बुधबार, मंसिर १७, २०७७
  • होमपेज
  • विचार/ब्लग
  • बिस्व बिध्यालय

बिस्व बिध्यालय

  • शुक्रबार, कार्तिक २१, २०७७
बिस्व बिध्यालय

कोई पूर्वका कोई पश्चिमका कोई उत्तर कोई दक्षिणका सयौँ जाति सयौँ भाषाका नेपाली एकता समाजको सदस्य लिएपछि एउटै परिवारका बन्छन।एउटै झण्डालाई छानो बनाएर उस्को छाँयामा बस्ने तमाम नेपालीहरु आफुलाई बलवान ठान्छन किनकी उनि एकता समाजका सदस्य हुँन।आफु एकता समाजको सदस्या हुँनुमा गौरव महेशूर्ष गर्छन र गर्नुपनि प्रदछ।यो शिक्षा पनि एकता समाजले नै दिएको हो,कसैलाई गरिबछ भनेर भेदभाव छैन,कसैलाई तल्लो माथिल्लो जात भनेर बिभेध छैन। सर्बजात सर्वधर्म सर्व भाषा को मिशर्ण बाट एउटा निच्ल धातुको रुप पैदा भएको अनुसाशित संगठनको नाम हो “मूलप्रवाह अखिल भारत नेपाली एकता समाज”एकता समाजले कुनै पनि भेदभाव नगरेर आई परेका तमाम मूद्धा मामिलाहरु लाई केलाउँने निप्टाउँने गरेको ईतिहाश चार दशक भन्दा पनि लामू भएकोछ।
हामी सबै भारतमा बिभिन्न जिल्लाका गाउँका बिभिन्न जातिका भाषाका नेपाली श्रमजिविहरुले एक आर्कामा आई परेका तमाम समस्याहरुको समाधान गर्ने बिधान कानून बनाएर अगाडि बढेका हुँन्छौ।हामी धेरै जसो पुराना कार्या क्रता,सदस्य सुभ चिन्तक वा नेताहरु सानै उमेरमा पढ्ने लेख्ने बेला लाहूरे भयौँ जो आफ्नो गाउँ घर मा रमाएर खेल्न पढ्न पाएनौ र बाल मज्दूरको रुपमा आयौँ।हामि मध्यका कयौँ नेताहरु स्कुल नगयका माष्टर भयौँ।संगठन बिस्व बिध्यायलय हुँन पुग्यो।तेस्रो मूलकहरु समेतमा मा संगठन झाँगिदै गयकोछ।
मूल प्रवाह सामाजिक सगठन भयता पनि देश बिदेशको राजनीतिक बिष्लेषण गर्ने र दुरदर्शियता पूर्ण समयको ठिक मूल्याकंन गर्न सक्ने एउटा शक्षम संगठनको रुपमा प्रणित भयो।निच्य पनि यसमा समाजको घोषणा पत्र बिधान र कार्याक्रता हरुको त्याग बलिदानको भावनले सम्भव हुँन सक्यो।
भारतमा मूलप्रवाहले एउटा एउटा ब्याक्तिलाई संगठित गरेर उस्लाई एउटा स्वाय सेबकको रुपमा ढाल्न कयौँ पल्ट शंघर्ष गर्नु पर्छ।जतिबेला त्यो काँचो बश्तुकोरुपमा बजारमा आएको जस्तो एउटा मज्दूरलाई संगठनको झण्डा आस्न ल्याउँन ठुलो मिहेनत गर्नुपर्छ।जस्तै आमाले एउटा नवजात सिशुलाई स्यारशुसार गरेर हुर्काएका हुँन्छन ठिक त्यहि प्रकारले नव आगन्तुको देख भाल गरेर उस्लाई हिँड्न सिकाईन्छ।आफु सहि निश्पक्षिय अनुसाशित त्यागी नहुँदा सम्म अरुलेपनि पताउँदैनन।संगठनको बिकाश हुँनुमा कार्याक्रताको अहेम भुमिका हुँन्छ।संगठन त सन १९७९भन्दा पनि पहिले धेरै थिए तर कस्ता थिए त्यो मूल्यांकन को बिषय हुँन्छ।कसैले पुल,धर्मशाला,मन्द्रिर बनाउँने चन्दा भन्दै जनतामा चन्दा आतङ मञ्चाए कयौँले आ-आफ्ना जिल्लाका मान्छेको छुट्टा छुट्टै संगठन बनाए।यस्ता कयौँ संगठनहरु भारत भूमिमा थिए।तर सहि दिशा बोध गर्न कसैले सकेका थिएनन।जब एकता समाजको गठन भयो त्यसपछि संगठन कस्तो हुँनु पर्दो रहिछ भन्ने अरुलाई पनि जानकारी भयो।
सामन्या झै झग्डा बाट लिएर ठुला ठुला काम कार्वाहीहरु नेपाली एकता समाजले गरेको बिषय कसैबाट लुकेको छैन।बरु कयौँ पल्ट कयौँ स्वार्थि र क्यारिरिष्ट प्रकारका ब्याक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न संगठन समेतलाई दाउँमा लागाउँने प्रयात्न नगरेका होईनन्।कयौँले सखाफ अभियानपनि हाम्रा बिरुद्ध नगरेका होईनन।आज ति सबैलाई भाङ्ग बालेर खोज्दा पनि भेटिदैनन।
समाजमा आफ्नो क्यारिरिष्ट प्रकारको बिचार धारा लागु गराउँन नस्क्दा कयौँ मै हुँ भन्ने ब्याक्तिहरु पनि धरासाही भयका हुँन्छन।वा उनिहरु पलायन गर्छन वा संगठनका त्यस्तै लाई छोपेर केहि दिनका लागि छुट्टै गुट बनाएर अस्तित्व भचाउँने कोसिश गर्छन।तरपनि बिफल हुन्छन।संगठन कसैको प्याउते होईन यस्मा सबैको पसिना बगेको हुन्छ।लामू समय सम्म बेदाग रहेर जनताको पक्षामा अन्याय अत्याचार शोसण दमनको बिरुद्धमा निरन्तर शंघर्ष गर्नु भनेको सानु कुरा होईन यो आफैमा महत्पूर्ण बिषय हो गौरवको बिषय हो।
संगठनको बिध्यालयमा जस्लाई हामिले “बिस्वबिध्यालय”भन्छौ।यसबाट शिक्षा लिने मध्यका सबै एकैनासे भएर अन्तिम समय सम्म रहन नसक्ने पनि हुन्छन।संगठानमा खारिएका ब्याक्तिहरु मात्रै लामू समय सम्म बिना लोभ लालच,ईमानदारी का साथ बस्न सक्छन।उनिहरु खास गरेर समाजिक भावनाका समाज सेवकहरु कुनै पद प्रतिष्ठाको लालचमा पर्दैनन सकेको जति जिम्मालिएर काम गर्छन।आफु पुँजिवादको प्रभावमा परेर आफ्नो क्यारीयर बनाउँन खोज्नेहरु कहिले ओल्लोतिर कहिले पल्लो तिर हाम फाल्ने गर्दछन र अन्तत्वगत्व पतन भयर जान्छन।राजनीति त हामिले जन्मै देखि नचाहेर पनि गर्दै आएका हुँन्छौ।तर कतिपयले कुनिति गर्दै आएका हुन्छन।त्यो खास गरेर तल्लो तहमा हुँदैन जब तल्लो तह बाट माथिल्लो तहमा पुगेर नेता बन्न थाल्छन आफ्नो ओरिपरी संगठनका होनहार कार्याक्रताको भिड देखेपछि उ रहस्यमा फस्छ।उस्ले ति कार्याक्रता हरु आफ्ना रैति जस्तो सम्झिन थाल्छ त्यँहा जि हजूर र कयौँ उन्का स्वार्थमा तालि पिट्ने खालका पनि भेटिँन्छन।परिणाम उ लालचमा अन्धा भयर संगठन लाई आफ्नो प्याउते जस्तो सम्झिन थाल्छ त्यो उस्को अभिमान गरुरले उस्को सैधान्तिक बिचारको अफ्सान गर्छ।अनि उस्ले आफ्नो स्वार्थि राजनीतिक खेल खेल्न थाल्छ।र एउटा संगठनको जिम्मेवर ब्याक्ति संगठनको जरो काट्ने गुटमा परिणित हुनपुग्छ तर त्यसले क्षाणिक भ्रम दिएपनि पछि उ बिस्तारै नागिन्छ।यस्तो हामिले देख्दै र भोग्दै पनि आएकाछौँ।
संगठनमा बसेका ईमान्दार मान्छेहरुमा पनि कतिपय अबस्थामा रोग लाग्न सक्छ तर त्यो रोगको समयमै उपचार भैन भैने हामिले एउटा साचैको ईमान्दार कर्णधार लाई गुमाउँन सक्छौ।समाजको पाँचौ तहसम्म मा त्यो उपचारको पद्दती छ तर हामिले त्यो अप्नाएका छैनौ भने सम्झिनुस हामि रोगी बन्दै गयका छौँ।तल बाट माथि सम्म नियमित आत्मालोचाना र आलोचनाको पध्दतीलाई कहिले समयको अभाबमा कहिले ला-पर्वाहीले छाड्न थालेका छौँ भने हामिलाई झिना मसिना रोग लाग्न थालेको बुज्नु पर्छ।समाजिक काम गर्ने मान्छेबाट बेलाबखतमा गलति हुँने गर्छन उक्त गलतिको उपचार त्यसलाई आफै देखेर सच्चाउँन सक्नु पर्छ नभय अरुले देखाएपछि स्विकारेर त्यस्लाई फेरी नहौश भन्नेमा सजग हुनु पर्छ।यदि गलतिलाई ढाक छोप गर्न थालियो भने संझिनुस संगठनमा रोग लागि सक्यो।ब्याक्तिको आलोचना गर्न डराउँने वा उ माथिल्लो तहको भयकोले उस्ले नराम्रो मान्छ की भनेर चुप्प लाग्ने प्रबृतिले संगठनलाई नराम्रो खाडलमा खसाल्न सक्छ त्यो बिचार गलत हो।
