शनिबार, बैशाख १५, २०८१

बर्गिय मित्र-लघुकथा!

  • मङ्लबार, मंसिर २, २०७७
बर्गिय मित्र-लघुकथा!

सुरेशकुमार पान्डे।
अलि धेरै बिरोध गरेपछि बढि क्रान्तिकारी देख्खिनलाई होला श्यामले आज फेश बुकमा खुब बिरोध जनाएको थियो।फलानो यस्तो फलानो उस्तो भन्दै भयभरीको कुरा उठाएको थियो।
आर्को तर्फबाट उस्को बिरुद्ध फेरी रामु कस्सेर लागेको थियो।हेर कति महान क्रान्तिकारी हो आर्काको बिरोधमा यस्तो पोल खोलेको त्यो कत्ति गतिलो भन्दो हो आफुलाई!भन्दै एकले आर्कालाई भय नभयका आरोप प्रति आरोप लगाउँन मा तछाड मछाड थियो।यो देखेर मुखियाले आगामा घ्यु थप्ने काम गर्छ।उता श्यामको बिरोध गरेर रामको नजिक्कै आउँन खोज्ने एउटा ग्याँङ्ग तयार पार्छ एता रामको बिरुद्धमा श्याम तिर लागेर आर्काले उक्साउँने काम गर्छन।यसरी स-साना कुरा बाट ठुला ठुला एक भाई आर्को भाईमा गालि गलौच मा उत्रिन्छन।उनिहरुको यो आपसको कल्हले गर्दा ब्यापक
रुपमा मुखियाले फाईदा उठाउँछ।दुबै भाईको मूल दुश्मन मुखियानै थियो।
तर मुखिया सम्म पुग्ने दुबै भाईको बिचार बेग्ला बेग्लै भयकोले ईनिहरु बिचमा एकता हुँन सकेको थिएन।यिनिहरुको एकता मुखियाकोलागि समस्या प्रने भयकोले ईनिहररुको एकता हुन नदिनका लागि मुखियाले बेला-बेलामा नयाँ नयाँ चाल चल्दै थियो।
एकातिर सोशक मुखिया आर्को तिर शोशित दुबै भाई तर उनिहरुका बिचारमा मुखियाको आतङ्ग रोक्ने बाटाहरु भिन्न भिन्नै हुँन गय पछि मुखिया झन बलियो भयो।
दुई भाईहरु पहिले एउटाले मुखियालाई मार्नु पर्छ भन्नेमा थियो आर्को होईन मार्नै पर्छ भन्ने केछ त्यसलाई सुधारेर जान सक्किन्छ भन्नेमा आर्को भाई थियो।
यो एकप्रकारको राजनीति बन्न पुग्यो र दुबै भाईका बेग्ला बेग्लैई बाटालाई सपोट र समर्थन गर्नेहरु पनि ब्यापक जुट्दै गयपछि यो एकप्रकारको दुबै भाईको बलियो राजनीतिक गुटहरु बन्न पुग्यो।
मुखिया एक्लैले दुबै भाईलाई लडाएर आफ्नो प्रभुत्व जमाउँदै आएको थियो।यस्ता कुराहरु यिनि दुबै भाईले बुझ्न सकेका छैनन्।
दिन बित्दै जान्छन दुबै गुटमा ठुलो खाई बन्दै जान्छ एक आर्काको दुश्मनको रुपमा दुबै भाईहरुको गुट भयकोछ।मुखियाले कहिले कुनलाई कहिले कुनलाई उपयोग गर्दै एउटाको बिरुद्धामा आर्कालाई उक्साउँदै गर्ने क्रममा एउटा भाईको टिमले मुखियाको नजिकै पुग्दछ।आखिर दुश्मनले आफुलाई उपयोग गरेको नबुझेर त्यो आफ्नै भाईको बिरुद्धमा मुखिया जो स्वायम उस्को पनि दुश्मन हो उसैको सपोट गर्न पुग्छ।
श्याम तिमिले गलत गर्दैछौ भाई बर्ग दुश्मनको साथ दिएर आफ्नै बर्ग सँग दुश्मनि गर्दैछौँ!भन्दै रामले श्यामलाई सम्झाउँने प्रयात्न गर्दछ तर उस्को कुनै जोड लाग्दैन बरु मुखियाको पक्षमा उ दृढरुपमा उभियको हुन्छ जो आफ्नै भाईको बिरुद्धमा थियो।
आखिर कस्को लागि लडेकाछौँ हामि बुझ्नु पर्छकी रामले श्यामलाई सम्झाउँने प्रयत्न गर्छ।एउटा स्यानो भुलले उनिहरुलाई धर्ति र आकासको फासला बनाई दिएको थियो!उनिहरु बन्दुक बोकेका छन तर कस्का बिरुद्धमा त्यो प्रस्ट छैन।एउटा बर्गले आर्को बर्गको बिरुद्धमा होईन बरु एउटा बर्गले आफ्नै बर्गको बिरुद्धामा र दुश्मन भर्गकोहितमा बन्दुक उठाएकाछन।अनि क्रान्तिका सपना देखेकाछन परिवर्तनका सपना देखेकाछन।के यहि चालाले उनिहरुले शोसक मुखिया बाट जित हाशिल गर्लान वा दुबै भाईलाई मुखियाले एक्लै धरासाही पार्ला?यो हेर्न बाँकिनैछ।
बर्ग युद्धको बाटो थोरै बिराएपछि त्यो आफ्नै बर्गको गृहकल बनेर स्वाम आफै पतन हुँन थाल्छन।ठिक त्यहि प्रकारले अहिले राम र श्यामको बिचमा झिना मसिना कुरालाई लिएर बनेको गुटले स्वायम त्यो शोसकलाई फाईदा पुराउँदैछन जुनको बिरुद्धमा उनिहरु लडि रहेका हुन्छन।
(कथा काल्पनिक हो यसका पात्र र निजि जिवन सँग मिल्न गयमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार