शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • १ लाख बढी रकमसहित ८ जुवाडे पक्राउ

१ लाख बढी रकमसहित ८ जुवाडे पक्राउ

  • शनिबार, कार्तिक २९, २०७७
१ लाख बढी रकमसहित ८ जुवाडे पक्राउ

कैलालीमा एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बाट गएराति २ बजेतिरको समयमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए । जुवाडेहरुबारे पूर्ण विवरण भने आउन बाँकी नै रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार