बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा युवक पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा युवक पक्राउ

  • शनिबार, कार्तिक २९, २०७७
१३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा युवक पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालिका–३ का २२ वर्षीय दानी विक रहेका छन् ।

जबरजस्ती करणी उद्योग गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती दिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार