शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आज देशभर पश्चिमी वायुको प्रभाव, यी स्थानमा हल्का वर्षाको सम्भावना

आज देशभर पश्चिमी वायुको प्रभाव, यी स्थानमा हल्का वर्षाको सम्भावना

  • बुधबार, कार्तिक १९, २०७७
आज देशभर पश्चिमी वायुको प्रभाव, यी स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

भने, पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ । यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार