बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा बलात्कारमा मिलापत्र प्रकरणः वडाध्यक्षसहित थप ४ जना पक्राउ

बैतडीमा बलात्कारमा मिलापत्र प्रकरणः वडाध्यक्षसहित थप ४ जना पक्राउ

  • आइतवार, मंसिर १४, २०७७
बैतडीमा बलात्कारमा मिलापत्र प्रकरणः वडाध्यक्षसहित थप ४ जना पक्राउ

बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका हुन।

प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ। घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

यसअघि गत बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन्।

चर्चामा

सम्बन्धित समाचार