देशका जनतालाई दाल भात चाहिएकोछ तर सरकारले उखान र टुक्काको राजनीति गरेर ज्यान पालेकोछ।अहिले जनताले दुईतिहाईको सरकार सँग धेरै आस गरेका थिए कम्तिमा पानी बाट बन्ने बिजुलीले जनताको सपना पुराहुन सक्छ।देशमा तमाम बिकाशका श्रोत साधनछन।तर नेताहरुले साम्राज्यावादको दलालि गर्नलाई झुठको खेति गर्दै आएकोछ।नेताहरुले एम सि सि पारीत नगरे करणौको बिजली खेरा जान्छ भन्दै जनताको आखामा छारो हाल्दैछन।आर्काको बुद्धी भुटेर कुर्चिमा बस्न खोज्नेहरुको देशभित्र बिग बिगिछ।उखान र टुक्काले देशको बिकासमा चारचाँद लगाएकोछ।तर जनतालाई पेट भर्न उखान टुक्का होईन दाल भात चाहिन्छ।यहि बेला देशमा कोरोनाको कहर छ भैन भनेर आपसको लडाईले संसदलाई बिघटन गराएर तमासा देखाएकाछन।त्यो पनि अप्रजान्त्रिक र असम्बैधानिक भयर मनपरि गर्नलाई सत्तामा बसेका हरुले आजपनि कहिले चुनाव आयोगलाई त कहिले सर्वोच्चलाई भेटेर धम्कि दिँदै हिँडेकाछन।देशको यो बिघटित संसद पुर्नबहाल गरेर अबिलम्बन संघियतालाई खारेज गरियोश।

चर्चामा

सम्बन्धित समाचार