शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • विचार/ब्लग
  • पृथ्वी जयन्ती बारे दुइ सब्द

पृथ्वी जयन्ती बारे दुइ सब्द

  • मङ्लबार, पुस २८, २०७७
पृथ्वी जयन्ती बारे दुइ सब्द
      सुरेशकुमार पान्डे

हिँजो देखि फेशबुकमा बिभिन्न ब्याक्तिहरुको बेग्ला बेग्लै तर्कहरु आएकाछन।कुल मिलाएर पृथ्वीनारायण शाहालाई सबैजसोले राष्ट्रीय निर्माता बताएकाछन।हुँन पनि हो अहिलेको यो अबस्थामा पृथ्वी जैन्तिले एउटा राम्रो शंदेशपनि दिन्छ र वास्तबमा उनि त्यसका हकदारपनि छन।
तर पृथ्वी नारायण शाहालाई यसरी सम्मान गर्दा राजावादीहरुको सम्मान गरेको सम्झिने भुलभनी गर्नु हुँदैन।सबै राजाहरु एकैनाशे पनि थिएनन् र अहिले यो एक्काईसौ शताब्दिमा राजतन्त्रलाई ठिक भन्नुपनि मुर्खता हो।तर सहिलाई सहि भन्न कत्ति झिझक्नु हुँदैन।पञ्चायति कालमा २०४५सालमा जब भारतले आर्थिक नाका बन्दि लगाउँदा तत्कालिन राजा बिरेन्द्रले लिएको अडान लाई सहि भनेका र समर्थन पनि हामिले गरेका थ्यौँ।त्यो बेलाको राजाको अडान देशको सार्भौमिक्ता रक्षाको बिषय थियो।
धेरैले हाम्रो उक्त बिचारको आलोचना गर्दै राजा वादी पनि नभनेका होईनन्।हामिले संघियता को बिरोध गर्दापनि कयौँले राजावादीको नजिक गयको भन्छन।त्यो उनिहरुको कम्जोर मानसिकता र केटौले पनको उपजहो।
हिँजो २७पुष को दिनमा कयौँले पृथ्वी जैन्ति पनि मनाए होलान मात्र मनाउँने उदेश्य फरक फरक हुँन सक्छ।अहिले देशमा संघियता ले टुक्रा-टुक्रा पारेको अबस्थामा राष्ट्र निर्माताको जनम जैन्तिको ठुलो महत्व पनिछ।यसले हामिलाई धेरै प्रेणा दिन सक्छ।उनि आज भन्दा २९८बर्ष पहिले जन्मिएका पृथ्वी नारायण शाहले देशलाई दिएको योगदान कहिलेईपनि भुल्नु हुँदैन र त्यो योगदान पुरानो पनि हुँनेछैन।बृटिश हुकुमत(ईष्ट ईण्डिया कम्पनी)ले हाम्रो देशमा पनि कब्जा गर्ने दाउँ गरेको बेलामा उन्ले लिएको त्यो बाईसे चौबिशिय राजाहरुको बिरुद्ध एकिकरणको योजनाले नेपल र नेपालीको लागि एउटा ऐतिहाशिक न्याय दिएकोछ।अहिले हामिले उन्लाई शंझेर उन्को योगदानलाई न्याय दिने प्रतेक नागरिकको क्रतब्य हुन्छ।
नेपाल राष्ट्रका निर्माता को जनम–नरभुपाल शाह कि माईली रानी कौशल्या बतिको कोख बाट बि.स१७७९को पुष२७गते भएको हो।उनि आफ्नो आमाको कोखमा कुल सात मैना मात्रै रहेका थिए।त्यो बेलामा”गर्भको जेठो की जन्मिएको जेठो भन्ने बिवादपनि आएको थियो भन्निन्छ।त्यो बेला गर्भको हिसाबले साईली रानी बुद्धिमतीको कोखबाट जन्मिएका बृन्दकेसर शाह जेठा थिए तर उन्को मृत्यु अलि चाँडै भयकोले त्यो बिबाद मौलाउँन पाईन।
पृथ्वी नारायण शाहको प्रारम्भीक शिक्षा दिक्षा जेठी आमा चन्द्र प्रभाबतीको निर्देशनमा महेस्वर पंथ र भानु अर्याल बाट भएको थियो।
उन्को बिस.१७९४मा मकवानपुरे राजा हेमकर्ण सैन कि छोरी ईन्द्र कुमारी सँग पहिलो बिवहा भयो तर पनि मकवानपुरेहरु सँग उन्को राम्रो शम्बन्ध हुँन सकिन र पछि १७९७मा बनारसका बेश्य राजपुत अभिमान सिहँ की छोरी नरेन्द्र लक्ष्मि सँग दोस्रो बिबहा भयो।उन्ले युवराज अबस्थामै भक्तपुरको भ्रमण गरि भक्तपुरका राजा रणजीत मल्लका छोरा वीर नरसिहँ सँग मित लगाएका थिए।
आफ्नो वीरता र कुटनीति साथै बुद्धिमता बाट त्तकालिन समयमा छरिएर रहेका ति बाईसे चौबिसे राज्याहरुलाई एकिकरण गर्ने पृथ्वीनारायण शाहा आफ्ना तिनौटी आमा बाटका जन्मिएका चार भाई समेतलाई आफ्नो अभियानमा सामिल गर्न शक्ने क्षामता पनि थ्यो।जुन बेला राजाहरुले आ-आफ्ना छोराहरुलाई बिभिन्न क्षेत्रका राजपाठ प्याउतेमा दिने चलन थियो।त्यो बेला कुनै ब्याक्तिगत स्वार्थमा न अल्झेर आफ्नो जिवनको प्रायःसम्पुर्ण समय नेपालको एकिकर्ण गर्नमा लगाएका थिए।पृथ्वीनारायण शाहमा अन्य सुधार गर्ने योजना र क्षामता पनि थियो भन्ने कुरा उन्को दिब्योपदेश बाट थाहा हुँन्छ।उन्को बिस.१८३१माघको १ गते निधन भयको थियो।
उन्ले सर्बप्रथम नुवा कोटलाई अश्विन१८०१मा कालु पान्डे,महोद्दाम कीर्ति शाह,र दलमर्दन शाह लाई लिएर एकि करण गरेका थिए।सँगै बलकोट,पछि महादेब पोखरी त्यहि बर्षमा परशुराम थापालाई लिएर गरेका थिए।आफु बाँचुन्जेल सम्म एकिकरणको आन्दोलनमा प्राणको बाजि लगाएर लडेका थिए।त्यो बेला कसैले न्याय नपाए गोर्खा जानु भन्ने उखान पनि थियो।यो एकिकरणको लडाईमा धेरैले वीरगति पाएका थिए।
काजी कालुपान्डे,विस.१८१४को कीर्तीपुरको लडाईमा,काजी तुलाराम पान्डे-कान्तिपुरको लडाईमा,काजी नयन सिहँ थापा-अलमोडाको लडाईमा,सरदार भक्तिथापा-विस.१८७१देउथलको युद्धमा,सेनापति शिबराम सिहँ थापा-साँगाचौकको लडाईमा,वीर अम्मर सिहँ थापा-पलाञ्चौकको लडाईमा,जयकृष्ण कुँवर तिमालको लडाईमा,परशुराम थापा-समनपुरको लडाईमा,सरदार गन्धर्व राणा-काँगडाको लडाईमा,भाष्कर राणा-दिगर्चाको लडाईमा,चौतारिया हस्तिदल शाह-विस.१८७१को अलमोडाको लडाईमा,केहर सिहँ बस्नेत सतहूँको लडाईमा।यसरी कयौँ वीरहरुले देशको एकिकरणमा शहदात पाएकाछन।आज हाम्रो देश नेपाल जो संसारको नक्सामा अबस्थितछ त्यो देश त्ततिकै अस्तित्वमा आएन।
संसारमा कुनै कालखण्डमा पनि गुलाम हुन नदिएका यो देशलाई आजका नेता भनौदाको कम्जोरी र गुलामि मानसिकताले गर्दा अहिले देशकै नामोनिशान मिटाउँन तम्सिएकाछन।
सैकडौँ वीरहरुको रगतले बनेको हिमाल पहाड तराईलाई अहिले लोभि र लाछि नेताहरुले तहश नहश पार्न कुनै कसर छाडेका छैनन्।उनिहरुले पृथ्वी जैन्ति मनाउँन न मनाउँन खासै फरक पर्दैन।यो देश यहि देशका जनताको हो र रहिरहनेछ।हाम्रो एकताले अखण्ड देशलाई जोगाएर राख्नेछ त्यहि पृथ्वी नारायण शाहालाई श्रद्धांजलि हुँनेछ।उन्ले देखाएको बाटामा हिँडेर मात्रै देश शुरक्षित रहन सक्छ।यो लेखको अर्थ कुनै राजाको समर्थन गर्ने उदेश्यले होईन बरु सहि तथ्यमा आधारित ब्यबहार अप्नाउँनु पर्छ भन्ने मात्रैहो।अहिले देशको अबस्थालाई लिएर राजाबादीहरुले हामला गर्न खोजेपनि गणतन्त्र जनताको चाहानाहो र त्यस्लाई सुदृढ पार्दै संघियताको खारेजी र क्रांतिकारी स्पृटमा अगाडि बढ्नु समयको माग हो।

चर्चामा

सम्बन्धित समाचार