हामिले एक पटक एउटा योजना बनायौँ र त्यो योजनाको बारेमा माथिल्लो कमेटीमा राख्यो स्विकृतिका लागि त्यो स्विकृत भयन।हामिलाई लाग्यो त्यो हामिले गर्न खोजेको काम बेठिक थियो होला जस्लाई समीतिले स्विकारेन हामिले त्यो योजना लाई छाड्यौ अनि संगठनको नियम र पद्धतिमा अड्यौ तर जुन साथिहरुले बिरोध गरेका थिए उनै पलाटिङ्गको खेलमा अल्झिएका थिए त्यो पछि पत्ता लाग्यो जब उनिहरु संगठनलाई छाडेर गए।यो कुरा मैले किन कोट्याएभने यसको ऐतिहाशिक महत्वछ।उनिहरुको लागि पनि जो सबैकुरालाई आँखा चिम्लेर स्विकार्छन र जानि नजानि संगठनको गरिमालाई भत्काउँन मद्त दिन्छन।बेला-बेलामा संगठनको बारेमा साथिहरु सचेत भयर संगठन जोगिएकोहो।नाकि मात्र बिधान र घोषणा पत्र सहि भयर,बिधानलाई कार्यरुप ब्यबहारिकता नदिएपछि त्यो लङग्डो हुँन्छ,बिना बिधान हिँडियो भनेपनि त्यो अन्धो हुँन्छ।बिधान भनेको मिन हो त्यसैमा बाँधिएर हामि सबैले काम गर्नु पर्छ।कैले काहिँ समितिले पनि गलत निर्णय लिएको हुन सक्छ त्यसैले आफुलाई लागेकोछ समीतिले गलत निर्णय गर्यो भन्ने भनी त्यो समीतिले गरेको निर्णयलाई कार्यान्वन गर्दै आफ्नो बिचार पुनःसम्बन्धित ठाउँमा राख्नु पर्छ।यदि त्यो बिचारको हनन गरिन्छ भनेपनि त्यो गलत हो जो संगठानिक नियमको बिरुद्धमा छ।
अनुसाशन बिना आफ्नो घर पनि चल्दैन ठुलाले सानाको कदर र सानाले ठुलाको आदर गरेर गृस्थि चलेको हुँन्छ तर त्यसो जबमात्र हुँनसक्छ उनिहरुको बिचार र ब्यबहारमा एक रुपता आउँछ।माथि भनेको जस्तै त्यो अवसरबाद क्यारिष्ट प्रकारको नेता कार्याक्रता लाई चिन्ने पद्धति भनेको उस्को ब्यबहार हो त्यो कहिले कसो चिन्न नसकिएता पनि बिस्तारै प्रस्ट हुँदैजान्छ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना काल देखि अहिले ४२बर्ष सम्म भारत स्थित जनताको प्रतिनिधित्व गर्दै आएकोछ।उनिहरुलाई शिक्षित पार्ने संगठित गर्ने र भई परि आएका झिना मसिना देखि ठुला-ठुला घटनाहरु समेतलाई निफन्ने केलाउँने र जस्ताको तस्तै समाधान गर्ने गर्दै आएकोछ। टोल देखि केन्द्र सम्म यहि प्रकारले संगठनको भूमिका रँहदै आएको कुरा कसै बाट लुकेको छैन।सिमाना बस अड्डा र रेलवाई स्टेशन भारत भरिमा एकता समाजले सकेको सम्म काम जनहितमा गर्दै आएको जनपक्षिय कामलाई कसैलेपनि चेलेञ्ज गर्न सक्दैन र नकार्न सक्दैन।भारतमा बस्ने त्यो सुगौलि शन्धिको माध्यायम बाट आएको हौश वा मैत्रि शन्धिको तहत सबैको हक हितका लआगि साझा मोर्चाको काम गर्दै आएको बिस्वबिध्यालय भन्नुनै”मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हो”संगठनको पहेलमा भारत भरी छरिएका नेपालीहरु लडेकाछन।जुनसुकै आपत बिपतमा पनि मिलेर साझा शंघर्ष गरेकाछन।समाजमा बसेर माजका जरा काट्न खोज्नेहरु ढिलो चाँडो नाग्गिने छन त्यो भनिरहनु नपर्ला।तर गलत काम गर्नेहरुको कतै ढाक छोप गर्न थाल्ने उनिहरुको मान सम्मान गर्न खोज्ने पद्ति सुरु गरियो भने सम्झिनुस संगठन ओईलाउँदै जानेछ।त्यो ब्यबहार संगठनको नजिक आउँन दिनु हुँदैन मेरो बिचारमा।

चर्चामा

सम्बन्धित समाचार