आइतवार, माघ ११, २०७७
  • होमपेज
  • समाज
  • बहुविवाह गर्ने युवायुवती १ लाख २५ हजार धरौटीमा छुटे

बहुविवाह गर्ने युवायुवती १ लाख २५ हजार धरौटीमा छुटे

  • शनिबार, कार्तिक २२, २०७७
बहुविवाह गर्ने युवायुवती १ लाख २५ हजार धरौटीमा छुटे

कञ्चनपुरमा बहुविवाह गरेको आरोपमा पक्राउ परेका २ युवायुवती धरौटीमा छुटेका छन् । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ३ बैतडाबाट पक्राउ परेका बहुविवाह गर्ने २ युवायुवती जिल्ला अदालत कञ्चनपुरको आदेशपपछि धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट ३ बस्ने २५ वर्षीय सुरेश लुहार र बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया दीपा जोशी १ लाख २५ हजार धरौटी बुझाएर रिहा भएको बताए ।

धरौटी बुझाएर उनीहरु रिहा भएपनि अनुसन्धान भने जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । २०७४ सालदेखि फरार रहेका उनीहरुलाई ३ वर्षपछि पक्राउ गरिएको हो । लुहारकी श्रीमतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार