आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशमा कृर्षि समस्या र किसान महासंघको शंघर्ष

देशमा कृर्षि समस्या र किसान महासंघको शंघर्ष

  • मङ्लबार, मंसिर २३, २०७७
देशमा कृर्षि समस्या र किसान महासंघको शंघर्ष

अहिलेको यो विस्व महामारि कोरोनाले गर्दा बिदेशमा गएका युवा श्रमजिविहरुको मनभित्र एउटा आँकुरा पालाएको थियो।देश भित्र फर्किएर कृर्षिमा लगानि गर्ने।त्यस्ता खाले धेरै युवाहरु भारतका बिभिन्न कुना बाट पैदल कयौँ दिन हिँडेर बोडर सम्म आए मैना दिन कोरेन्टेन्मा बसे।त्यस पछि जव उनिहरुले कृर्षक पेसाका लागि प्रयात्न गरे उन्को अगाडि समस्याको अग्लो प्रखाल बनेर उभियो सरकारी असहयोग।
सरकारले ति किसानहरुको लागि न ता सिँचाईको कुनै ब्यबस्था गय्रो,न मलको न उन्नत बिउको न सस्तोमा कृर्षि औजार अनि कसरि किसानले अन्न उब्जाउँने।यस्तै जल्दा बल्दा बिषयलाई लिएर अखिल नेपाल किसान महासंघले आन्दोलन गर्दैछ।
हाम्रो देशमा कुल १७%तराईछ त्यहिनै देशको अन्न भण्डार मानिन्छ।तर त्यहाको उब्जाउ जमिनलाई भूमाफिया हरुले पलाटिङ्ग गर्दै सक्न थाले।६५%पहाडि भूभागमा सिँचाईको राम्रो ब्यबस्था छैन कतिपय ठाउँमा पाथि छरेर मानो फल्दैन पहाडि जमिन,भिरालो सिँचाईको समस्या गाई भैँशी पाल्नको लागि पनि प्रसस्तै बन जंङ्गल छैन जो छ त्यँहा अनाबस्याक फाँडनि गरिएको र सरकारले तार बार बानेकोछ।त्यँहा कसैले रुख बिरुवा लगाउँने कुरैछैन त्यसैलाई फाँड्ने होडमात्र छ।बिकासको नाउँमा बारिको माझमा मोटरको बाटो बनाउँने अनाबस्याक बारी भत्काई दिने काम हरु हुँदै आएकोछ।
जब भारतमा लाक डाउँन लाग्यो र नेपाली श्रमजिविहरु बेरोजगार भएर स्वदेशभित्र फर्के उनिहरुको एउटै उदेश्य थियो त्यो आफ्नै देशमा कृर्षक बनेर खेति गर्ने।अनि उनिहरुको त्यो जोसलाई देखेर कयौँ बुद्धिजिविहरु नेताहरुले अब देशको बिकास हुँन्छ भन्दै रमाएका थिए र धेरैले दिवा सपना देख्दै थिए।वास्तबमा जव उनिहरुले कृर्षिको लागि आई परेको समस्या र त्यसमा सरकारको असहयोग देखे उनिहरु बाध्य भयर फेरी यस्तो भिषण अबस्थामा पनि बिदेशमा जान लामबद्ध भएकाछन।
अहिले दिनौ हजारौँ युवाहरु बिदेशमा जाँदैछन उनिहरुले लाक डाउँन पछि झन निम्न ज्यालामा तुच्छ काम गर्न बाध्या भएको जग जाहेरछ।
भारतमा पनि अहिले नोकरी भेट्टिदैन हिँजो बिस हजार तलब दिनेले त्यहि कामका लागि दश आठ हजार दिन्छन त्यसैमा पनि नोकरी गर्न बाध्य भयकाछन।
यस्तो देशका युवाहरुको अबस्थाछ।कयौ खाडि देशमा गएका युवाहरुले खान र बस्नमा मात्रै काम गरेको जानकारी गराएका थिए।
लाक डाउँनको बेला न ता भारत सरकारले हेय्रो न नेपाल सरकारले हेर्यो।भारतको लागि नेपाली राज दुतले आफ्नो फोन समेत उठाएन कुनैपनि जनताको सहयोगमा उ अगाडि आएन।नेपालीहरुको संघ संस्थाहरु खास गरेर मूलप्रवाह अखिल भारत नेपाली एकता माजका कार्याक्रताहरुले प्रतेक नगरहरुमा असाय अबस्थामा रहेका नेपाली मज्दुरहरुको लागि सहयोग नगरेको भय त्यँहाबाट भोकले मरेका लासहरुको लिष्ट आउँदो होला त्यो दर्दनाक अबस्था थियो भारतमा।त्यस्तो देखेका र भोगेकाहरु पनि देशमा काम नपाएपछि पुनःभारतमा जाँदैछन त्यसले यो अनुमान लगाउँन सकिन्छ हाम्रो देशमा जिवन निर्वाह गर्ने कुनै पनि श्रोत साधन छैन।
आज छिमेकी देश चिन भारत लाई हेर्नुश किसानहरुको फसल समेतको सरकारले बिमा गर्छ तर यँहा किसानलाई बिमा केहो त्यो थाहा छैन।भारतमा किसानहरुले किसानका तमाम समस्याहरुलाई लिएर एकता बद्ध रुपमा आन्दोलन गर्दैछन।
यध्यापि भारतिय राज्याहरुले किसानको सौलियतका लागि पहिले देखिनै बिभिन्न पहल गर्दै आएकोछ।त्यँहाका राज्याहरुका आ-आफ्ना बेग्ला बेग्लै नियम छन।जस्तै सिचाईको लागि हरियाणामा बिधुत सुल्क१५पैसा परयुनिट छ,पञ्जाबमा किसानहरुलाई बिजिलि सित्तैमा दिईन्छ।त्यस्तै प्रतेक किसानहरुले आ-आफ्नो खेतमा बिधुत ट्रासफार्मर लगाएकाछन।पानि नल कुप बाट सिचाई हुँन्छ,मल बिउ सप्रे गर्ने किट नासक सुपथ दरमा किसान हरुलाई भारतको सरकारले मुहाइया गराउँदै आएकोछ।त्यँहा धेरै बर्ष पहिले देखिनै कृर्षि योग्य जमिनलाई पलाटिङ्ग गर्न रोक लगाईएकोछ।
अहिलेको त्यँहाको सरकार भने ब्यापारी,पुँजिपती र कटर हिन्दुवादीको सरकरले किसानहरुको कतिपय माग हरु नसुन्दा उनिहरुले ठुलो आन्दोलन (किसान मार्च)गर्दै दिल्लिमा जुटेकाछन।उनिहरुले बिजलि निजि कम्पनिलाई नदिन चेताएकाछन खास गरेर अहिले भारतमा निजि करणलाई प्राथमिकता दिएकोछ।यदि निजि कम्पनिलाई पुरै ठेक्का दिनेहो भने किसानलाई बिधुत महेँङ्गो हुँनेछ र त्यँहाको उत्पादन बाधित हुँने प्रष्टैछ।त्यस्लेगर्दा पनि त्यँहाका किसानहरुले निजि करणको बिरुद्धमा मोदि सरकारलाई चेतवानी देदै किसान मार्च गर्दै संसद भवन कुच गरेकाछन।अहिले भारत लगाएत बिस्वमै निजि करणले किसान र क्रमचारी हरुलाई ठुलो असर पुराएको परिवेशमा यो र यस्तै आन्दोलन हरुले ठुलो महत्व राख्दछन।
हाम्रो देशमा प्रस्तै पानी छ तर किसानहरु काकाकुल बनेकाछन।पानीको खानि भयपनि जमिन बञ्जर भएकाछन, बिधुतमा लोड सैडिङ हुनु त्यो सरकारको कम्जोरी हो।देशमा सबै भन्दा सस्तो बिजुली उत्पादन हुँन सक्छ र त्यहि बिजिलि बाट देश परनिर्भर मुक्त हुँन सक्छ।
पानी बाट बन्ने बुधुत सबै भन्दा सस्तो बिधुतहो।तर सरकारले त्यो उत्पादन तिर चासु राख्नुको सट्टा भयका कतिपय कलकारखाना हरुलाई बन्द गर्दा यो पनि दलाल मानसिकता बाट बिमार भयो भन्ने ठाउँछ।एकातिर भारतको मण्डि बनाउँन दलालि गर्दैछ।आर्को तिर जनता यो सरकारबाट पिडित भयकाछन त्यसैको फाईदा प्रतिगामि शक्तिले लिँदै आएकोछ।यँहाका किसान हरुको समस्या बुझेर सरकारले पाईला समयमै चाल्न सके सबैको भलो हुँनेछ।तर उनिहरुको पद लोलुप्ताले देश र जनताको समस्या तिर हेर्ने फुर्सत मिलेकोछैन।आफुलाई कम्युनिष्ट भनेर नथाक्ने प्रचण्ड र ओलिको बिच झग्डाले देशमा फेरी पर्तिगमनको खतरा बढाएकोछ।देशमा भयको भ्रष्टचार महेङ्गाई बलतकार जातिय लैङ्गिय बिभेद र किसानहरुको समस्यालाई लिएर अखिल नेपाल किसान महासंघले शंघर्ष गर्दै आएकोछ।

चर्चामा

सम्बन्धित समाचार